Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • मलेसियाको भिसा शुल्कमा भारी वृद्धि ! Sep 8, 2016 ArthatantraMalaysia
    काठमाडौं। मलेसिया सरकारले नेपाली नागरिकका लागि भिसा शुल्कमा पुनः भारी वृद्धि गरेको छ । मलेसियाले भदौ २७ गतेदेखि लागु हुने गरेरभिसा शुल्कमा ६ हजार ७ सय पुर्याएको छ । नेपाली कामदारको आकर्षक गन्तव्य मलेसियाले साढे २ वर्षको अवधिमा दुईपटक भिसा शुल्क बढाएको हो । मलेसियाले यसअघि ०७० पुसमा ७ सय रहेको भिसा शुल्क बढाएर एकैपटक ३९ सय रुपैयाँ पुर्याएको थियो । ...
  • म्यानपावर कम्पनीले अब जिल्ला जिल्लामा शाखा खोल्न पाउने ! Sep 6, 2016 Arthatantrarojgar
    काठमाण्डौं । सरकारले म्यानपावर एजेन्सीहरुलाई पनि जिल्ला तहमा शाखा कार्यालय विस्तारका लागि अनुमति दिने भएको छ । वैदेशिक रोजगार ऐनमा पनि म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय खोल्न दिन सकिने उल्लेख छ । तर, सरकारले ठगी बढ्नुका साथै अनुगमन र नियमनमा समस्या हुन सक्ने भन्दै शाखा खोल्न रोकेको थियो । अब केही समयभित्रै म्यानपावरहरुलाई शाखा विस्तार गर्न इजाजत दिने प्रक्रिया सुरु हुने वैदेशिक ...
  • भारतले आयात रोकेपछि संकटमा नेपाली अदुवा बजार ! Sep 5, 2016 Arthatantraaduwa
    इलाम । मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो। निर्यात रोकिँदा करोडौं मूल्यको अदुवा अलपत्र छ। धेरै निकासी हुने काँकडभिट्टा नाकाबाट मंगलबारयता एक ...
  • पासपोर्ट बनाउने शुल्क घट्यो, अब मात्र ५० डलर ! Sep 2, 2016 Arthatantrapassport
    काठमाण्डौं । अब विदेशमा रहेका नेपालीले पासपोर्ट बनाउँदा शुल्क कम लाग्ने भएकोछ । मन्त्रिपरिषद्ले मलेसियासहित मध्यपूर्वी मुलुकबाट पासपोर्ट बनाउन लाग्ने शुल्क घटाएको छ। यसअघि ८० डलर शुल्क लाग्दै आएकोमा मन्त्रिपरिषद्ले अब ५० डलरमै पासपोर्ट उपलब्ध गराउने निर्णय गरेको हो। सरकारले साउदी अरेबिया, कुवेत, लगायतका मध्यपूर्वका देशमा पासपोर्ट बनाउन लाग्ने शुल्क घटाएको हो । १७ भदौ २०७३, ९।००
  • ‘आप्रवासी कामदार’ सम्बन्धी सार्क घोषणापत्रको जिरो ड्राफ्ट Aug 31, 2016 Arthatantrabaideshik-
    काठमाडौ । पाकिस्तानमा हुन गइरहेको १९औँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)मा प्रस्तुत हुने ‘आप्रवासी कामदार’ सम्बन्धी घोषणापत्रको प्रारम्भिक मस्यौदा (जिरो ड्राफ्ट) तयार भएको छ । सार्क राष्ट्रबाट रोजगारीका लागि बिदेसिने कामदारको समान न्यूनतम ज्याला, समान कामको लागि समान ज्याला, कामदारको हकहितका लागि सामूहिक प्रतिबद्धता र कामदार लिने गन्तव्य मुलुकसँग सार्क आबद्ध राष्ट्रको सामूहिक सौदाबाजी गर्ने उद्देश्यसहित घोषणापत्र जारी गर्न लागिएको ...
  • विदेशका जेलमा ८६३ नेपाली ! Aug 28, 2016 Arthatantra
    काठमाण्डौं । पुष्पकमल दाहाल प्रधानमन्त्री भएको साता साउदी अरबको हायल जेलमा रहेका काभ्रेका रामचन्द्र तिमल्सिनाको जीवन रक्षाका लागि भन्दै चन्दा संकलन सुरू भयो। मदिरा सेवन गरी तिमल्सिनाले चलाएको गाडी दुर्घटना हुँदा पाकिस्तानी नागरिकको ज्यान गएको थियो। त्यसमा तिमल्सिनालाई दोषि ठहर गर्दै अदालतले ब्लडमनीवापत पीडित परिवारलाई ३ लाख साउदी रियाल झन्डै ८७ लाख रूपैयाँ दिनुपर्ने फैसला सुनाएको थियो। नेपाली दूतावासले पठाएको प्रतिनिधि ...
  • बाबा रामदेवको नयाँ उत्पादन बजारमा आउँदै, पाउने भए ५ करोडभन्दा बढीले रो… Aug 27, 2016 Arthatantrapuja-samagri1
    काठमाण्डौं ।  बाबा रामदेवले पूजापाठका लागि प्रयोग हुने सामानको उत्पादन बजारमा ल्याउन लगाएका रिपोर्ट सार्वजनिक भएको छ । यही क्रममा रामदेवको पतञ्जली आयुर्वेदले बजारमा ‘पतञ्जली आस्था’को नामबाट नयाँ ब्राण्ड ल्याउने तयारी थालेको छ । यो ब्राण्डको नामबाट आगामी दीपावलीअघि १ सय भन्दा धेरै प्रोडक्टहरु बजारमा ल्याउने तयारी भइरहेको हो । पूजापाठमा प्रयोग हुने प्रोडक्टको माध्यमबाट बाबा रामदेवले ५ करोडभन्दा बढी मानिसलाई ...
  • फेसबुकमा कमेन्ट गरैकै भरमा नेपाली युवकलाई देश निकाला ! Aug 22, 2016 Arthatantrafacebook
    काठमाण्डौं । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ। उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ। अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछाने विरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो । लामिछानेलाई गत मंगलबारमा पक्राउ गरि घर ...
  • प्रचण्डले मोदीलाई लेखेका चार सन्देश के के छन् ? Aug 21, 2016 Arthatantranarendra modi
    काठमाण्डौ । प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन्। प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन्। भेटपछि संक्षिप्त कुरा गर्दै निधिले मोदीसँय भेट असाध्यै सौहार्दपूर्ण रहेको बताए । तर, उनले विस्तृत बताउन चाहेनन्। आजको कान्तिपुरमा खबर छ। निधिले मोदीसँग ३५ मिनेट सामूहिक र १५ ...
  • मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीको भ्रमणमा आउन निम्ता ! Aug 20, 2016 Arthatantranarendra modi
    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दूतका रुपमा भारत गएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रधानमन्त्रीका तर्फबाट नेपाल भ्रमणको निम्तो हस्तान्तरण गरेका छन्। निधिले प्रधानमन्त्री मोदीलाई जनकपुर, मुक्तिनाथ र लुम्बिनीमा धार्मिक भ्रमण गराउने बारेमा विशेष आग्रह गरेका थिए। जवाफमा मोदीले आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने आश्वासन दिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा भारत भ्रमणका ...