Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • भारु ५०० र १००० सटही हुन्छ कि हुन्न गभर्नर नेपाल अझै अन्यौलमाः तत्काल … Nov 17, 2016 ArthatantraChiranjibi-Nepal-3
    काठमाडौ। व्यवस्थापिका–संसद्को अर्थसमितिले नेपालीसँग रहेका ५०० र एक हजार दरका भारुको सटही प्रक्रिया सहज बनाउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको अर्थसमितिको बैठकले नेपाली जनतासँग रहेका वैध भारुको व्यवस्थापनका लागि चाँडो पहल गर्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको हो । समितिका सभापति प्रकाश ज्वालाले नेपालीसँग रहेको भारुको व्यवस्थापन गर्न कठिनाइ भएकाले सरकारलाई कूटनीतिक प्रक्रियाबाट समाधान गर्न निर्देशन दिने ...
  • नेपालमा १५ अर्बको भारतीय ठूला नोट,यति ठूलोमात्रामा भारतीय नोट कसरी ? Nov 15, 2016 ArthatantraIndian Currency counting
    काठमाडौ । नेपाली बजारमा ५ सय र १ हजार दरका करिब १५ अर्ब रुपैयाँबराबरका नोट रहेको अनुमान गरिएको छ । भारतले प्रतिबन्ध लगाएको यी दरका नोटहरू १५ अर्ब रुपैयाँबराबरको रहेको हुनसक्ने नेपाल राष्ट्र बैंकले प्रारम्भिक अनुमान गरेको हो । राष्ट्र बैंकका विदेशी विनिमय तथा अनुसन्धान विभागका बहालवाला र अवकाशप्राप्त कर्मचारीहरूले यस्तो अनुमान गरेका हुन् । उनीहरूका अनुसार भुक्तानीमा ठूलो मात्रामा भारु ...
  • सर्वसाधारण र व्यापारीका १००० र ५०० को भारु नोट व्यवस्थापन गर्न सरकारको… Nov 14, 2016 ArthatantraIndian Rupees
    काठमाडौ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाली सर्वसाधारणसँग रहेको १,००० र ५०० दरका भारतीय नोटको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । महासंघका वरिष्ठ उपाध्यक्ष भवानी राणाको नेतृत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेको उद्योगीको प्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी सर्वसाधारण, उद्योगी तथा व्यापारीसँग भएका उक्त दरका नोटको व्यवस्थापन गर्न आग्रह गरेको हो । भारत सरकारले प्रतिबन्ध लगाएका हजार र ५०० दरका नोटबारे सर्वसाधारण ...
  • ट्रम्पले अब गैह्र कानूनी रुपमा बसेका ३० लाखलाई अमेरिकाबाट निकाल्ने ! Nov 14, 2016 Arthatantradonald trump
    काठमाण्डौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिव ३० लाख गैरकानुनी आप्रवासीलाई उनीहरुकै देश फर्काइदिने बताएका छन् । राष्ट्रपति निर्वाचित भएपछि पहिलोपटक सीबीएस टेलिभिजनलाई अन्तरवार्ता दिँदै ट्रम्पले अपराधिक गतिबिधिमा संलग्न त्यस्ता गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने बताएका हुन्  । पहिलो चरणमा अपराधिक रेडर्क भएका आप्रवासीहरु जो सायद २० लाख वा ३० लाख पनि हुनसक्छन्  उनीहरुलाई देश निकाला गर्छौं, ट्रम्पले अन्तरवार्तामा भनेका ...
  • भारतमा नोट प्रतिबन्ध : नेपाली संसदमा ध्यानाकर्षण ! Nov 11, 2016 ArthatantraIndian Currency counting
    काठमाण्डौं । व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा पूर्वअर्थमन्त्रीहरुले छिमेकी मुलुक भारतले आफ्नो ५०० र १००० का नोटमा लगाएको प्रतिवन्धपछि नेपालमा पर्ने असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् । पूर्वअर्थमन्त्री डाक्टर रामशरण महत र सुरेन्द्र पाण्डेले नेपालीहरुको हितका लागि सरकारले काम गर्नु पर्ने बताएका छन् । साथै कालोधनलाई सेतो बनाउन सक्ने भन्दै सरकार सचेत हुनु पर्नेमा समेत पूर्वअर्थमन्त्रीको जोड छ । कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री ...
