Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • परदेशको दशैं : केहि तस्बिर Oct 15, 2016 Arthatantraaustrelia dashain
    नेपालीहरुको मुख्य चाड दशैं संसारका विभिन्न कुनामा पुगेका नेपालीले पनि भव्यता पुर्बक मनाएका छन् | ब्यस्त जीवनलाई थोरै सदुपयोग गर्दै उपलब्ध आफन्तको बिचमा भेटघाट, खानपिन र टिकाटालो गरेर भब्य रुपमा मनाएको हेर्नुहोस केहि तस्बिरहरु … सबै तस्बिर फेसबुकबाट  
  • नेपाली आकाशमा नयाँ हेलिकप्टर अल्टिच्यूडद्वारा भोलिबाटै व्यवसायिक उडान … Oct 7, 2016 ArthatantraAltitude air 14
    काठमाण्डौं । साढे दुई दशकभन्दा बढी अवधिदेखि पर्यटन व्यवसायमा संलग्न व्यवसायीहरुले स्थापना गरेको अल्टिच्यूड एयरले दशैंको फूलपाति पारेर भोलिदेखि नै व्यवसायिक हेलिकोप्टर सेवा सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले दुई साताअघि नै एयरबस कम्पनीले निर्माण गरेको एस–३५० बी ३ ई नामको ६ सिटे हेलिकप्टर नेपाल ल्याइसकेको छ । अर्को हेलिकप्टर फागुनमा र त्यसको ६ महिनाभित्र थप दुई हेलिकप्टर ल्याएर ...
  • दुई नेपाली महिलालाई ‘अन्तर्राष्ट्रिय पुरस्कार’ Oct 5, 2016 ArthatantraAwards
    चितवन। ग्रामीण जीवनमा महिला सिर्जनशीलतामा नमुना काम गर्ने नेपालका दुई महिलाले अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्ने भएका छन् । भरतपुरमा घरबाट निस्कने फोहरलाई व्यवस्थापन गरी घरको छत मै तरकारी फलाउन सफल भएका चितवनकी तुलसी ज्ञवाली र कमैयाको मुक्ति अभियानमा लागेकी पश्चिम नेपालकी निर्मलादेवी थारु ‘चौधरी’ ले सो पुरस्कार प्राप्त गर्ने भएका हुन् । जनही एक हजार डलर अर्थात् झन्डै रु एक लाख ...
  • कावुल घट्नामा पीडित नेपाली भन्छन्, सरकारले क्षतिपूर्तिको लागि पहल गरेन Oct 3, 2016 ArthatantraKABUL KO NEWS
    काठमाण्डौं । केही महिना अघि अफगानिस्ताको कावुलमा तालिवानको आतंककारी हमलामा परी मृत्यु भएकाका आफन्त र घाईतेहरुले सरकारले अहिलेसम्म पीडितहरुको बारेमा कुनै चासो नदेखाएको आरोप लगाएका छन् । आज सोमबार रिपोर्टर्स क्लब नेपालमा उक्त घट्नाका मृत्तकका आफन्त र घाईतेका परिवारले आयोजना गरेको पत्रकार सम्मेलनमा घट्नाका घाईते अमृत रोका क्षेत्रीले आफूहरुलाई सरकारले अहिलेसम्म कुनै ठोस पहल नगरेको गुनासो पोखे । उनले थपे,‘हामी क्यानडा ...
  • होसियार, मलेसियामा राजदुतको गलत कामको विरोध गर्दा नेपाल डिपोर्ट परिएला… Oct 2, 2016 Arthatantraniranjanman shingh basnet
    काठमाडौं । मलेसियाका लागि नेपाली राजदुत डा. निरञ्जनमानसिंह बस्नेतले आफ्नो र राजदुतावासको विरोधमा बोल्ने जो कोही नेपालीहरुलाई विविध आरोप लगाएर नेपाल डिपोर्ट गर्ने गरेको पीडितहरुले आरोप लगाएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर पीडित दम्पती टेकबहादुर राना र देवी गुरुङले यस्तो आरोप लगाएका हुन् । कार्यक्रममा पीडित देवी गुरुङ्ले राजदुत बस्नेतको कार्यशैलीको विरोध गर्दा जबरजस्ती नेपाल पठाईएको गुनासो ...
