Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • मोदीले लगाए नेपाली चेलीको हातबाट राखी Aug 19, 2016 Arthatantra-Rakhi-for-brother
    काठमाण्डौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, गृहमन्त्री राजनाथ सिंहलगायतले बिहीबार बिहान नेपाली चेलीको हातबाट राखी लगाएका छन्। आइटिओस्थित भारतीय जनता पार्टीको नयाँ भवन शुभारम्भ कार्यक्रममा मोदीले नेपाली चेलीहरू अदीती गुरूङ  र मिनाक्षीको हातबाट राखी बाँधेका हुन्। उनीहरूले मोदीलाई राखी बाध्ने कार्यक्रम तय भएको थियो। तर, त्यहाँ अन्य नेताहरू पनि रहेकाले उनीहरूलेसमेत नेपाली चेलीको हातबाट राखी बाँधेको खबर ...
  • साउदीमा नेपाली कामदारको माग घट्ने अनुमान Aug 15, 2016 Arthatantrasaudi-arabia
    काठमाडौं । नेपाली कामदारका लागि आकर्षक गन्तव्य मुलुक साउदी अरेबियाले बंगलादेशी कामदारमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । विगत ६ वर्षदेखि बंगलादेशी कामदार लिन बन्द गरेको साउदीले पुनः बंगलादेशबाट आफ्नो मुलुकमा कामदार लिन लागेको हो । विभिन्न देशबाट गएका आप्रवासी कामदार घटाउँदै लैजाने नीतिका बीच बंगलादेशबाट कामदार लिने साउदीको यस निर्णयले नेपाली कामदारको माग हृवात्तै घट्न सक्ने सम्बन्धित व्यवसायीको भनाइ रहेको आजको ...
  • साउन मसान्तपछि स्विडेनका तीन नोट नेपालमा नसाटिने Aug 13, 2016 Arthatantracronor
    काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वीडेनको मुद्रा साउन मसान्तभित्र साटिसक्न सर्वसाधारणसँग आग्रह गरेको छ । स्वीडेनको केन्द्रिय बैंक रिक्सबैकले स्वीडिस क्रोनर २०, ५० र १००० दरका बैंक नोटहरु चलनचल्तिबाट हटाउने भएपछि राष्ट्र बैंकले नेपालीहरुलाई त्यो पैसा भए साउनभित्र साटिसक्न  आग्रह गरेको हो । साउनपछि यी दरका स्वीडिस नोट चल्दैनन् । ुआफूसँग भएका २०, ५० र १००० दरका स्वीडिस क्रोनर नोटहरु काठमाडौं र ...
  • बुद्धिसागर न्यूजिल्यान्डका लागि पर्यटन दूत Aug 12, 2016 Arthatantra
    बेसीसहर । लमजुङ सदरमुकाम बेसीसहर स्थायी घर भएका लमजुङे युवा बुद्धिसागर घिमिरे न्यूजिल्यान्डका लागि पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डले घिमिरेलाई बुधबार पर्यटन प्रवद्र्धनका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको हो । ११ जुलाई २०१६ देखि १० जुलाई २०१८ सम्म लागू हुनेगरी घिमिरेलाई बोर्डले दुई वर्षका लागि दूतमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट माइक्रोबाइलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट ...
  • ब्लड मनी तिर्न नसक्दा साउदी जेल पुगे ७ नेपाली ! Aug 10, 2016 Arthatantra
    काठमाण्डौं । धेरै कमाएर जीवन सुखी बनाउने सपना देख्दै साउदी अरब पुगेको सात नेपाली त्यहाँको जेलमा जीवनमरणकै दोसाँधमा छन्। सडक दुर्घटनामा ज्यान लिएको अभियोगमा मृत्युदण्ड सुनाइएका उनीहरु साउदी जेलमै जीवनको आशा पालेर बाँचिरहेका छन्। भएका परिवारलाई ‘ब्लडमनी’ बुझाउन सके उनीहरुले अरु समय बाँच्न पाउँथे। जीवनको भिख मागे पनि राज्यले चासो दिएको छैन। बाँच्न पाइने आशा भने अझै मरिसकेको छैन उनीहरुमा। नेपाली ...
