Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अब अमेरिकी भिसाका लागि बैँक स्टेटमेन्ट र लालपूर्जा नचाहिने May 17, 2016 ArthatantraUSA
    काठमाण्डौं । अमेरिकी भिसाका लागि निवेदन दिन अब सजिलो हुने भएको छ। जेठ १९ गतेदेखि पर्यटक र विद्यार्थी भिसाका लागि निवेदन दिँदा अब बैँक स्टेटमेन्ट र घरजग्गाको लालपूर्जा नचाहिने भएको छ। ‘सम्भावित छलकपटबाट जोगाउन र पैसा र समय बचत गर्न’ यसो गरिएको अमेरिकी दूतावासले आज प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।दूतावासका अनुसार अब कागजी प्रक्रिया घटाउनका लागि  निमन्त्रणा पत्र वा त्यस्तै अन्य कागजपत्रसमेत ...
  • नेपली ठिटो अमेरिकी सिरियलमा May 17, 2016 Arthatantrarajiv bhushal
    काठमाण्डौं । अमेरिकाबाट प्रसारण हुने एक टेलिभिजन सिरियलको मुख्य भूमिकामा नेपाली ठिटोले अभिनय गरेका छन् । ८ वर्षअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया गएकाअर्घाखाँचीका राजीव भुसाल अमेरिकाबाट प्रसारण हुने कमेडी लभ स्टोरी ‘डेटिङ विथ कोरी’ मा अभिनय गरिरहेका छन् । १२ भागसम्म प्रसारण हुने टेलिचलचित्रमा उनका साथै अस्ट्रेलियाली कलाकारहरू बेक ग्लासकोक र क्या स्टेवार्ड, अमेरिकन कलाकार मउरिस स्कट र क्यानाडियन कलाकार टोरी ब्राउनिनको ...
  • युरोपमा शिशिरको जाँतो जस्तो जिन्दगी ! May 16, 2016 Arthatantraकला पन्थ
    शिक्षण पेशामा आवद्ध शिशिर बिहान देखि बेलुका सम्म ब्यस्त छ । शिशिर भाइ बहिनी सँग काठमाण्डौंमा बसोबास गर्छ । काठमाण्डौंको भाइ बहिनीले खाने बस्ने सबै खर्चको केन्द्र बिन्दु शिशिरको आयस्रोत हो । अनि गाउँमा आमा बुबाको औषधी उपचार पनि शिशिरको आम्दानी नै हो । शिशिर परिश्रमी, जेहन्दार अनि आफ्नो पेशाप्रति निष्ठावान छ । जति नै ब्यस्त भए पनि अलिकति समय निकालेर ...
  • फोनमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु May 14, 2016 Arthatantrasaudi
    खोटाङ । साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो। दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए। केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक ...
  • एक नेपाली लण्डनमा मेयर निर्वाचित ! May 12, 2016 ArthatantraUK
    लण्डन । गुल्मी रूपाकोटका शंकर गैरे बेलायतको स्वान्ली टाउन काउन्सिल, केन्टका मेयर बनेका छन्। उनी बुधबार मेयरमा निर्वाचित भएका हुन्। गत वर्ष सत्तारूढ कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर बनेका गैरे यो वर्ष मेयर बन्न सफल भएका हुन्। निवर्तमान मेयर जोन बार्नेस्ले गैरेलाई आफ्नो जिम्मेवारी हस्तान्तरण गरेका छन्। सन् १९९४ मा बेलायत पुगेका गैरे बिगत १३ वर्षदेखि स्वान्ली क्षेत्रमा बसोबास गरिरहेका छन्। ३० ...
