Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
प्रवास
  • उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दियो Aug 8, 2017 Arthatantrauutar koria
    संयुक्त राष्ट्रसंघले आफूमाथि नयाँ प्रतिबन्ध लगाएपछि उत्तर कोरियाले अमेरिकालाई चेतावनी दिएको छ । अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको थियो । उत्तर कोरियाले गएको शुक्रबार अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो । उत्तर कोरियाले आफूमाथि नयाँ प्रतिबन्ध लागेसँगै अमेरिकाले त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको बिबिसीले जनाएको छ । प्रकाशित मितिः २०७४ साउन २४
  • उत्तर कोरियामाथि लाग्यो कठोर प्रतिबन्ध Aug 7, 2017 Arthatantranorth koria balestic
    संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएको छ । उत्तर कोरियाले पछिल्लो समय गरेको अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछि बसेको सुरक्षा परिषद बैठकमा उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जुटेको हो । नयाँ प्रतिबन्ध अनुसार उत्तर कोरियाका विशेषज्ञमाथि प्रतिबन्ध लागेको छ भने उत्तर कोरियामा गरिँदै आएको लगानीमा पनि कटौती हुनेछ । उत्तर कोरियामाथि प्रतिबन्ध लगाउने ...
  • चामल,गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउनेःअन… Aug 6, 2017 Arthatantrarice white cone
    विश्व तापमान वृद्धिसँगै कार्बन डाइअक्साइडको बढ्दो प्रभावका कारण दैनिक उपभोग्य चामल, गहुँजस्ता कृषि उत्पादनमा पाइने प्रोटिनको मात्रामा पनि कमी आउने अनुसन्धानले जनाएको छ । यसैहप्ता सार्वजनिक एक अध्ययन प्रतिवेदनले खाद्यान्न प्रयोगका दृष्टिले अतिसंवेदनशील मानिने गरीबी तथा अशिक्षाको मार खेप्दै आएका जनसङ्ख्याबीच खाद्यान्नमा पाइने प्रोटिनमा कमी आउँदा शारीरिक विकासमा समस्या उत्पन्न हुने तथा अल्पायुमा नै मृत्य हुने विज्ञहरूले चेतावनी दिएका छन् । अनुसन्धानकर्ताले ...
  • अमेरिका–रुसबीच ‘ट्रेड वार’ सुरु हुन खोजेको हो त ? Aug 4, 2017 Arthatantrarus america pm
    अमेरिकाको नयाँ प्रतिबन्धमाथि रुसले कडा शब्दमा विरोध गरेको छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन् – डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति लाचार छन् । रुसी प्रधानमन्त्रीले भने– अमेरिकी कंग्रेसले राष्ट्रपति ट्रम्पलाई अममानित गरेको छ । अमेरिकाको यस ...
  • अमेरिकाद्धारा आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमणमा प्रतिबन्ध Aug 3, 2017 Arthatantrauutar koria
    वासिङटन। आगामी सेप्टेम्बर १ बाट आफ्ना नागरिकलाई उत्तर कोरियाको भ्रमण गर्न अमेरिकाले प्रतिबन्ध लगाएको छ । औपचारिक रूपबाट यो सेप्टेम्बर १ बाट लागू हुने बुधबार घोषणा गरिएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार अमेरिकी नागरिकले उत्तरी कोरिया भ्रमणमा जानु खतरा रहेको र नागरिकको सुरक्षाका लागि यो कदम चालिएको छ । उत्तर कोरियाको भ्रमणका लागि संयुक्त राज्य अमेरिकी सबै पासपोर्ट गैरकानूनी बनाइने ...
  • पाकिस्तानको प्रधानमन्त्रीमा अब्बासी निर्वाचित Aug 2, 2017 ArthatantraPakistani_New_PM-abbas
    पाकिस्तानको संसदले पूर्व प्रधानमन्त्री नवाज शरीफको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग– नवाज (पिएमएल–एन) को तर्फबाट नेता शहीद खकान अब्बासी मङ्गलबार प्रधानमन्त्री निर्वाचित भएका छन् । पाकिस्तानी सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारमा संलग्नताको आशङ्का गर्दै पद त्याग्न आदेश गरेपछि उनले गत शुक्रबार राजीनामा दिएपछि रिक्त रहेको उक्त पदका लागि संसदमा निर्वाचन भएको थियो । अब्बासीलाई संसदको ३४२ सदस्य सङ्ख्यामा २२१ ...
  • ७५५ अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न राष्ट्रपति पुटिनको आदेश Aug 1, 2017 ArthatantraVladimir-Putin
    अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका छन् । अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन् । ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु ...
  • कतारमाथिको नाकाबन्दीपछि गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार Jul 31, 2017 Arthatantraqatar
    दुबई। आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोप लगाएर कतारमाथि कूटनीतिक सम्बन्ध विच्छेद गरेका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठक शनिबार दुबइमा बस्ने भएको छ । कतारका छिमेकी अरब देशहरुले नै उसमाथि नाकाबन्दी पनि लगाएका छन् । कतारमाथि छिमेकी गल्फ देशले गत जुन ५ देखि नाकाबन्दी लगाएका छन् । ती देशले कतारमाथि अकस्मात कूटनीतिक सम्बन्ध विच्छेदको घोषणा गरेका थिए । साउदी अरेबिया, युनाइटेड अरब ...
  • विमान विस्फोट गराउने योजना विफल Jul 30, 2017 Arthatantraaustralia
    सिड्नी । विमानमा विष्फोट गराउने आतंकवादी योजना बिफल भएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कोम टर्नबुलले विमान खसाल्ने योजना प्रहरीले विफल बनाइदिएको बताएका हुन् । अब जोखिम टरेको संकेत गर्दै आत्मविश्वासका साथ आ–आफ्नो काम खटिन र ढुक्क भएर यात्रा गर्न सबैलाई उनले आग्रह गरेका छन् । सिड्नीका ४ घरमा छापा मारेर ४ जनालाई पक्राउ गरिएको छ । र, उनीहरु विमान विष्फोट गराउने योजनामा ...
  • २३ वर्षपछि पेट्रोल र डिजेलबाट चल्ने गाडी नगुड्ने,किन? Jul 28, 2017 ArthatantraDiseal vehicles
    बेलायतमा सन् २०४० देखि पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनलाई प्रतिबन्ध लगाइने भएको छ । वायु प्रदूषण नियन्त्रण गर्ने पहलस्वरुप सन् २०४० देखि डिजेल र पेट्रोलबाट चल्ने नयाँ सवारी साधन दर्ता नगरिने व्यवस्था गर्न लागेको बिबिसीले जनाएको छ । यसबारेको कार्ययोजना तयार भैरहेको छ । सरकारले डिजेल र पेट्रोलबाट हुने वायु प्रदूषण नियन्त्रणका लागि २५ करोड ५० लाख मिलियन पाउण्ड सहयोग ...