Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • ‘ठगी गर्ने म्यानपावर सरकारको निगरानीमा’ Jun 18, 2016 ArthatantraMinister for Labour and Employment Dipak Bohara
    काठमाण्डौं ।  श्रम तथा रोजगार मन्त्री दीपक बोहोराले वैदेशिक रोजगारमा हुने ठगीलाई नियन्त्रण गर्न सरकार क्रियाशील रहेको बताएका छन्। सरकारले गतवर्ष असारदेखि नै वैदेशिक रोजगारमा जाने कामदारलाई ‘फ्रि भिसा र फ्रि’ टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यवहारमा कार्यान्वयन हुन नसकेको भन्दै उनले त्यस्ता ठगी गर्ने म्यानपावर सरकारको निगरानीमा रहेको बताए। रोजगार मन्त्रालय आप्रवासन (सामी) परियोजनाले बुटवलमा आयोजना गरेको गोष्ठीको आज बुटवलमा ...
  • अब म्यानपावरको अनुमतिपत्र नवीकरण नहुने ! Jun 17, 2016 Arthatantramanpowr
    काठमाण्डौँ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले ठगीमा पटक-पटक संलग्न भई आरोप पुष्टि भएका कम्पनीका लागि स्पष्ट नीति र मापदण्ड बनाई उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ । कामदारबाट बढी रकम असुलेको भनी उजुरी परेर कारबाही भएपछि पनि नसुध्रिएका म्यानपावर कम्पनीहरुको विवरण तयार पारी उनीहरुको अनुमतिपत्र नवीकरण नगर्न समितिको शुक्रबारको बैठकले ...
  • अब दिल्ली टु पोखरा हरेक दिन एसी बस ! Jun 15, 2016 ArthatantraBUS
    पोखरा । भारतको उत्तर प्रदेश राज्य सडक परिवहन निगम गाजियावाद र पोखरा-दिल्ली बस सञ्चालन गर्दै आएको बस समिति मोर्डन ईरा टुर एण्ड ट्राभल्स प्रा.लि.को संयुक्त सञ्चालनामा दिल्लीदेखि पोखरासम्म दैनिक एसी बस सेवा सञ्चालन हुने भएको छ। पोखराबाट दिल्ली आउँदा पोखरा – स्याङ्जा – बुटवल – भैरहवा – सुनौली – लखनउ – कानपुर – आग्रा- नोएडा हुँदै नयाँ दिल्ली आउने छ। दुबै ...
  • अध्ययन गर्न विदेश गएका ५ सय कर्मचारी बेपत्ता ! Jun 14, 2016 Arthatantra
    काठमाडौं । सरकारी सुविधामा लाखौं रुपैयाँ खर्चेर अध्ययनका लागि विदेश गएका निजामती कर्मचारी अध्ययन सकेपछि उत्तै वेपत्ता हुने क्रम बढ्दै गएको छ । सरकारी ऐन नियमको ठाडो उल्लंघन गरी विदेश गएका पाँच सयभन्दा बढी कर्मचारी उत्तै वेपत्ता भएका छन् । त्यसरी वेपत्ता हुने कर्मचारीको खोजी गरी उनीहरुलाई कारबाही गर्न सरकार असफल भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार लामो समयदेखि विभिन्न देशमा ...
  • अब विदेशमा कमाएको पैसा सञ्चय कोषमा जम्मा हुने ! Jun 12, 2016 ArthatantraRemitance
    काठमाण्डौं । नेपालीहरुले विदेशी भूमिमा गएर दिनरात पसिना बगाई कमाएको पैसा उनीहरुको घर खर्च र अन्य काममा मात्र खर्च हुन्छ तर जब उनीहरु विदेशबाट फर्किन्छन् तब रित्तो हात हुनुपर्ने अवस्था आउँछ । यो अवस्थालाई मध्यनजर राख्दै अब उनीहरुको पैसा सञ्चय कोषमा सञ्चित व्यवस्था हुने भएकोछ । सरकारी स्वामित्वको कर्मचारी सञ्चय कोषले विदेशमा कमाएको पैसा बचत गराउने तयारी सुरु गरेका छ । ...
