Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • न्यून आय भएका नागरिकका लागि पाँच लाख घर बनाउने Dec 23, 2016 ArthatantraHouses Small
    ब्राजिल सरकारले न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ । ब्राजिलका राष्ट्रपति माइकेल टेमरले सन् २०१७ मा ती घर निर्माण गर्ने जानकारी दिएका हुन् । ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा ती घरहरू निर्माण गरिने र त्यहाँ आवास नगरका रूपमा सो नगरको विकास गरिने पनि उनले बताए । यस योजनाबाट करिब ५ लाख ...
  • ‘जनकपुर–जयनगर’ रेल चालु आवमै संचालनमा ल्याउन निर्देशन Dec 22, 2016 ArthatantraTrain Rail
    काठमाडौ। व्यवस्थापिका–संसद्, विकास समितिले ‘जनकपुर–जयनगर रेल’ मार्ग यसै आर्थिक वर्षमा सञ्चालन हुनेगरी गरी काम अगाडि बढाउन निर्देशन दिएको छ । समितिको आज बसेकोे बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव र रेल विभागका महानिर्देशकलाई काठमाडौँ मेट्रो रेलको काम अगाडि बढ्ने गरीे पुनः सम्भाव्यता अध्ययन गर्न, रेल मार्गमा पर्ने जग्गाको क्षतिपूर्ति दिन र अन्य जग्गा संरक्षण गर्न, नदीजन्य सामग्री (ढुङ्गा, ...
  • गाउँमै बाख्रापालनबाट मनग्गे कमाएपछि विदेश गएकाहरु फर्किन थाले Dec 22, 2016 ArthatantraGoat 1
    मोरङ । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ। उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा पाल्दा नै राम्रो कमाइ भएपछि किन विदेशमा गइरहनु ?” यो भनाइ हो – युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहेका फणीन्द्रप्रसाद सुवेदीको। सुवेदी परिवारको खुसी शब्दमा व्यक्त गर्न गाह्रो छ। दुई ...
  • मदिराका रूपमा ‘वाथलोसन’ पिउँदा ५३ को मृत्यु Dec 20, 2016 Arthatantraalcohol-no
    रसियाको साइबेरियाली सहर इरकुस्कमा मदिराका रूपमा ‘वाथलोसन’ पिएपछि मृत्यु हुने व्यक्तिको सङ्ख्या मङ्गलबार ५३ पुगेको छ । यस वाथलोसन पिएर अन्य २६ जना विरामी भएका र अझै अस्पतालमा रहेको रसियाको समाचार संस्था टीएएसएसले जनाएको छ । यसअघि सोमबार रसियाका सञ्चार संस्थाहरुले २१ जनाको मात्रै मृत्यु भएको बताएका थिए । मदिराका रुपमा सेवन गरिएको यस विषाक्त पदार्थबाट ठुलो संख्यामा नागरिकहरुको मृत्यु भएको ...
  • एक रुपैयाँ केजीमा पनि आलु नबिकेपछि …. Dec 20, 2016 Arthatantrapotato aalu
    सादाबाद । उत्तर प्रदेशका किसान ज्वालाप्रसादले अहिले एउटा स्किम ल्याएका छन् जुन यसअघि उनले कहिल्यै दिएका थिएनन् । उनी अहिले सित्तैमा आलु बाँडिरहेका छन् । बाध्यता नै छ । सामान्य अवस्था भएको भए उनले खेती गरिरहेको ए ग्रेडको रहरलाग्दा आलुहरू किलोको ११ रूपैयाँमा बिक्री हुनुपर्ने हो । तर अहिले एक रूपैयाँ किलोमा पनि बिकिरहेको छैन । भारतमा एक हजार र पाँचसयको ...
  • नेपालीसँग भएको भारतीय रुपैयाँ नसाटिने ! Dec 19, 2016 ArthatantraIndian Currency counting
    काठमाण्डौं । नेपालीसँग रहेका ५ सय र १ हजार दरका भारतीय रूपैयाँ साटिने सम्भावना टरेको छ। नेपाल राष्ट्र बैंकले पटक–पटक आग्रह गरे पनि भारतको वित्त मन्त्रालयले पुरै बेवास्था गरेपछि नोट नसाटिने देखिएको हो। भारतमा यी नोट साट्ने अवधि पुस १६ सम्म छ। भारतीय पक्षले बेवास्था गरेका कारण नेपालबाट भारतीय पक्षसँग कुराकानी गर्ने जाने भनिएको टोली जान सकेको छैन। नेपाल राष्ट्र बैंकका ...
