Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • काँचो सुनचाँदी ल्याउन पाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई खुल्ला पत्र ! Jul 1, 2016 ArthatantraGold and Silver
    काठमाण्डौं । प्रवासी नेपालीहरुले विदेशबाट नेपाल आउँदा काँचो सुन र चाँदी ल्याउन पाउनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्रतिबन्ध निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । नेपाल सरकारको भन्सार विभागले साउन १ गतेदेखि विदेशबाट काँचो सुन चाँदी ल्याउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सुन चाँदीका तयारी गहनामात्रै नेपाल ल्याउन दिने नीति प्रवासीहरुलाई पीडा दिने र तस्करहरुलाई फाइदा हुने खालको भएको बताउँदै ...
  • भारतले बढायो नेपालीले पाउने पेन्सन, करिब २९ हजारदेखि ३ लाख ६० हजारसम्म… Jun 30, 2016 ArthatantraIndian Rupees
    नयाँदिल्ली। भारतमा केन्द्र सरकारले सातौं वेतन आयोगको सिफारिश अनुसार ५० लाख कर्मचारीको तलव तथा ५८ लाख पेन्सनरको पेन्सन बढाएको छ। भारतमा गरिएको तलवको वृद्धिबाट साढे दुई लाख नेपाली लाभान्वित हुनेछन् । बुधवार बसेको भारतको क्याविनेट बैठकले आयोगको सिफारिश लागू गर्ने घोषणा गरेको हो। यसले कर्मचारीको तलव २३ प्रतिशत तथा पेन्सनरको पेन्सनमा २४ प्रतिशतले वृद्धि भएको छ। नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै ...
  • नेपाली कम्पनीे अन्तर्राष्ट्रिय सेयर बजारमा प्रवेश, ५ लाख डलर सेयरको बि… Jun 30, 2016 ArthatantraSagoon.com share
    काठमाण्डौं । नेपाली सामाजिक सञ्जाल सगुन डटकमले इच्छुक तथा योग्य लगानीकर्ताहरुको लागि अन्तर्राष्ट्रिय बजारमा साधारण सेयर निष्काशन गरेको छ । अमेरिककाको राजधानी वासिङ्टन डीसीमा अवस्थित सगुन डटकम अमेरिकामा बसोबास गर्दे आएका नेपालीले स्टार्टअप कम्पनीको रुपमा स्थापना गरेको सामाजिक सञ्जाल हो । सगुनले यसमा लगानी गर्न चाहने योग्य लगानीकर्ताहरुलाई कम्तीमा पाँच हजार डलर लगानी गर्ने अवसर प्रदान गरेको हिजो यहाँ आयोजित एक ...
  • नेपालमा हस्तक्षेप गरेर हिन्दु राष्ट्र घोषणा गर्न भारतलाई आदेश ! Jun 26, 2016 ArthatantraIndia
    नयाँ दिल्ली । भारत र चीनको सुरक्षा चासो हेर्दै आएको हिन्दु जनजागृति समिति (एचजेएस) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको धर्मनिरपेक्ष संविधानमा हस्तक्षप गरेर भए पनि नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग गरेको छ। भारतमा हिजो शनिबार सम्पन्न पाचौं अखिल भारत हिन्दु जागरणमा बोल्दै एचजेएसका प्रवक्ता रमेश सिन्देले वर्तमान समयमा नेपाल सरकार र भारत सरकारको पहिलेको जस्तो आत्मीय सम्बन्ध नभएकाले नेपालको ...
  • भारतीय प्रधानमन्त्रीका नाममा सडकका नेपालीले ज्यान गुमाए Jun 25, 2016 Arthatantranarendra modi
    काठमाण्डौं ।  आतंकवादी हमलामा परी अफगानिस्तानमा ज्यान गुमाएका १३ नेपालीलाई नेपाल सरकारले तत्काल राहत घोषणा गरेको छ। उनीहरूको शव लिन जहाज पठाएपछि जनस्तर तथा सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दिनभरी वाहवाही पाए। लगत्तै उनी विमानस्थल नै पुगेर दिवंगतप्रति पुष्पअर्पण गरेर राज्यको तर्फबाट मेहनतकस नागरिक प्रति यथोचित सम्मान पनि देखाए। यो घटना केही टाढाको थियो। तर नेपालसँग सीमा जोडिएको ...