  • फेसबुकबाटै विवाहको प्रलोभन दिइ लाखौ ठगी Oct 1, 2016 Arthatantrafacebook-reactions-main
    काठमाण्डौं । फेसबुकमा चिनजान भएका विदेशी युवकसँग लाग्दा दर्जनौ नेपाली युवती ठगिएका छन्। एक अफ्रिकी युवकले विवाह गर्ने प्रलोभन देखाएर थुप्रै नेपाली युवती ठगी गरेको हो । फेसबुक पेजमा केन जोनसोन नाम गरेका युवकले ठगी  गरेका हुन्। उनले विवाह गरेर युरोप लैजाने प्रलोभन देखाउँदै नेपाली युवतीसँग सम्बन्ध अघि बढाएका थिए। उनले सुरूमा नेपाली महिलालाई फेसबुकमा फ्रेन्ड रिक्वेष्ट पठाउने, बिस्तारै प्रेमको नाटक ...
  • आर्थिक मन्दीका कारण साउदीमा नेपालीहरु समस्यामा Sep 30, 2016 Arthatantrasaudi-arab-
    काठमाडौ । साउदी अरबमा देखिएको आर्थिक मन्दीका कारण पछिल्लो समय त्यहाँ कम्पनीमा कार्यरत नेपाली कामदारहरु समस्यामा पर्नेक्रम बढ्दै गएको छ ।    प्रवासी नेपाली समन्वय समितिले  पत्रकार सम्मेलन गरी गत असारदेखि साउदीमा कार्यरत कामदार समस्या पर्ने क्रम उल्लेख्य रुपमा वृद्धि हुँदै गएको जानकारी दिएको छ  । समितिमा असारपछि  कामदार अलपत्र परेको ८४, तलब र काम फरक परेको ३४, तलब तथा अन्य सुविधा ...
  • वैदेशिक रोजगार प्राथमिकतामा– रोजगारमन्त्री गुरुङ Sep 30, 2016 Arthatantrasuryaman gurung
    ताप्लेजुङ । श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा देखिएको ठगी, असुरक्षालाई न्यूनीकरण गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा परेको बताउनुभएको छ । पछिल्लो समयमा वैदेशिक रोजगारको क्षेत्रमा बढ्दै गएको विचलनले विदेश जानु अघि र विदेशमा पुगेपछि ठगी, असुरक्षा जस्ता कुरा बढ्दै गएकाले यसको न्यूनीकरणका लागि आफू गम्भीर भएको उहाँले बताउनुभयो । गृह जिल्ला ताप्लेजुङ आइपुग्नुभएका गुरुङले आज पाथीभरा क्षेत्र विकास समितिको ...
  • क्यानडाबाट १ खर्बको लगानी भित्र्याउन सकिन्छः काफ्ले Sep 29, 2016 Arthatantramitra kafle
    काठमाडौ । गैरआवसीय नेपाली संघ क्यानडाका रिजनल अफिसर मित्र काफ्लेले नेपालमा लागनीको वातारण र लगानी सुरक्षाको प्रत्याभुति भए क्यानडाबाट एक खर्बको लगानी नेपाल ल्याउन सकिने विश्वास व्यक्त गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्र्तरक्रियामा काफ्लेले नेपालको जलबिद्युत्को विकासमा लगानी सम्भाव्यता रहेको बताए । ब्राम्पटन माउण्ट एभरेष्ट लायन्स क्लबका अध्यक्ष समेत रहेका काफ्लेले नेपाल विकासको लागि प्रचुर संभावनाहरु धेरै ...
  • पाकिस्तानमा हुने सार्क सम्मेलनमा भारतले भाग नलिने, अन्य तीन राष्ट्रले … Sep 28, 2016 ArthatantraSAARC
    काठमाण्डौं । भारतले आउँदो कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामावादमा हुन लागेको सार्क सम्मेलनमा सहभागिता नजनाउने भएको छ । भारतले सम्मेलनमा सहभागिता नजनाउने निर्णय सार्क अध्यक्ष राष्ट्र नेपाललाई जानकारी गराएको हो । भारतको यस निर्णयलाई साथ दिँदै वंगलादेश, भुटान र अफगानिस्तानले पनि सम्मेलनमा भाग नलिने बताएका छन्। अन्तरदेशीय आतंक र आन्तरिक मामिलामा हस्तक्षेपको कारण सम्मेलनमा सहभागिता जनाउन नसक्ने भारतीय ...