Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अब विदेशमा घरेलु कामदारको न्यूनतम तलब ३० हजार Jul 31, 2016 Arthatantranepali-note
    काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीमा जाने घरेलु कामदारको न्यूनतम तलब तीन सय अमेरिकी डलर हुनैपर्ने व्यवस्था गरेको छ । विशेषगरी खाडी मुलुकमा नेपाली महिला घरेलु कामदारका रूपमा जाने प्रवृत्ति अधिक छ । झन्डै दुई वर्षयता भने औपचारिक तबरबाट घरेलु कामदार पठाउन बन्द गरिएको छ । श्रम तथा रोजगार मन्त्रालयले न्यूनतम तीन सय अमेरिकी डलर तलब हुनुपर्नेहितका थप महत्वपूर्ण व्यवस्थासहित घरेलु कामदार ...
  • उधारो बिस्कुटको रु १५ रुपैयाँ तिर्न नसकेपछि हत्या ! Jul 29, 2016 ArthatantraMurder
    भारत । उत्तर प्रदेशको मैनपुरीमा एक पसलेले १५ रुपैयाँका लागि एक दलित दम्पतीको हत्या गरेका छन्। दलित दम्पतीको हत्या गर्ने पसले भने उच्च जातको भएको र उसलाई प्रहरीले पक्राउ गरेको बताइएकोछ । इन्डियन एक्सप्रेसका अनुसार दलित दम्पतीले केही दिन अघि उक्त पसलबाट एक प्याकेट विस्कुट उधारो किनेकी थिइन्। उनले उधारो लिएको विस्कुटको मूल्य १५ रुपैयाँ मात्रै हो। घटना भएको ठाउँ मैनपुरीको लखिमपुर ...
  • अमेरिकाको पर्यटनदूतमा घनप्रसाद दवाडी नियुक्त Jul 27, 2016 Arthatantraghanaprasad
    काठमाडौ । नेपाल सरकारले संयुक्त राज्य अमेरिकाको सान्फ्रान्सिस्को तथा पश्चिम क्षेत्रको लागि पर्यटनदूतमा गोर्खा जिल्ला घर भै हाल अमेरिकाको सन्फ्रान्सिस्को क्यालिफोर्निया बस्ने घनप्रसाद दवाडी लाई नियुक्त गरेको छ । पर्यटन मन्त्रालयको सिफारिसमा नेपाल पर्यटन बोर्डले दवाडीलाई आउँदो दुई वर्षका लागि पर्यटनदूत नियुक्त गरेको हो । विगत पच्चीस वर्ष देखी पर्यटन व्यबसायमा संलग्न प्रतिष्ठित पर्यटन व्यवसायी तथा अमेरिकामा समाजसेवीको रुपमा चर्चित दवाडीलाई ...
  • कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक, यसरी हेर्नुहोस् नतिजा Jul 26, 2016 Arthatantra
    काठमाडौं । कोरियाली भाषा परिक्षा ईपीएसको परीक्षाफल सार्बजनिक भएको छ । परीक्षामा तीन हजार पाँच सय १७ परीक्षार्थी उत्तीर्ण भएका छन् । गत असार चार र पाँच गने कोरियन भाषा परीक्षा लिइएको थियो । यस वर्ष ५७ हजार एक सय २९ जना परीक्षामा सहभागी भएका थिए । नेपाललाई कोरियाले तीन हजार एक सय कोटा छुट्याएको थियो । तर परीक्षामा ४१७ जना बढी ...
  • अदालतद्वारा पुराना सबै गाडीलाई राजधानीमा चल्न रोक ! Jul 21, 2016 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    नयाँ दिल्ली । यहाँको ‘ग्रीन कोर्ट’ ले डिजेलबाट चल्ने १५ वर्ष पुराना सम्पूर्ण गाडीलाई राजधानी नयाँ दिल्ली क्षेत्रमा चल्नबाट रोक लगाउन हिजो बुधबार निर्देशन गरेको छ। भारतीय नेसनल ग्रीन ट्रिबुनलले १५ वर्ष पुराना र वातावरणीय मूल्य मान्यता विपरित राजधानीमा चलिरहेको डिजेल गाडीमा प्रतिबन्ध र त्यस्ता गाडीलाई चलाउन दिइएका स्वीकृति पत्रलाई रद्द गर्न प्रशासनलाई आदेश दिएको हो। दिल्लीमा बढ्दो वातावरण प्रदूषणका वाहक मानिएका ...
