Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • वातावरण मन्त्रीको गोली हानी हत्या ! Jan 1, 2017 Arthatantragunfire_
    बुरुन्डीका एक मन्त्रीको राजधानी बुजुम्बुरामा आइतबार बिहानै गोली हानी हत्या गरिएको छ । पानी, वातावरण र योजना मन्त्री इम्मानुएल नियोन्कुरुको आतबार हत्या भएको प्रहरी प्रवक्ता पाइर्रे कुरिकियले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिए । वातावरण मन्त्री स्थानीय समयानुसार मध्यराती १२ः४५ बजे आफ्नो घरबाट रोहेरो भन्ने स्थानमा जार्दै गर्दा अपराधिहरुका एक समूहले गरेको आक्रमणमा परी नियोन्कुरुको मृत्यु भएको कुरिकियले ट्विटरमा जानकारी दिए । घटनास्थलबाट प्रहरीले ...
  • २०१६ ले विश्वमा निम्त्याएका विभिन्न प्रसङ्गहरु ! Jan 1, 2017 Arthatantraworld-map
    काठमाडौ। विश्व राजनीतिककर्मीका लागि सन् २०१६ मा उनीहरुकोे अतुलनीय योगदानका कारण आफ्नो देशको परिवर्तन सम्भव भएको जस्तो लाग्न सक्छ तर यथार्थमा भने उनीहरूको सफलताको पछाडि कैयौं बलिदानी, सयौंको निरन्तर योगदान र इमान्दार लगनशीलता भने पक्कै थियो । कसैले समाज परिवर्तनको लागि आफ्नो जीवनलाई नै सङ्कटमा पारे, कतिले जीवन नै गुमाए भने कतिले राष्ट्रको इमान्दार सपुत बन्नका लागि निरन्तर खटे यसलाई ...
  • एनआरएनएद्वारा गोरखा लाप्राक नमुना बस्तीको घडेरी खार्न सुरु Dec 31, 2016 ArthatantraNRNA
    गोरखा। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भूकम्प प्रभावित गोरखाको लाप्राकस्थित गुप्सीपाखामा नमुना बस्ती बनाउन निजी आवास निर्माणलगायत संरचनाका लागि धमाधम घडेरी खार्ने काम अघि बढाएको छ । भूकम्पप्रभावित लाप्राकीलाई सरकारले गुप्सीपाखामा घर बनाउने प्रयोजनका लागि घडेरी उपलब्ध गराएपछि एनआरएनएले अहिले घडेरी खार्ने काम गरिरहेको छ । ६१७ टहरा हटाएर गुप्सीमा घडेरी बनाइएको हो । गुप्सीमा बस्दै आएका लाप्राकी कोही पुरानै गाउँ ...
  • अमेरिकामा अध्ययन गर्ने विद्यार्थीले अब थप डेढ वर्षको वर्क परमिट पाउने Dec 30, 2016 ArthatantraUSA America
    काठमाण्डौं । अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले ०७२ वैशाखको भूकम्पपछि अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरूलार्इ प्रदान गर्दै आएको सहुलियतको अवधि लम्ब्याएको हो । भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको ...
  • एकै वर्षमा एक करोड तीस लाखलाई रोजगारी ! Dec 29, 2016 Arthatantrajob 1
    चीनले सन् २०१६ मा एक करोड तीस लाख रोजगारी सिर्जना गरेको अधिकारीहरुले जनाएका छन् । मानव संसाधन तथा सामाजिक सुरक्षा मन्त्री यीन वैमिनले मन्त्रालयको वार्षिक पत्रकार सम्मेलनका क्रममा यस्तो जानकारी दिएका हुन् । यो तथ्याङ्क मन्त्रालयको वार्षिक लक्ष्य एक करोडभन्दा बढी हो । स्थीर रोजगारीले मुलुकको आर्थिक विकास र सामाजिक दायित्व पूरा गराउन सहयोग पुग्ने उनले बताए । यद्यपि मुलुकको आर्थिक ...
