Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • कोरियाको भिसा लागेर पनि ६ सय कामदार जान पाएनन् ! Jul 11, 2016 ArthatantraNepali-workers
    काठमाण्डौं । कृषि कामदारले कोरियामा लिनुपर्ने तालिमको कोटा सिमित भए पछि दुई महिना देखि नेपालबाट जाने करिब ६ सय कृषि कामदार रोकिएका छन् । पहिले एक साता भित्रै भिसा पाउने र अन्य प्रक्रिया पुरा गर्नासाथ कामदार कोरिया जान पाउँथे । यस पटक भिसा पाएको दुई महिना भन्दा बढी समय लागि सकेको छ । भिसा लागेका र अनुमानित उडान सूचिमा नाम परेका ...
  • नेपालको चार वटा गैंडा चीन जाने ! Jul 10, 2016 Arthatantragaida
    काठमाण्डौं । नेपालले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको छ। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले चीनलाई २ वटा भाले र २ वटा पोथी गैंडा उपहारस्वरुप दिने निर्णय गरेको हो। अध्ययन अनुसन्धान र शिक्षा प्रबर्द्धनका लागि चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको  सूचना तथा संचारमन्त्री शेरधन राईले जानकारी दिए।  प्रकाशितः २०७३ असार २६
  • बालबालिका अमेरिका तस्करी गर्ने रजनीविरुद्ध प्रहरीले अनुसन्धान गर्दै Jul 9, 2016 Arthatantrarajani shrestha
    काठमाडौं । नौ जना बालबालिका अमेरिका पुर्याएर उतै छोडेको अभियोगमा पुतलीसडकस्थित सहारा लिङ्क इन्टरनेसनल प्रालिकी प्रबन्ध निर्देशक रजनी श्रेष्ठविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । समर स्कूलका लागि भनेर अमेरिका पुर्याइएका ९ बालबालिका न्युयोर्क विमानस्थलबाट भगाएपछि फर्किने क्रममा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अध्यागमनले रजनीलाई नियन्त्रणमा लिएको थियो । अमेरिका प्रवेश गर्दा साथमा रहेका बालबालिका बेपत्ता देखिएपछि अमेरिकी अध्यागमनले नेपालको अध्यागमन विभागलाई पत्राचार गर्दै ...
  • बैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरुको संजाल बनाईदैै Jul 7, 2016 ArthatantraBWI
    काठमाडौ । बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको अनुभवलाई नेपालको विकासमा खर्चन र बैदेशिक रोजगारीलाई मर्यादित बनाउन सहयोग पुर्याउने हेतुले आप्रवासन श्रमिक संजाल निर्माण गर्ने विषयमा पहल थालिएको छ । बिडब्लु आई–नेपाल आबद्ध समिति काठमाडौले नेपालमा आप्रवासन परियोजनाको गतिबिधि तथा कार्यक्रमहरु विषयक अन्तक्रियामार्फत संजाल निर्माण घोषणा गरि उनीहरुलाई एक पार्न पहल थाल्ने निष्कर्ष निकालेको हो । कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेसका कोषाध्यक्ष योगेन्द्रकुमार कुँबरले ...
  • किसानमाथि श्रम शोषण पत्ता लगाउन पोखरा नामक सर्च अभियान ! Jul 7, 2016 Arthatantrafarmer krishi kisan
    लिस्बन । पोर्चुगलको अध्यागमन विभाग सेफ अन्तर्गतको अनुसंधान विभागले खेतीपातीमा काम गर्ने नेपाली तथा विदेशी कम्पनीहरुमा कार्यरत मजदुरहरुमाथि श्रम शोषण भएको बारेमा अध्ययन गर्न पोखरा नाम राखी सर्च अभियानलाई तिव्रता दिएको छ। खेतमा कामगर्ने कर्मचारीको अबस्था र कम्पनीको कानुनी प्रकृयाको वारेमा नेपाली नामै राखेर गरेको यो पहिलो अप्रेशन हो । कम्पनीको संचालन यहांको कानुनी प्रकृया अन्तर्गत छ की छैन, काम गर्ने ...
