Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • इरानद्वारा अमेरिकाको चेतावनी बेवास्ताः मध्यम दुरी नयाँ मिसाइलको सफल पर… Sep 23, 2017 Arthatantrairan
    इरानले अमेरिकाको चेतावनीलाई बेवास्ता गर्दै मध्यम दुरीको एक नयाँ मिसाइलको सफल परिक्षण गरेको छ । उक्त मिसाइल २ हजार किलोमिटरको दुरी तय गर्न सक्षम छ । सरकारी टेलिभिजनमा मिसाइल परिक्षणको तस्बिर देखाइएको छ । उक्त मिसाइलको प्रदर्शन पहिलो पटक शुक्रबार सैन्य परेडको क्रममा गरिएको थियो । प्रसारकले परिक्षणको कुनै मिति तोकेको छैन तर अधिकारीले शुक्रबनर यसको चाँडै नै परिक्षण गरिने बताएका ...
  • उत्तर कोरियाले चेतावनी दिंदै भन्यो,अमेरीकाले ठूलो मूल्य चुकाउनुपर्छ अब… Sep 22, 2017 Arthatantratrump_kim
    उत्तर कोरियाका नेता किम जोङ–उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विक्षिप्त रहेको र प्रमाणु हतियार बनाउने आफ्नो देशको निर्णयलाई ट्रम्पले सही साबित गरेको दाबी गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संमयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा उत्तर कोरियाको गतिविधिले आफूहरु आत्मरक्षाका लागि सैन्य रुपमा तयार हुन बाध्य भएको र उत्तर कोरियालाई पूर्ण रुपले ध्वस्त पार्ने बताएका थिए । ट्रम्पको भनाईको ...
  • परमाणु हतियार प्रतिबन्ध लगाउने विश्व सन्धिमा ४२ देशले गरे हस्ताक्षर Sep 21, 2017 ArthatantraNuclear-weapon
    परमाणु हतियार प्रतिबन्ध लगाउने विश्व सन्धिमा ४० भन्दा बढी देशका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनीहरुले सो सन्धिमा हस्ताक्षर गरेका हुन् । बुधवार भएको हस्ताक्षरपछि संयुक्त राष्ट्रका महासचिब अन्तोनिओ गुतेर्रेसलेयो सम्झौताको महत्वलाई जोड दिंदै परमाणु हतियारबाट मुक्त संसार बनाउनका लागि सार्वभौमिक उद्देश्यको लक्ष्यमा एक महत्वपूर्ण कदम हो र यस्तो हतियारले यस संसारलाई र बालबालिकाको भविष्यलाई खतरामा पार्न दिन ...
  • ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गयो,१३० को मृत्यु,विमानस्थल बन्द,उ… Sep 20, 2017 Arthatantraearkhquake mexsiko
    मेक्सिकोमा ७ दशमलव १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण अहिलेसम्म एक सय ३० जना भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले बताएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पुर्‍याएको छ । अहिले उद्धार तथा राहतको ...
  • उत्तर कोरिया भन्छःआफुमाथिको प्रतिबन्धले परमाणु कार्यक्रम रोकिन्न,झन् ब… Sep 19, 2017 Arthatantranorth korea kim jon
    उत्तर कोरियाले आफूमाथि लगाइने प्रतिबन्ध तथा दिइने दबाबले परमाणु कार्यक्रम रोकिने भन्दा पनि बढ्ने चेतावनी दिएको छ । उत्तर कोरियाले पछिल्लो पटक गरेको परमाणु परीक्षण तथा मिसाइल आक्रमणलाई लिएर संयुक्त राष्ट्रसंघले उसमाथिको प्रतिबन्ध थप कडा बनाएको छ । तर उत्तर कोरियाले भने प्रतिबन्ध तथा दबाबले आफ्नो परमाणु कार्यक्रम नरोकिने बरु यसले परमाणु कार्यक्रम थप हुने चेतावनी दिएको हो । संयुक्त राष्ट्रसंघले ...