  • ११० देशमा श्रम स्विकृति ६ देशसँग मात्र श्रम सम्झौताले कसरी हुन्छ बैदेश… Dec 18, 2016 ArthatantraCawan News
    काठमाडौ । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष खिलानाथ दाहालले नेपालले १ सय १० देशमा नेपालीलाई जान श्रम स्विकृति दिएपनि जम्मा ६ देशसँग मात्र श्रम सम्झौता भएको भन्दै दुःख व्यक्त गरेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ(काउन) द्धारा ६५ औं अन्तर्राष्ट्रिय आप्रवासी दिवसका अवसरमा आयोजित अन्तक्रियामा अध्यक्ष दाहालले सबैभन्दा पहिले १ सय १० देशसँग श्रम सम्झौता गरेर बैदेशिक रोजगारीमा ...
  • मिस नेपाल अस्मी श्रेष्ठ मिस वल्डको फास्ट ट्रयाकमा, के आउलिन् त टप २० म… Dec 18, 2016 Arthatantramiss nepal asmi shrestha
    काठमाण्डौँ । नेपाल सुन्दरी अस्मी श्रेष्ठले अमेरिकाको समय अनुसार आइतबार राति हुने मिस वर्ल्ड सौन्दर्य प्रतियोगिताको टप २० मा पुग्ने सम्भावनाको ढोका खोलेकी छिन्। मिस वर्ल्ड प्रतियोगितामा फास्ट ट्र्याक सिस्टम राखिएको छ। यस अन्तर्गत पाँच वटा च्यालेन्जिङ इभेन्ट हुने गर्छ, स्पोर्टस्, टप मोडल, ट्यालेन्ट, मल्टिमिडिया र ब्युटी विद् दि पर्पोज। हरेक श्रेणीका एक विजेता स्वतः टप २० मा छनौट हुन्छिन्। मिस नेपाल ...
  • अब थाइल्याण्ड घुम्न भिसा निःशुल्क Dec 16, 2016 ArthatantraThiland
    काठमाण्डौं । थाइल्याण्ड घुम्न जाने पर्यटकहरुले भिसा शुल्क तिर्नु नपर्ने भएको छ। ३ महिनासम्म पर्यटकहरुलाई निशुल्क भिसा उपलब्ध गराउने थाइ सरकारको निर्णय अनुसार थाइल्याण्ड घुम्न जाने नेपालीहरुसँग कुनै शुल्क नलिने नेपालस्थित थाइ दूतावासले जनाएको छ। नयाँ राजाले राज्यारोहण गरेको अवसरमा थाइ सरकारले थाइल्याण्ड घुम्न आउने पर्यटकलाई सित्तैमा भिसा दिने निर्णय गरेको हो। आगामी फागुन १७ गतेसम्म थाइल्याण्ड जाने पर्यटकहरुले भिसा शुल्क ...
  • राजमार्ग आसपासमा मदिरा पसल नराख्न सर्वोच्चको आदेश Dec 15, 2016 Arthatantraalcohol-no
    भारतको सर्वोच्च अदालतले देशभरका सवै राष्ट्रिय राजमार्गको छेउछाउमा मदिरा पसल नराख्न बिहीबार आदेश दिएको छ । राजमार्गको छेउछाउमा मादक पदार्थको बेचविखनबाट सवारी दुर्घटना बढेको र यसलाई कम गर्ने उद्देश्यले अदालतले यस्तो आदेश दिएको अधिकारीले बताएका छन् । भारतका प्रधानन्यायाधिश टी एस ठाकुरको इजलासले कुनै पनि राष्ट्रिय वा प्रदेशस्तरिय राजमार्गका छेउछाउमा मदिरा पसल राख्न नदिन र यसअघि अनुमतिपत्र लिएकाहरुको पनि नविकरण नगर्न ...