Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • फ्रि भिसामा ठग्नेलाई १५ वर्ष कैद, १ लाख साउदी रियल जरिवाना May 5, 2016 Arthatantrasaudi
    काठमाण्डौं । साउदी अरेबिया सरकारले विभिन्न १० वटा रिक्रुटमेन्ट कम्पनीलाई एक(एक लाख कामदार ल्याउन पाउने गरी त्यहाँको श्रम मन्त्रालयले एकैपटक अनुमति दिएपछि १० लाख विदेशी कामदार त्यहाँ कामका लागि जान पाउने भएका छन् । साउदीको श्रम मन्त्रालयले फ्री भिसा लिएर पनि मानव तस्करी भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न पनि यो कदम उठाएको बताएको छ । साउदी सरकारले फ्री भिसाको पनि ब्यापार हुने ...
  • आज सार्वजनिक हुँदैछ डिभीको नतिजा ! May 3, 2016 Arthatantra
    काठमाण्डौं । अमेरिकाले दिने इलेक्ट्रोनिक ड्राइभर्सिटी भिसा (इडिभी)को नतिजा आज मंगलबार आउने भएको छ। इडिभी २०१७ का लागि १ अक्टोवरदेखि ३ नोभेम्बर २०१५ सम्म आवेदन खुला गरिएको थियो। सोही समयमा इडिभीको आवेदन भरेकाहरुको आजबाट नतिजा थाहा पाउन सकिने भएको हो । अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले मंगलबारदेखि २०१७ का लागि इडिभी भरेकाले आफ्लाई इडिभी परे नपरेको थाहा पाउन सक्ने ...
  • नेपालमा उत्पादित लप्सीका परिकार अमेरिकी बजारमा ! May 2, 2016 ArthatantraLapsi
    पर्वत । यहाँका विभिन्न गाविसमा लप्सीबाट उत्पादित विभिन्न परिकार पहिलोपटक अमेरिका निर्यात भएको छ । जिल्लाको मुडिकुवामा १५ वर्षअघि लप्सी प्रशोधनका लागि स्थापित सामुदायिक खाद्य प्रशोधन उद्योगले आफ्ना उत्पादन अमेरिका पठाएको हो । अमेरिकाको हिमाल गार्मेन्ट कम्पनीमा हिमाली जडीबुटी तथा फलफूलका उत्पादन विभाग हेर्ने क्रिग सेभरले आफैँ उद्योगमा आएर लप्सीका परिकार र कफी अमेरिकामा बिक्रीका लागि लगेका हुन् । लप्सीको ३०० किलो ...
  • अमेरिकामा नेपाली व्यापार मेला, करिब १० करोड खर्च गरिँदै May 1, 2016 Arthatantraamerica
    काठमाण्डौं । अमेरिकाको प्रख्यात शहर न्युयोर्कमा आगामी सेप्टेम्बरमा आयोजना गर्न लागिएको नेपाल प्रदर्शनी तथा अन्तराष्ट्रिय ब्यापार मेलाका लागि आयोजकहरुले करिब १० करोड रुपैयाँ खर्च गर्ने भएका छन् । वर्ल्ड बिजनेश म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी) एलएलसीले न्युयोर्कको म्यानहटनको पियर ९२ मा आयोजना गर्न लागेको सो मेलामा आयोजकले मेला स्थल ९० हजार डलर (करिव १ करोड) रुपैया तिरेर भाडामा लिएका छन् । स्टल ...
  • टोकियोमा ‘म्युजिक मेला’ को सम्पुर्ण तयारी पुरा, कलाकारहरु आज जापान जाँ… Apr 29, 2016 Arthatantramusic
    टोकियो । जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मिडिया म्यासेज प्रालि जापानको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार म्युजिक मेलाको आयोजना गर्न लागिएको हो । म्युजिक  मेलाको सम्पुर्ण  तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक तथा मिडिया म्यासेज प्रा.लि.का प्रबन्ध निर्देशक नविन निउरेले जानकारी दिए । म्युजिक मेलाका लागि नेपालबाट ...