  • अन्तर्राष्ट्रिय बजारमा ५० लाख टन चिनी अभाव, नेपालमा भाउ बढ्ने ! Jun 10, 2016 ArthatantraSugar chini
    काठमाण्डौं । भारतमा चिनीको उत्पादन घटेर मूल्य बढ्न थालेपछि त्यसलाई रोक्न सरकारले निर्यात शुल्क बृद्धि गर्ने भएको छ । यसको असर नेपाली बजारमा पनि देखिने छ । नेपालले औपचारिक माध्यमबाट १४ करोडको चिनी आयात गरेपनि अनौपचारिक माध्यमबाट अझ वढि आयात हुने गरेको छ । भारतका खाद्य मन्त्री राम विसाल पासवानले चिनीको निर्यात शुल्क २५ प्रतिशतले बृद्धि गरिने जानकारी दिएका छन् । ‘अन्तर्राष्‍ट्रिय ...
  • मलेसियाबाट २ महिनामा डेढ सय कामदार फिर्ता Jun 8, 2016 Arthatantra
    काठमाण्डौं ।  बायोमेट्रिक प्रणालीबाट स्वास्थ्य परीक्षण गरेर गएका कामदारलाई मलेसियाले अनफिट भन्दै फिर्ता पठाउन थालेपछि यसको विश्वसनीयतामा गम्भीर प्रश्न खडा भएको छ। दुई महिनायता बायोमेट्रिक परीक्षण गरेर मलेसिया गएका एक सय ४४ जना कामदार नेपाल फिर्ता भइसकेका छन्। यो संख्या निकै ठूलो हो। बायोमेट्रिक परीक्षण गरेपछि कसैले पनि अनफिट भएर दुख पाउनु नपर्ने भनेर नेपालमा जबर्जस्ती यो प्रणाली लागू गरिँदैछ। विगतमा परम्परागत ...
  • एनआरएनको कार्यक्रममा हिलारी क्लिन्टन प्रमुख अतिथि ! Jun 7, 2016 ArthatantraHillary clinton
    काठमाण्डौं । आगामी अगष्ट महिनाको २७ र २८ तारिखमा न्युजर्सीमा सम्पन्न हुन लागेको गैरआवासिय नेपाली संघको क्षेत्रिय सम्मेलनमा डेमोक्रेटिक पार्टीकातर्फबाट अमेरिकाको राष्ट्रपतिका उमेद्वार हिलारी क्लीन्टनलाई ल्याउने तयारी भइरहेको छ । एनआरएन भिजन ट्वान्टी ट्वान्टी र वियोन्ड नारा दिइएको उक्त सम्मेलनका लागि ९ सदस्यीय आयोजक कार्यकारी कमिटि र २० वटा अरु कमिटीहरु गठन गरिएको बताईएको छ। गैर आवासिय नेपाली संघका विभिन्न ७३ देशका ...
  • आजबाट वैदेशिक रोजगार बचतपत्र, ९ प्रतिशत ब्याज पाइने Jun 5, 2016 Arthatantrabachatpatra
    काठमाण्डौं । विदेशमा काम गर्न गएका नेपालीलाई लक्षित गरेर नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र निष्कासन गरेको छ । बैंकले ३३ करोड ७९ लाख १५ हजार रुपैयाँ बराबरको बचतपत्र आइतबारदेखि निष्कासन गरेको हो । वार्षिक ९ प्रतिशतका दरले ब्याज पाइने बचतपत्रको प्रत्येक ६ महिनामा ब्याज भुक्तानी हुने राष्ट« बैंकले जनाएको छ । विदेशमा बसेका नेपालीले जेठ २३ गतेदेखि असार २४ गतेसम्म ...
  • विदेश घुम्ने पर्यटकको संख्या ४.४ प्रतिशले बढ्यो Jun 4, 2016 Arthatantra-london-inline
    काठमाडौं । अन्तराष्ट्रिय पर्यटक आवागमन सन् २०१४ मा भन्दा सन् २०१५ मा ४.४ प्रतिशतले वृद्धि भएको छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तराष्ट्रिय पर्यटन संगठन (यूएनडब्लूटीओ)ले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१५ मा १ अर्ब १८ करोड ४० लाख मानिस अर्को देशमा घुम्न निस्किएका थिए । जुन गत वर्षभन्दा ४.४ प्रतिशतले बढी हो । सन् २०१५ मा सन् २०१४ को भन्दा ५ करोड बढी ...