  • भारु पाँचसय र हजारको चलनचल्तीमा रोक लागेपछि सीमावर्ती बजार सुनसान, अवै… Nov 9, 2016 ArthatantraIndian Currency counting
    विराटनगर । भारत सरकारल गएरातिदेखि आफ्ना पाँचसय/हजारको नोटको चलनचल्तीमा रोक लगाएपछि दुबै मुलुकका सीमावर्ती बजारमा यसको प्रत्यक्ष प्रभाव देखिएको छ । सीमावर्ती भारतीय जोगबनी बजारमा पाँचसय/हजार नोटको चलनचल्तीमा रोक लागेपछि बजारप्राय सुनसान अवस्थामा पुगेको छ भने मोरङ र झापाका मनिचेन्जर (सटही) सञ्चालक प्रत्यक्ष मर्कामा परेका छन् । भारतीय नोटको कारोबारमा संलग्न मनिचेन्जर,अवैध कारोबार गर्नेहरु, भारतीय नोट सङ्कलन गरी बढी मूल्यमा बिक्री ...
  • अमेरिकी राष्ट्रपति निर्वाचन : प्रारम्भमा ट्रम्पको अग्रता Nov 9, 2016 ArthatantraAmerica president election 2016
    काठमाडौं । अमेरिकी राष्ट्रिपति निर्वाचनको मतदान प्रकृया अन्तिमतिर आउँदै गर्दा मत परिणाम पनि बाहिर आउन थालेको छ । रिपब्लिकन डोनल्ड ट्रम्पले र डेमोक्रयाट हिलरी क्लिन्टनबीचमा कडा प्रतिस्पर्धा रहेको छ । यद्यपी मत परिणामको सुरुवातीमा उम्मेद्वार डोनल्ड ट्रम्पले अग्रता लिएका छन् । पछिल्लो परिणाम अनुसार ट्रम्पको १३७ र हिलारीको १०४ पुगेको छ । निर्वाचन परिणाम आउनेक्रम जारी छ । पछिल्लो अवस्था हिलारीको ...
  • आज अमेरिकामा राष्ट्रपति निर्वाचनःआर्थिक मुद्दा निर्वाचनको प्रमुख एजेन्… Nov 8, 2016 ArthatantraAmerica president election 2016
    काठमाडौ । ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदैछ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । ३३ राज्यसहित डिस्ट्रिक अफ कोलम्बियामा पहिले नै मतदान सुरु भएको र झन्डै ४ करोडले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएका छन् । निर्वाचनको दिन मंगलबार थप आठ करोडले मतदान गर्ने अपेक्षा छ । दुई ठूला ...
  • अमेरिकामा भएको गाडी दुर्घटनामा चार नेपालीको मृत्यु ! Nov 7, 2016 ArthatantraRoad-Accident
    काठमाण्डौं । अमेरिकास्थित एटलान्टामा भएको सडक दुर्घटनामा ४ जना नेपालीको मृत्यु भएको छ। सामान ओसार पसार गर्ने ट्रकसँग नेपालीले चलाएको गाडी ठोकिएपछि उक्त घटना भएको प्रहरीले बताएको छ। निसान अल्टीमा गाडीमा रहेका गुल्मी घर भइ काठमाडौं बस्ने चिरन्जीवि खनाल तथा उनकी पत्नी श्यामा खनाल तथा दुई बुहारी रिचा खनाल र सम्रीका पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले पृष्टि गरेको छ। चालक तथा अगाडि ...
  • दिपावलीको पटकाले दिल्लीमा प्रदुषण उच्च, आगरबत्ती बाल्न पनि रोक लगाइयो … Nov 6, 2016 Arthatantradelhi-chockes
    काठमाण्डौं । भारतको राजधानी नयाँदिल्लीमा दिपावलीमा पड्काइएका पटाकाहरुको कारण प्रदुषणको मात्रा बढेर मिटरले समेत नाप्न नसक्ने भएपछि त्यहाँको राज्य सरकारले विद्यालयहरु बन्द गराएको छ भने स्थानीयलाई घर बाहिर ननिस्कन आग्रह गरेकोछ । प्रदुषण बढेर खतरनाक स्थितिमा पुगेपछि दिल्ली सरकारका मुख्य मन्त्री अरविन्द केजरीवालले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । प्रदुषणको मात्रा बढेर मानिसहरुमा आँखा पोल्ने र सास फेर्न गाह्रो हुने समस्या ...