  • बसमा आगो लाग्दा कम्तिमा २६ को मृत्यु Jul 19, 2016 Arthatantra
    काठमाण्डौं । ताइवानमा एक पर्यटक बसमा आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरुले राजधानी तापेईबाट दक्षिणतिर पर्ने तायोयुयान प्रान्तको राजमार्गमा मंगलबार बिहान बसमा आगो लागेको बताएका छन्। केही मिडियाले बसमा चिनियाँ पर्यटक सवार भएको भने पनि अधिकारीहरुले त्यसको पुष्टि गरिसकेका छैनन्। ताइवानी सञ्चारमाध्यमका अनुसार सडक छेउको ‘रेलिङुमा बस ठोक्किएपछि अकस्मात आगो लागेको थियो। प्रकाशितः २०७३ साउन ४
  • असफल सैनिक कूको प्रयास, इतिहासमै एउटा दाग ! Jul 17, 2016 ArthatantraTrukery agency
    अंकारा । टर्कीमा भएको असफल सैनिक कूको प्रयासमा २६५ जनाको मृत्यु भएको त्यहाँका प्रधानमन्त्री बिनाली यिल्दिरिमले बताएका छन्। घटनामा १ हजार ४४० जना घाइते भएका छन् भने कूको प्रयास गर्ने २ हजार ८ सय ३९ जना सैनिक पक्राउ परेको उनले बताएका छन्। शुक्रबार भएको सो घटनालाई प्रजातन्त्रको इतिहासमै एउटा दाग बताउँदै उनले सरकार समर्थित फौज, सर्वसाधारण र कूको प्रयास गर्ने सेनाबीच ...
  • बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ, होशियार ! खैनी माग्नेबाट बच्नुहोला.… Jul 16, 2016 ArthatantraSunita sayantan1
    सुनिता स्याङ्तान, काभ्रेपलाञ्चोक । ३ वर्ष मलेसिया बसेर आएकी सुनिताले नेपाललबाट जुन काम गर्छु भनेर भिसा लगाईन् मलेसिया पुग्दा भने अर्कै काममा परिन् । उनले आफुने के काम गरें भनेर त खुलाईनन् तर त्यहाँको ९ सय तलबमा काम गर्नुपर्दथ्यो । त्यहि पनि कहिलेकाँही ६ घण्टा काम गरेरै चित्त बुझाउनु पर्दथ्यो । उनीलाई कुनै महिना १५/२० दिनसम्म पनि काम नभएर कोठामै बस्नुपर्ने ...
  • अब कोरियामा काम गर्ने नेपाली कामदारको न्युनतम् तलब १ लाख ३० हजार ! Jul 16, 2016 Arthatantra
    काठमाडौं । कोरियामा सन् २०१७ देखि लागू हुने गरी इपीएस प्रणालीबाट गएका कामदारको न्युनतम तलव १ लाख ३० हजार रुपैयाँ तय गरिएको छ । रोजगार अमुनति प्रणाली ९इपीएस०मार्फत कोरिया पुगेका विदेशी कामदारको न्युनतम् तलवमा वृद्धि हुने भएको हो । कोरियाको श्रम मन्त्रालय अन्तरगतको पारिश्रमिक निर्धारण परिषद्ले इपीएस कामदारको तलवामा ७ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो । अब यही प्रणालीमार्फत भाषा ...
  • ग्लोबल आईएमईले पायो अन्तर्राष्ट्रिय अवार्ड “बेष्ट इन्टरनेट बैंक २०१६” … Jul 13, 2016 Arthatantraglobal-ime-bank-
    काठमाण्डौं । ग्लोबल आइएमई बैंक लण्डनबाट प्रकाशित हुने इन्टरनेशनल फाइनान्स म्यागजिनले प्रदान गर्ने “बेष्ट इन्टरनेट बैंक २०१६” अवार्डबाट सम्मानित भएको छ। इन्टरनेशनल फाइनान्स म्यागजिनले ग्लोबल आइएमई बैंकलाई गुणस्तरिय इन्टरनेट बैंकिङ्ग सेवा प्रदान गरेको आधारमा सम्मानित गरेको हो । ग्लोबल आइएमई बैंकले अत्याधुनिक प्रबिधियुक्त सुरक्षित ग्लोबल अनलाईन इन्टरनेट बैंकिङ्ग तथा ग्लोबल स्मार्ट मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । “सबैका लागि बैंक” ...