  • मलेसिया कामदारा पठाउन पुनः खुला Aug 7, 2016 ArthatantraMalaysia
    काठमाडौं । मलेसिया कामदारा पठाउन पुनः खुला भएको छ । अगष्ट १ देखि मलेसियाले विदेशी कामदार लिन खुला गर्ने निर्णय छ । अब नेपालसहित १५ वटा मुलुकबाट कामदार त्यहाँ जान सक्नेछन् । झन्डै सात महिनादेखि मलेसिया कामदार पठाउन बन्द हुँदा नेपाललाई सबैभन्दा बढी मार परेको थियो ।यो सबैभन्दा धेरै नेपाली कामदार जाने मुलुक हो। रेमिट्यान्स पनि सबैभन्दा धेरै यही देशबाट आउने ...
  • जागिरको लागि ढाका पुगेका ४६ नेपाली अलपत्र Aug 6, 2016 Arthatantradhaka
    काठमाडौं । एक बंगलादेशी मानव तस्करले जागिर लगाइदिने प्रलोभनमा ढाका पुर्याएर ४६ नेपालीलाई अलपत्र छाडेका छन् । ती नेपालीलाई उद्धार गरी स्वदेश फर्काउने प्रयास भइरहेको बंगलादेशस्थित कार्यवाहक नेपाली राजदूत धनबहादुर ओलीलले जानकारी दिए ।ओलीका अनुसार ढाकास्थित एक रेस्टुरेन्टमा जागिर लगाइदिने भन्दै ती बंगलादेशी दलालले उनीहरुलाई जेठ दोस्रो साता पर्यटक भिसामा त्यहाँ पुर्याएका आजको अन्नपूर्णमा समाचार छ । सुरुमा पर्यटक भिसामा बंगलादेश पुर्याइएका ...
  • अवैध रुपमा पन्ध्र करोडको भारतीय गुट्खा नेपाल भित्रियो ! Aug 5, 2016 Arthatantragutkha
    पर्सा । वीरगन्ज नाकाबाट बर्सेनि रु १५ करोडभन्दा बढीको भारतीय गुट्खा अवैध रुपमा भित्रिने गरेको छ । खुल्ला सिमानाका कारण भरियामार्फत सो गुट्खा भित्रिने गरेको छ । बिहार सरकारले राज्यमा गत अप्रिल महिनादेखि गुट्खाको उत्पादन, बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएपछि तस्करले उत्तर प्रदेशको लखनउ र गोरखपुरबाट गुट्खा र पान मसाला आयात गर्दै आएका छन् । वीरगन्जमा दैनिक रजनीगन्धा, राजनीवास, तुलसी र ...
  • आज सुरु इन्टरनेशनल ज्वेलरी शोमा सहभागी हुन ५६ व्यवसायी भारत प्रस्थान ! Aug 4, 2016 ArthatantraGold
    काठमाण्डौं । नेपाल रत्न तथा आभुषण संघका ५६ सदस्यीय टोली आजदेखि भारतको मुम्बईमा आयोजना हुन लागेको इण्डिया इन्टरनेशनल ज्वेलरी शो २०१६ मा भाग लिन आजै बुधबार त्यसतर्फ लागेका छन् । भ्रमणवाट नेपालमा वन्दै गरेको सुन चाँदी , गर गहना, ज्वहारत सम्वन्धि नीति नियमको तर्जुमामा ठोस योगदान पुग्ने अपेक्षा गरिएको छ । यसका साथै, नेपालको २४ क्यारेटको गहना भारत तर्फ निकासी हुने ...
  • एनआरएनले लगानीका लागि एक अर्ब रुपैयाँको कोष बनाउने Aug 2, 2016 Arthatantra
    काठमाडौं ।  संयुक्त रुपमा एक अर्ब रुपैयाँको कोष बनाई नेपालमा लगनी गर्ने निर्णय गर्दै गैह्र आवासीय नेपाली संघ (एनआरएन) को नवौं युरोपेली बैठक सम्पन्न भएको छ । एनआरएनले बैठकबाट भुकम्पछी खस्कदै गएको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न अन्तराष्ट्रिय समन्वय परिषद्ले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको लगायत १३ बुँदे घोषणपत्र जारी गरेको छ । संघले नेपालमा लगानी प्रवद्र्धन गर्न गैह्रआवासीय नेपनलीको निजी क्षेत्र ...