Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • अमेरिकामा नेपाली उत्पादन प्रदर्शनी हुँदै Apr 11, 2016 Arthatantrapasmina
    काठमाडौं । नेपालमा उत्पादित वस्तुको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र प्रवद्र्धन गर्न अमेरिकामा आउँदो सेप्टेम्बर ३० देखि अक्टुवर २ तारिखसम्म ‘नेपाल प्रदर्शनी तथा अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । उक्त व्यापार मेला ‘वर्ल्ड बिजनस म्यानेजमेन्ट एन्ड कन्सल्टेन्ट’ले आयोजना गर्न लागेको हो । नेपालको पर्यटन प्रवर्धनका साथै, पश्मिना, हयाण्डी क्राफ्टसहित नेपालमा उत्पादित अन्य विभिन्न वस्तुको अन्तर्राष्ट्रिय स्तरमा व्यापार प्रवद्र्धन गर्न न्यूर्योकस्थित म्यानहटनमा ...
  • भन्ने फ्री, लिने लाख Apr 9, 2016 Arthatantrarojgar
    कतार । जतिखेर नेपाली कामदारका विषय उठ्छ, त्यतिखेर कतारी अधिकारीले सुरुमै आफ्नो स्ट्यान्ड लिइहाल्छन्, ‘कुनै पनि विदेशी कामदारले कतार आउनुपर्दा लागत खर्च तिर्नु पर्दैन।’ नेपालबाट आएका सरकारी तथा उच्च राजनीतिक नेतृत्वले कतारका प्रधानमन्त्री,परराष्ट्रमन्त्री, श्रममन्त्रीदेखि राष्ट्रिय मानवअधिकार आयोका अध्यक्षसम्म शिष्टाचार भेटघाट गर्दा नेपाल पक्षलाई अको कुरा भन्न उनीहरु छुटाउँदैनन्, ‘नेपाली कामदार ऋणको भारी बोकेर कतार नआऊन् भन्ने हामी चाहन्छौं ।’ आजको कान्तिपुरमा ...
  • यसपाली जानेछन् ३१ सय नेपाली कामदार कोरिया Apr 8, 2016 ArthatantraNepali-workers
    काठमाण्डौं । सन् २०१६ का लागि दक्षिण कोरियामा रोजगारीका लागि करिब ३१ सय जना नेपाली जान पाउने भएका छन्। वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले शुक्रबार सूचना आह्वान गरी उत्पादनमुलक क्षेत्रमा १ हजार र कृषि तथा पशुपालन तर्फ २१ सय जना नेपाली कोरिया पठाउन सक्ने जानकारी दिएको छ। इपिएस कोरिया शाखाले त्यसका लागि भाषा परीक्षामा सहभागी हुन आह्वान गरेको छ। परीक्षा ...
  • जीवन बिमा गरे विदेशमा मृत्यु भए १४ लाख पाइने ! Apr 7, 2016 ArthatantraLIC
    काठमाण्डौं । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले नयाँ वर्षमा कार्यान्वयनमा ल्याउने गरी वैदेशिक रोजगारमा जाने कामदारहरुको जीवन बीमा रकम वृद्धि गरेर १० लाख रुपैयाँ बनाउने निर्णय गरेको छ। वैदेशिक रोजगार ऐन २०६४ को दफा २६ मा वैदेशिक रोजगारमा जाने कामदारको म्यादी जिवन बीमाको बीमांक रकम पाँच लाख रुपैयाँ तोकिएको छ। गएको माघ १४ गते वैदेशिक रोजगार प्रवर्द्धन केन्द्रले यस विषयमा छलफल गरी ...
  • मलेसियामा पक्राउ परेका १८ नेपाली स्वदेश फर्किए Apr 6, 2016 Arthatantra
    काठमाण्डौं । अवैधानिक रुपमा काम गरेको अभियोगमा पक्राउ परेर मलेसियाका जेलमा बन्दी जीवन बिताइरहेका सयौं नेपाली राजदूतावास तथा बिभिन्न संघसंस्थाको पहलमा स्वदेश फर्किएका छन् । यसै क्रममा मंगलबार मात्रै १८ जना नेपालीलाई उद्दार गरी नेपाल पठाईएको छ । वैदेशिक रोजगार प्रबर्धन वोर्डको सहयोगमा नेपाली राजदूतावासको पहलमा निःशुल्क हवाई टिकट उपलब्ध गराई उनीहरुको उद्दार गरिएको हो । लामो समयदेखि मलेसियाको वुकितजलिल क्याम्पमा रहेका उनीहरुमध्ये ...