  • विदेशबाट सात वर्षमा आइसक्यो ५ हजार ३६ को शव ! Jun 23, 2016 ArthatantraA relative grieves over the the death of one of 12 victims who were killed in a suicide bomb attack in Kabul on Monday, at the Tribhuvan International Airport, Kathmandu, on Wednesday, June 22, 2016. Photo: Skanda Gautam
    काठमाण्डौं । सुन्दर भविष्यको सपना बोकेर विदेशिने कामदारको हरेक दिन त्रिभुवन विमानस्थलमा ताँती लाग्छ । कतिका सपना पूरा होलान् । तर कति कफिनमा बेरिएर फर्कन्छन् । अफगानिस्तानमा सोमबार बिहान आतंककारी आक्रमणमा मारिएका १२ नेपाली यसैका उदाहरण हुन् । जो सुन्दर सपनासहित विदेश उडे, फर्किए कफिन बनेर । वैदेशिक रोजगारीका क्रममा जानमध्ये ५ हजार ३६ नेपाली कामदारको शव पछिल्लो साढे ७ वर्षमा भित्रिएको ...
  • ‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ भन्ने उनी नै गएपछि… Jun 21, 2016 Arthatantrakabul
    नुवाकोट । काबुल आक्रमणमा परि मारिएका १२ नेपालीमध्येका एक हुन् नुवाकोटका मधुसुदन कोइराला । भर्खरै बजारमा आएको ‘रुन्छ मन चिरिन्छ छाति, यस्तो बज्र नपरोस् कोहीमाथी’ बोलको गीतको रचना गरेका र त्यस गीतमा अभिनयसमेत गरेका कोइरालाको मृत्युको खबरले अंजिगरेमा सन्नाटा छाएको छ । कल्याणपुर गाविस-१ अजिङ्गरेका कोइरालाको परिवारले एक वर्षअघि मात्रै ठूलो वियोग खेप्नुपरेको थियो । २०७२ साल वैशाख १२ गतेको भूकम्पमा छोरा ...
  • अफगानिस्तानमा फेरि नेपालीमाथि ‘टार्गेट’ Jun 21, 2016 Arthatantrakabul
    काठमाडौं । अफगानिस्तानको काबुलमा अति सुरक्षित स्थानमा छ क्यानेडेली दूतावास । यही दूतावासको बाहिरी सुरक्षामा हुन्छन् नेपाली युवा । उनीहरुलाई दूतावासले सिधा होइन डायनकर्प इन्टरनेश्नलबाट सुरक्षाका लागि भर्ती गर्छ । दूतावासको सुरक्षाका लागि काम गरे पनि नेपाली युवा दूतावासको सुरक्षित स्थानमा भने बसोबास गर्दैनन् । उनीहरुलाई डायनकर्पले काबुल जलालावाद हाइवेको नजिकै पर्ने पीडी–९ को बनाया क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ । ...
  • काबुलमा भएको आत्मघाती हमलामा १४ नेपालीको मृत्यु, ५ घाइते Jun 20, 2016 Arthatantra
    काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा १४ नेपालीको मृत्यु भएको अफगानी गृहमन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीका अनुसार बिस्फोटमा परी अन्य ५ नेपाली र ४ अफगानी घाइते भएका छन् । तालिबान आतंकवादीले नेपाली सुरक्षा गार्ड सवार रहेको मिनिबसमा बिहान ५.४० बजे आत्मघाती हमला गरेका थिए । बिस्फोटमा परी १४ जनाको मृत्यु भएको हो भने ९ ...
  • पासा पुचः गुठी युकेको अध्यक्षमा प्रजापति Jun 19, 2016 ArthatantraNRN UK
    लण्डन । बेलायतमा नेवार सुमदायको साझा चौतारीको रुपमा परिचित संस्था पासा पुचः गुठी युके साउथ–इष्ट इकाईको छैंठौ बार्षिक साधारण सभाबाट सुशील प्रजापतिको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । लण्डनको प्लमस्टिडको व्हाइट हार्ट रोडस्थित साल्भेसन आर्मी हलमा भएको कार्यक्रममा रफत सञ्चार क्लवका विदेश विभाग प्रमुख समेत रहेका प्रजापति अध्यक्षमा निर्वाचित भएका हुन् । १९ कार्यसमिति चयनमा उपाध्यक्षमा क्रमशः सचिन श्रेष्ठ, मदन ...