  • अब मोबाइलबाटै भारतमा कल गर्दा १ सय ९९ रुपैयाँमा ! Jul 6, 2016 ArthatantraNcell-logo1
    काठमाण्डौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलका सबै ग्राहकले अब प्रतिमिनेट एक रुपैयाँ ९९ सय पैसामा भारतमा फोन गर्न पाउने भएका छन् । एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाएको हो । यस अघि भारत फोन गर्दा दुई रुपैयाँ ९९ पैसा लाग्ने गरेको थियो । ईन्डिया कलिङ योजना आज बुधबारबाट तीन महिनाका लागि लागु हुनेछ । यस योजनाअन्तर्गत एनसेलका प्रिपेड र ...
  • मलेसियाबाट ५ नेपालीको शव फिर्ता गर्न बाँकी Jul 5, 2016 ArthatantraMalaysia
    काठमाडौं । मलेसियामा ज्यान गुमाएका ५ नेपालीको शव फिर्ता गर्न बाँकी रहेको मलेसियाली सरकारले नेपाल सरकारलाई जानकारी दिएको छ । विभिन्न दुर्घटनामा ज्यान गुमाएका ५ नेपालीको शव अझै फिर्ता हुन सकेको छैन । यसमध्ये केही शवहरु निकै लामो समयदेखि मलेसियामै रोकिएका छन् । मलेसियामा रहेका शबमध्ये २ वटाको पहिचान हुन नसकेको सकेको छैन । मलेसियामा असुरक्षा बढिरहँदा विभिन्न घटना तथा दुर्घटनामा परेर ...
  • मन्त्रीको भ्रमण विवादमा, राजदूतलाई फिर्ता बोलाउन माग ! Jul 4, 2016 ArthatantraMalaysia
    काठमाण्डौं । श्रम तथा रोजगार मन्त्री दीपक बोहराको असार १३ देखि १८ गतेसम्मको मलेसिया भ्रमण विवादमा परेको छ । मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल र अन्य दुई अधिकृतसहित मन्त्री बोहराको मलेसिया भ्रमणमा वैदेशिक रोजगार व्यवसायी सङ्घका चार प्रतिनिधिलाई समेत समावेश गराइएको थियो । भ्रमणमा समयमा भएको नेपाल र मलेसियाको द्विपक्षीय वार्तामा संघका प्रतिनिधीलाई सहभागी नगराइपछि विवाद बढ्दै गएको हो । बिहीबार नेपाल ...
  • अबदेखि १० मिनटमै पाइन्छ पासपोर्ट ! Jul 3, 2016 Arthatantrapassport
    काठमाण्डौं । नेपालमा आबदेखि आवेदन दिएको १० मिनेटमा नै राहदानी पाउने व्यवस्थाको सुरुवात भएकोछ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन्। परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरेकी हुन्। राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी ...
  • काबुलमा मारिएका नेपालीका परिवारलाई एनआरएनले १–१ लाख सहयोग गर्ने Jul 2, 2016 Arthatantrakabul
    काठमाण्डौं । अफगानिस्तानमा मारिएका १२ नेपालीका परिवारलाई गैरआवासीय नेपाली संघ (एनआरएन) ले एक–एक लाख रुपैयाँ सहयोग गर्ने भएको छ। एनआरएनको अन्तरार्ष्ट्रिय समन्वय परिषद अन्तर्गत परोपकार तथा मानवीय साहयता समितिबाट उक्त रकम सहयोग गर्न लागिएको हो। एनआरएनए उपाध्यक्ष कुमार पन्तले वैदेशिक रोजगारीका लागि अफगानिस्तान पुगेका १३ नेपाली तालिबानको आक्रमणमा मारिएको घटनाले संघ अत्यन्तै दुस्खी भएको बताए। कमाउन गएका हाम्रा दाजुभाईहरुको शव बाकसमा फर्किएको ...