  • पूर्व राष्ट्रपतिविरुद्ध आजिवन काराबास ! Sep 18, 2017 Arthatantraprison
    इजिप्टको एक अदालतले शनिबार जनआन्दोलनबाट सत्ताच्युत गरिएका भूतपूर्व राष्ट्रपति मोहम्मद मोर्सी विरुद्धको आजिवन काराबास सम्बन्धि यस पूर्व अदालतले दिएको आदेशलाई सदर गरेको छ । मोर्सीलाई कतारसँग जासुसी गरेको अभियोग लगाई यस पहिलेनै काराबासको सजाँय सुनाइएको थियो । अदालतको निर्देशनमाथि मोर्सीले पुनरावेदन गर्ने अधिकार रहेबमोजिम उहाँका वकीलले निर्णय विरुद्ध पुनरावेदन गरेका थिए । इजिप्टको पुनरावेदन उच्च अदालतले पूर्व राष्ट्रपतिको पुनरावेदनलाई अस्वीकार गर्दै ...
  • अमेरिकामाथि जुनसुकै बेला हाइड्रोजन बम खसालेर ध्वस्त पार्नसक्छौंः उत्तर… Sep 17, 2017 ArthatantraNorth Korea kim
    लगातारको मिसाइल परिक्षणपछि उत्तर कोरियाका साँस्कृतिक सम्बन्धका विशेष प्रतिनिधि एलेक्जेन्ड्रो काओ डि बेनोले अमेरिकामा हाइड्रोजन बम खसाल्न आफूहरु तयार रहेको बताएका छन् । उनले अहिले अमेरिकाको जुनसुकै सहरलाई उत्तर कोरियाले ध्वस्त पार्न सक्ने दाबी पनि गरे । एलेक्जेन्ड्रो काओ डि बेनो किम जोङका सबैभन्दा नजिकका व्यक्ति मानिन्छन् । परमाणु परिक्षण गरेको केही समयमै उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै ...
  • देशको परमाणु कार्यक्रम पूरा गरेर अमेरिकी सेनाको बराबरीमा आउनेछौं उत्तर… Sep 16, 2017 Arthatantranorth korea
    शुक्रबार बिहानको मिसाइल परिक्षणमाथि चौतर्फी विरोधपछि पनि उत्तर कोरियाली नेता किम जोंग–उनले देशको परमाणु कार्यक्रमलाई पूरा गर्ने प्रतिबद्धता दोहोराएका छन् । उत्तर कोरियाको सरकारी मिडियाले यो खबर सार्वजनिक गरेको हो । समाचार एजेन्सी केसीएनएका अनुसार किम जोंग उनले अमेरिकी फौजको प्रतिस्पर्धामा ‘सन्तुलन’ स्थापित गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य बताएका छन् । किम जोंग–उनको भनाई उद्धृत गर्दै केसीएनएले भन्यो, ‘हामीले ती शक्तिशाली देशलाई ...
  • उत्तर कोरियाले फेरी जापानतिर हान्यो मिसाइल Sep 15, 2017 ArthatantraNorth korea
    उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वतर्फ जापानतिर लक्षित गर्दै मिसाइल छाडेको छ । दक्षिण कोरिया र जापानले उत्तर कोरियाले मिसाइल हानेको पुष्टी गरेका छन् । जापानतिर हानिएको मिसाइल ७ सय ७० किलोमिटरको उचारसम्म पुगेको र झण्डै ३ हजार ७ सय किलोमिटर टाढा पुगेको दक्षिण कोरियाका सेनालाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । मिसाइल जापानको होकाइडो द्वीपको माथिबाट गएको थियो । दक्षिण कोरियाले ...
  • आणविक परीक्षण झनै बढाउने उत्तर कोरियाको चेतावनी ! Sep 14, 2017 Arthatantranorth koria balestic
    संयुक्त राष्ट्रसंघले उत्तर कोरियाका विरुद्धमा थप तथा कडा नाकाबन्दी लगाएपछि उत्तर कोरियाले त्यसको कडा विरोध गरेको समाचार छ । सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका विरुद्धमा नाकाबन्दीको कानुन पारित गरेको थियो । उत्तर कोरियालाई उसको अर्थतन्त्रमा असर पार्नेगरी भन्दै मङ्गलबार लगाइएको सो नाकाबन्दीको विरोधमा उसले यस्तो प्रतिक्रिया दिएको हो । अमेरिकाको प्रस्तावमा उत्तर कोरियाका विरुद्धमा संयुक्त राष्ट्रसंघले लगाएको नाकाबन्दीलाई उसले ...