  • सरकारले नै पठाउँदैछ कामदारका रुपमा इजरायल ! Apr 3, 2016 ArthatantraNepali-workers
    काठमाण्डौं । लिखित, मौखिक, प्रयोगात्मक परीक्षामा सफल भएपनि विभिन्न प्रक्रियागत झन्झटका कारण अन्योलमा परेको इजरायल रोजगारीमा बल्ल नेपाली युवायुवती जान पाउने भएका छन्। पहिलो चरणको लगभग सवै तयारी पूरा गरेका ५९ जनामध्ये १३ जनालार्इ इजरायलबाट बोलाइएकाले पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागले जनाएको छ। इजरायली अधिकारीले नै लिएको लिखित, मौखिक लगायतको परीक्षामा सफल भएका ५९ जनाले एकैपटक इजरायल जान पाउने अपेक्षा गरेपनि ...
  • विचल्लीमा ९० नेपाली, तपाईका आफन्त त परेनन् ? Apr 1, 2016 Arthatantrasaudi
    साउदी अरब । सम्झौताअनुसार काम र सेवा सुविधा नपाउँदा यहाँ आएका ८७ जना नेपाली कामदार बिचल्लीमा परेका छन् । ललितपुरको कुपण्डोलस्थित ‘एसिई इम्प्लोयमेन्ट ब्यूरो प्रालि’ म्यानपावर कम्पनीमार्फत चार महिनाअघि साउदीको रियादमा रहेको ‘अलजिसेर अल अमल’कम्पनीमा आएका नेपाली कामदारहरू बिचल्लीमा परेका हुन् । सेवा सुविधा नपाएको गुनासो गर्दा उल्टै कम्पनीले विभिन्न किसिमका धम्की दिने गरेको पीडितले बताएका छन् । जुस उत्पादक कम्पनी भएकाले ...
  • मलेसियामा कार दुर्घटनामा २ नेपालीको मृत्यु, ३ घाइते Mar 31, 2016 Arthatantra
    काठमाण्डौं ।  मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । काजाङको मेट्रो काजाङु क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएको छ । उनीहरु काजाङमै व्यवसायमा संलग्न थिए । मंगलबार मध्यराती ५ जना नेपाली सवार  कार ...
  • ५ सय भारुका लागि नदीमा हामफाल्न पुगे देवेश Mar 28, 2016 Arthatantra
    काठमाण्डौं । काम नपाएर छटपटिएका नेपाली नागरिक देवेश खनाल एक साथीले ५ सय भारु दिन्छु भनेकै भरमा अहमदावादको सवरमती नदीमा हाम फालेका थिए । पैसा कमाएर घर पठाउन नसकेपछि डिप्रेसनको सिकार बनेका ४१ बर्षीय खनालले सवरमती नदी पौडी खेलेर तर्ने बाजी साथी सागर थापासँग लगाए । त्यसका लागि उनले ५ सय भारु पाउने सर्त थियो । तर, उनी नदीको करिव बीचमा पुगेपछि ...
  • ५५ हजार नेपाली जापानमा बसोबास गर्दै Mar 25, 2016 Arthatantra
    टोकियो । अध्ययन, व्यापार र कामका लागि जापानलाई नेपालीहरुले आकर्षक गन्तव्यका मान्दै आएका छन्। यही कारण जापानमा नेपालीको संख्या उल्लेख वृद्धि भइरहेको देखिएको छ। जापानको न्याय मन्त्रालयको ताजा तथ्याङ्कअनुसार काम र अध्ययनका लागि आउने नेपालीको संख्या करिब ५५ हजार पुगेको छ। गत डिसेम्वर अन्तिमसम्मको तथ्याङ्क सार्वजनिक गर्दै जापानमा बसोबास गर्ने नेपालीको संख्या ५४ हजार ७७५ जना पुगेको मन्त्रालयले जनाएको हो। नेपालीहरुको यो ...