Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • १६२ यात्रु बोकेको नेपाल एयरलाइन्सको विमानमा एक्कासी धुवाँ आएपछि… Sep 26, 2016 ArthatantraNepal airlinse
    काठमाडौ । नयाँ दिल्लीबाट काठमाडौं उडान भरेको नेपाल वायु सेवा निगमको एयरबसमा एक्कासी धुवाँ आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ । लुम्बिनी नामाकरण गरिएको एयरबस नेपालभित्रको सिमानामा प्रवेश गरिसकेपछि जहाजभित्र धुवाँ देखिएको थियो । चालकदलका सदस्यसहित १ सय ६३ जना यात्रु रहेको विमानले १२ हजार ५ सय फिट उचाईमा उडान भर्दैगर्दा धुवाँ देखिएको थियो । लगतै चालकदलले ३ः२९ मा काठमाडौं ...
  • ९३ प्रतिशत नेपाली यार्सागुम्बा चीनमा ! Sep 25, 2016 Arthatantrayarsagumba-harvest
    काठमाण्डौं । नेपालमा उत्पादन तथा संकलन हुने हिमाली जडिबुटी यार्सागुम्बाको मुख्य बजार उत्तरी छिमेकी चीन रहेको देखिएको छ । व्यापार तथा निकासी प्रवर्द्वन केन्द्रका अनुसार मुलुकबाट हुने कुल निकासीमध्ये ९३ प्रतिशत यार्सागुम्बा चीन र हङकङमा जाने गरेको छ । गत आर्थिक वर्षमा औपचारिक माध्यमबाट ६३ करोड ९७ लाख रुपैयाँ बराबरको यार्सागुम्बा चीन र हङकङमा निकासी भएको थियो। केन्द्रका अनुसार गत आर्थिक वर्षमा ...
  • क्यानडाका अर्बपति नेपाली जेलमा Sep 24, 2016 Arthatantra
    काठमाण्डौं । अर्नेष्ट फेनविक म्याकन्टोस क्यानडाको न्याय प्रशासनमा निकै चर्चित नाम हो । उनै म्याकन्टोसका कारण तीन वर्अघि त्यहाँका प्रान्तीय कानुनमन्त्रीले राजीनामा दिनुपरेको थियो । तिनै ७२ वर्षीय म्याकन्टोस २० महिनादेखि नेपाली जेलमा रहेका छन् । राम्रो काम गरेर उनले क्यानडामा चर्चा कमाएका भने होइनन् । बाल यौनदुराचार र न्यायालयमा पैसाको धाकले प्रभाव जमाएका कारण उनले क्यानडामा हंगामा मच्चाएका हुन्। अर्वपति व्यापारी भएर ...
  • आतंकवादी गतिविधिमा संलग्न रहेको भन्दै मलेसियाद्वारा नेपालीलाई देश निका… Sep 23, 2016 ArthatantraMalaysia
    काठमाण्डौं । मलेसियाले आतंकवादी गतिविधिमा संलग्न रहेको आशंकामा पक्राउ परेका एक नेपालीलाई देश निकाला गरेको छ । बुकित बिन्ताङमा होटल र मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएका एक नेपालीसहित एक बंगलादेशी र एक मोरक्कोका नागरिकलाई मलेसिया सरकारले देश फिर्ता पठाएको हो । स्ट्रेट्स टाइम्स दैनिका अनुसार एक मलेसियाली नागरिक पनि पक्राउ गरेका छन् र, उनलाई हिरासतमा राखिएको छ । गत महिना मलेसियाको स्वतन्त्रता दिवसका ...
  • अब म्यानपवार कम्पनीको काराबोर बैंकिङ प्रणाली मार्फत् हुने ! Sep 16, 2016 Arthatantrabank_1
    काठमाण्डौं । म्यानपावर व्यावसायीले वैदेशिक रोजगारीमा जाने कामदारहरुसँग गर्ने सबै कारोबारलाई बैंकिङ प्रणालीमा ल्याउने तयारी सरकारले गरेको छ । कामदारले सिधै नगद म्यानपावरलाई रकम बुझाउँदा ठगी हुने क्रम बढेपछि नयाँ व्यवस्था गर्न लागिएको हो । श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन संशोधनका लागि तयार गरेको मस्यौदामा म्यानपावरका सबै कारोबारलाई बैकिङ प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ । ऐन संशोधनपछि म्यानपावर कम्पनीले ...