  • अबदेखि अर्काको वाईफाई पासवर्ड चोरे कारवाही Apr 26, 2016 Arthatantrawifi
    दुबई । आफनो कार्यस्थल र होस्टलमा बस्दा लुकीछिपी छिमेकीहरुको वाइफाइ चलाउनेलाई दुबई सरकारले कारवाही सुरु गरेकोछ । इस्लाम धर्म विपरित हुने भन्दै पासवर्ड चोरेर अर्काको वाइफाइ चलाउनेविरुद्ध कारवाही थालिएको हो । वाइफाइ पासवर्ड ह्याक गरेर चलाउनुलाई अपराध मान्दै धार्मिक कानुनसँग जोडिएकोछ । दुबईको इस्लामिक अफियर्स एण्ड चेरिटेबल एक्टिभिटिज डिपार्टमेन्टले यस बिरुद्धमा फतवा जारी गरेको ह्याकरिड डटकमले जनाएको छ । आफ्नो वाइफाइको पासवर्ड ...
  • मेडिकल अनफिट भए १० हजार मात्र क्षतिपूर्ति Apr 20, 2016 Arthatantradoctor
    काठमाण्डौ । नेपाल स्वास्थ्य व्यवसायी महासंघले वैदेशिक रोजगारीमा मेडिकल अनफिट भएर फिर्ता भएमा १० हजार रुपैयाँ मात्रै क्षतिपूर्ति दिन आफू मातहतका सबै स्वास्थ्य संस्थालाई पत्राचार गरेकोछ । सरकारले नै न्यूनतम शुल्क १० हजार रुपैयाँ मात्रै तोकेकाले यति मात्रै दिन उसले पत्र काटेको हो । श्रम तथा रोजगार मन्त्रालयले गत वर्षको असारमा कार्यान्वयनमा ल्याएको फ्रि भिसा र फ्रि टिकटका आधारमा महासंघले यो ...
  • नेपाली युवालाई टर्कीमा ‘वर्ष चिकित्सक’ सम्मान Apr 15, 2016 Arthatantrabinod kumar shah
    काठमाडौँ । नेपाल सरकारको छात्रवृत्ति पाएर टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका  एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित गरेको छ ।  सन् २००० मा टर्की गएका सिरहा गोलबजारका विनोदकुमार शाह पढाई पस्चात अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी ...
  • वैदेशिक रोजगारीले उकासेको जीवनस्तर Apr 14, 2016 Arthatantrarojgar
    रापट्टी । लहानबाट तीन किलोमिटर दक्षिणको गाउँ सोनमती मझौरा, जसलाई ुछरापट्टीु नामले पनि चिनिन्छ। मुस्लिम समुदाय बाहुल्य यो गाउँमा पहिला पक्की घरमा बस्ने र निजी विद्यालयमा पढ्नेको संख्या नगन्य थियो। तर अहिले यो गाउँ उज्यालिएको छ। पहिलाको गाउँले अहिले सहरको स्वरुप लिएको छ। अहिले यो गाउँ लहान नगरपालिकामा गाभिएर लहान–१९ भएको छ। यो गाउँका अधिकको जीविकोपार्जनको स्रोत तरकारी खेती थियो। यहाँ ...
  • दूतावासको पहलमा मलेसियाबाट २१ नेपालीको उद्धार Apr 12, 2016 Arthatantra
    काठमाण्डौं । अवैधानिक रुपमा काम गरिररहेको अभियोगमा मलेसियामा पक्राउ परेका मध्ये २१ जना नेपालीहरुलाई मंगलवार उद्धार गरी नेपाल पठाईएको छ । वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली दूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराइ उनीहरुको उद्धार गरिएको हो । लामो समय देखि मलेसियाको केएलआईए सेलागर डिपोमा रहेका उनीहरुमध्ये केहि परिवारको सम्पर्कमा समेत नरहेका र केहिको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाहरुलाई निशुल्क ...