  • अरबको हावाले नेपालमा असर ! May 11, 2016 Arthatantrarain
    काठमाण्डौँ । अरब सागरबाट आएको जलवाष्पयुक्त हावा नेपाल भित्री स्थानीय वायुको सम्मिश्रणका कारण मौसममा परिवर्तन आएको छ । उक्त वायुको प्रभावले देशभर बदली हुनुका साथै अधिकांश भेगमा मेघ गर्जनसहित वर्षात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार बदलीसँगै मेघ गर्जनसहित वर्षात हुने क्रम अझै दुई दिन जारी रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । खासगरी अहिले ‘प्रिमनसुन’ ...
  • काठमाण्डौंमा आज अरबको दूतावास खुल्दै ! May 10, 2016 ArthatantraUnited Arab Emirates UAE
    काठमाडौं । संयुक्त अरब इमिरेट्सका विदेश मन्त्री सेख अब्दुल्लाह बिन जायेद अल नयन आज नेपालमा युएईको आवासीय दूतावासको उद्घाटन गर्न विशेष विमानबाट काठमाडौं आउन लागेका छन्। परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गरी उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको निमन्त्रणामा युएईका मन्त्री अब्दुल्लाह नेपाल आउन लागेको जनाएको छ। मंगलबार दिउँसो काठमाडौं आएपछि मन्त्री अब्दुल्लाह र नेपाली समकक्षी थापाबीच द्वीपक्षीय भेटवार्ता हुनेछ। त्यसपछि दिउँसो साढे ३ ...
  • नक्कली श्रम स्वीकृति र भिसामा कामदार पठाउने पक्राउ May 9, 2016 ArthatantraNepal_Police_
    काठमाण्डौं । नक्कली श्रम स्वीकृति र भिसाको आधारमा विदेश पठाउने काममा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। नक्कली श्रम स्वीकृति र नक्कली भिसामार्फत विदेश पठाउन संलग्न म्यानपावर र ट्राभल एजेन्सीका सञ्चालकहरुलाई पक्राउ गरिएको महानगरीय अपराध अनुसन्धान महाशाखाले जनाएको छ। पक्राउ पर्नेमा श्रम विभागबाट कारबाहीमा परेका कर्मचारी सुशील शाक्य, ट्राभल एजेन्सी सञ्चालक अमृत ढकाल, राजेश ढकाल र फणीन्द्र तामाङ रहेका छन्। ...
  • जिल्लाको कमाई दिनको एक करोड ! May 8, 2016 ArthatantraRemitance
    रुकुम । रुकुममा दैनिक रु एक करोडभन्दा बढी विप्रेषण (रेमिटान्स)भित्रिने गरेको छ । मलेसिया, साउदी अरब, कतार, बहराइन, हङ्कङ, सिङ्गापुरलगायत मुलुकमा रोजगारीको सिलसिलामा त्यहाँ कार्यरत रुकुमेलीको सङ्ख्या उल्लेख्य रहेकाले यहाँ दैनिक विप्रेषण बढ्दै गएको हो । जिल्लामा १९ वटा मनिट्रान्सफरमार्फत दैनिक रु एक करोड बढी विप्रेषण भित्रने गरेको छ । डिग्रे शाइकुमारी ऋण तथा बचत सहकारीबाट मात्र दैनिक रु २५ देखि ...
  • अब खाडीमा नेपाली घरेलु कामदारलाई न्युनतम तलव ३ सय डलर दिनैपर्ने May 7, 2016 Arthatantrasaudi-arabia
    काठमाडौं । नेपालबाट विदेशिने घरेलु कामदारले कम्तिमा ३ सय डलर वा सोही बराबरको तलव पाउने भएका छन् । संशोधनको अन्तिम तयारी भइरहेको घरेलु कामदार विदेश पठाउने सम्बन्धी निर्देशिकामा सरकारले न्युनतम् तलब ३ सय डलर वा सोही बराबर हुनुपर्ने व्यवस्था गरेको हो । नेपालबाट बाहिररिनेमध्ये अधिकांश महिला घरेलु कामदार छन् । यसअघि महिला घरेलु कामदारको तलव तलब कम्तिमा २ सय ५० डलर मात्रै ...