  • विदेश जाँदैहुनुहुन्छ ? अब नेपालमै सिमकार्ड पाइन्छ Sep 16, 2016 Arthatantranepal-airlines
    काठमाडौं । कामका लागि विदेश जाँदै हुनुहुन्छ ? हो भने अब पुग्नेबित्तिकै परिवारसँग कसरी सम्पर्क गर्ने भन्ने चिन्ता नलिए हुन्छ । गन्तव्य मुलुक पुगेर तपाई एयरपोर्टबाटै फोन गर्नसक्नुहुन्छ । त्यो पनि पिसिओबाट हौ, आफ्नै मोबाइलबाट । श्रम स्वीकृति र भिषा हुनेले नेपालबाटै आफू जाने मुलुकको सिमकार्ड लिन सक्ने भएपछि कामदारले यस्तो सुविधा पाउने भएका हुन् । हाल त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलभित्रबाट एउटा ...
  • राष्ट्रबैंकले सिंगापुरबाट एक करोड डलर ल्याउने Sep 15, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । बजारमा नगद डलर अभाव भएपछि नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको छ। पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ। सिंगापुरको सिआइएमबी बैंकबाट राष्ट्रबैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हो । डलर एक साताभित्र नेपाल आइपुग्ने भएको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले बजारमा नगद डलर अभाव ...
  • भारतमा विद्युत बजारको प्रस्ताव गर्दै सरकार Sep 12, 2016 ArthatantraElectric
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा नेपालका उत्पादित विद्युतको सहज बजारका लागि प्रस्ताव गर्ने भएको छन् । यसै साता भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहाललले नेपाली विजुलीको भारतीय बजारमा खुल्ला गर्नका लागि प्रस्ताव गर्ने भएका छ । हाल भघारतबाट नेपालमा दैनिक ३ सय मेगावाटबराबर विद्युत आयत भए पनि तत्काल निर्यातको  सम्भावना भने छैन । नेपाल र भघारतीच सरकारी तहमा मात्र विद्युत आदानप्रदान ...
  • नेपालमा लगानी गर्छु भन्नेको लाइन… Sep 11, 2016 ArthatantraInvestors
    काठमाडौ। “नेपालको जलविद्युत् आयोजनामा लगानी गर्छु भन्नेलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्यो । अस्ट्रेलिया, चीनदेखि भारतसम्मका कम्पनी जलविद्युत् आयोजनामा लगानी गर्छु भनेर लाइन लागेका छन् । लगानीको समस्या छ भन्ने भ्रम फैलिइरहेका बेला यसलाई मैले सकारात्मक रुपमा लिएको छु । नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि केही असहज वातावरण भएपनि लगानीकर्ताको अभाव छैन ।” नेपाल विद्युतीय व्यवसायी महासंघको तेस्रो अधिवेशनन उद्घाटन ...
  • अब विदेशी जेलमा रहेका नेपालीलाई ५ लाख सीडमनी, मृत्यु भएमा ७ लाख ! Sep 8, 2016 Arthatantra
    काठमाण्डौं । दोस्रो पटक प्रधानमन्त्री भएपछि पहिलोपटक आज बिहीबार व्यवस्थापिका संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले विदेशी जेलमा रहेर ब्लडमनी कुरिरहेका नेपाली कामदारलाई छुटाउन ५ लाख रुपैयाँ सीडमनी दिने घोषणा गरेको छन् । अहिले विदशेमा ब्लड मनी कुरिरहेकाहरुलाई सरकारले ५० हजारसम्म सीड मनी दिन सकिने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको परिवारलाई दिने राहत पनि ...