  • अब मोबाइलबाटै राहदानी फाराम भर्न मिल्ने Dec 28, 2016 Arthatantrapassport
    काठमाण्डौं । अबको एक सातामा मोबाइलबाटै राहदानीको आवेदन भर्न सकिने राहदानी विभागले जनाएको छ। यसअघि अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था गरेको विभागले राहदानी वितरण प्रक्रियालाई अझ सहज बनाउन मोबाइल एप ल्याउने तयारी गरेको हो । यो एप जारी भएसँगै पढेलेखेका व्यक्ति पनि व्यावसायिक रुपमा सञ्चालनमा रहेका अनलाइन फर्म भर्ने स्थानमा गएर एक सय÷दुई सय तिरेर लाइनमा बसेर फाराम भर्ने परिपाटीको ...
  • ‘रेमिट्यान्स’को सामाजिक मूल्य : ताेडियाे परिवार, माेडियाे जिन्दगी ! Dec 26, 2016 Arthatantraremittance Nepal
    काठमाडौं : संकटमा पनि अर्थतन्त्रको मेरुदण्ड बनेको भनिएको ‘रेमिट्यान्स’को सामाजिक मूल्य असाध्यै महँगो हुँदैछ। नेपालमा पारिवारिक विघटन र अपराधको स्रोत बन्दैछ देशको रोजगारी, कसरी? २०७२ पुस पहिलो साता पाँचथर रानीगाउँ–२ का सोमबहादुर सम्बाहाम्फे दुई वर्ष कतारमा काम गरेर घर फर्कने तयारीमा थिए। टिकटको टुंगो लागिसकेपछि उनले श्रीमती सरितालाई फोन गरे। सरिताले ‘मोबाइल चाहिएको थियो’ भनिन्, ३० हजार हालेर मोबाइल किने। सँगै एउटा ...
  • चर्को ढुवानी भाडाकै कारण ग्रामीण भेगमा आयोडिनयुक्त नुन पुगेन,भारतबाट आ… Dec 25, 2016 Arthatantrasalt
    पर्सा । पर्सा जिल्लाको भारतीय सीमासँग जोडिएको सुदूर ग्रामीण क्षेत्रमा आयोडिनयुक्त नुन पुग्न नसक्दा त्यस भेगका बासिन्दा भारतीय नुन प्रयोग गर्न बाध्य भइरहेका छन् । त्यस क्षेत्रमा नुन पुग्न नसक्दा विकट ग्रामीण क्षेत्रका १० प्रतिशत बासिन्दा भारतीय नुनको प्रयोग गर्न बाध्य भएका छन् । सीमाक्षेत्रसँग जोडिएको पर्साको उत्तरी भेग भिस्वा, जानकीटोला, विषमपुर, लङ्गडी, मुर्ली, धोबिनी, हरिहरपुर, सुवर्णपुर, ठोरी लगायत दर्जनौँ ...
  • नारायणगढ–मुग्लिन सडकखण्डमा आवातजावत रोक, पर्यटक बस भने नरोकिने Dec 25, 2016 Arthatantratourist bus in nepal
    चितवन। यहाँको नारायणगढ–मुग्लिन सडकखण्डमा बिहान ११ देखि ३ बजेसम्म अन्य सवारी साधन चल्नमा रोक लगाइएपनि पर्यटक बस भने नरोकिने भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पर्यटक बोकेका गाडीलाई नरोक्न निर्देशन दिइसकेको र कुनै गाडीमा पर्यटक आएको भए सूचना दिनसमेत आग्रह गरे। चितवनका पर्यटन व्यवसायीले बिहान ११ देखि ३ बजेसम्मको मुख्य समयमा उक्त सडक बन्द हुँदा चितवन आउने पर्यटक ...
  • बिबिआइएन सम्झौता तत्काल खारेज गर्न ट्रक व्यवसायीको माग Dec 24, 2016 Arthatantra????????????????????????????????????
    काठमाडौ। नेपालसहित अन्य चार मुलुकबीच गत वर्ष सम्पन्न ‘बिबिआइएन सम्झौता’ले नेपाली ट्रक व्यवसायी मारमा परेको व्यवसायीले गुनासो गरेका छन् । उनीहरुले यस्तो विभेदकारी सम्झौता तुरुन्त खारेज गर्न सरकारसँग आग्रह गरेका छन् । काठमाडौँमा सुरु भएको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको ११औँ साधारणसभामा मुलुकभरिबाट उपस्थित व्यवसायीले यस्तो विभेदकारी सम्झौताले अर्बौंको लगानी जोखिममा परेको भन्दै यसको समाधानका लागि सरकारसँग अपिल गरेका हुन् । ...