Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • यस्तो छ शेष घलेको संघर्षका कथा … Feb 17, 2016 Arthatantrashesh ghale 1234
    लमजुङको घले वस्तीमा वि.सं. २०१४ सालमा सामान्य किसान परिवारमा शेष घलेको जन्म भएको थियो । उनका एक भाई, एक दिदी र दुई बहिनी छन् । गाउँको प्राथमिक विद्यालयबाट पाँच कक्षा पास गरेपछि त्यस भन्दा माथि पढ्न टाढा जानुपर्थ्यो । तर सानै भएकाले उनकी आमा उनलाई टाढा पठाउन तयार भइनन् । उनलाई एक वर्ष घरमै शिक्षक राखेर पढाईलाई निरन्तरता दिइयो । ...
  • हिजो घटेको सुन आज फेरि बढ्यो, उपभोक्ता अन्योलमा Feb 17, 2016 ArthatantraGold
    काठमाडौं । हिजो अचानक भारी मूल्यमा गिरावट भएको सुनमा आज फेरि त्यत्तिकै मात्रामा बृद्धि भएकोछ । हिजो मंगलबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुन आज बुधबार ५ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, हिजो मंगलबार प्रतितोला १० रुपैयाँले घटेको चाँदी आज पुनः ५ रुपैयाँले बढको ...
  • कसरि सफल भए बिल गेट्स फोर्ब्सको सुचिमा १६ पटकसम्म अग्रपङ्तिमै रहन ? Feb 16, 2016 ArthatantraBill Gets
    फोर्ब्सको धनीहरुको सुचिमा माइक्रोसफ्टका मालिक बिल गेट्सको नाम फेरी पहिलोमा आएको छ । ७९.२ अरब डलरको साथ संसारकै सबैभन्दा धनी व्यक्ति बनेका छन् बिल गेट्स् । पछिल्लो २१ वर्षमा उनी १६ पटकसम्म फोर्ब्सको सुचिमा अग्रपङ्तिमै रहन सफल भएका छन् । यो सुचिमा उनी पश्चात दोस्रोमा मेक्सिकोका कालरेस स्लिम हेलु र तेस्रोमा अमेरिकाका वारेन बफेट  छन् । ५९ बर्षमा पाइला टेकिसकेका गेट्सको पुरा ...
  • सुनको मूल्यमा भारी गिरावट, उपभोक्तालाई राहत Feb 16, 2016 ArthatantraGold
    काठमाण्डौं । आइतबारसम्म उच्च रुपमा बढ्दै आएको सुनको मूल्यमा आज मंगलबार नाटकीय रुपमा भारी गिरावट आएकोछ । आज सुन ८ सय रुपैयाँले घटेको छ । स्थानीय बजारमा सुनको मुल्य घटेर प्रतितोला ५४ हजार ६ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजोसम्म सुनको मूल्य ५४ हजार ४ सय रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बजारमा तेजावी सुन भने प्रतितोला ...
  • विश्वको तुलनामा नेपालमा इन्धन महंगो Feb 15, 2016 Arthatantra
    काठमाण्डौं । मुलुकमा पेट्रोलियम पदार्थ बिक्री वितरणको एकाधिकार पाएको सरकारी निकाय नेपाल आयल निगमले छिमेकीसहित अन्य देशको तुलनामा पाँच गुणा बढी मूल्य राखेर हवाई इन्धन बेचिरहेको छ। भारतमा प्रतिकिलोलिटर (१ हजार लिटर) को ३४ हजार ४ सय २२ रुपैयाँमात्र पर्ने हवाई इन्धन आयल निगमले भने १ लाख ६६ हजार ७ सय ७० रुपैयाँमा बिक्री गरिरहेको छ। भारतमा पनि सबै कर जोडेपछि ...
  • अझै केही दिन मोटरसाइकलका लागि ५ र चार पाँग्रेका लागि १५ लिटर तेल Feb 12, 2016 Arthatantra
    काठमाण्डौं । उपभोक्ताले आज शुक्रबार देखि सबै पेट्रोलपम्पबाट तेल पाउने भए पनि एक पटकमा मोटरसाइकलका लागि पाँच लिटर र चार पाँग्रे सवारी साधनले १५ लिटर तेल पाउने भएकाछन् । रक्सौल नाकाबाट तेल आउन थालेपछि लट अनुसार तेल वितरण नगरी सबै सबै पेट्रोलपम्पबाट सवारी साधनलाई तेल दिइने भएपनि अझै केही दिनका लागि परिमाण तोकिएको नेपाल आयल निगमले जनाएकोछ । आपूर्ति थप सहज भएपछि ...
  • नाका खुलेपनि ग्यास सहज हुन केहि दिन लाग्ने Feb 10, 2016 Arthatantragas
    काठमाडौं। वीरगञ्ज नाका खुलेपछि धेरैले सोँचेका थिए अब एक हप्तामा त तेल र ग्यास पर्याप्त पाइएला। घरमा ग्यास सकिएकाहरु पनि छिट्टै ग्यास पाइने आशमा खुशी भएका थिए। तर उपभोक्ताले सोँचेजस्तो तेल र ग्यास यति छिट्टै सहज हुनेवाला छैन। भारतबाट पेट्रोल र डिजेलको आयात बढेपनि ग्यासको लोडिङ बढेको छैन। त्यसैले एक हप्तासम्म भरी ग्यासका सिलिण्डर पनि पाइनेछैन। भारतबाट रक्सौल नाका हुँदै पेट्रोल, ...
  • सवारी साधनको भाडा घट्यो, आजबाट लागु हुने Feb 8, 2016 ArthatantraKathmandu, Nepal: traffic on Kantipath Rd - photo by J.Pemberton
    काठमाण्डौं । यातायात व्यवस्था विभागले सवारी साधनको भाडादर आजबाट लागू हुनेगरी घटाएकोछ । विभागले सवारी साधनको भाडादर १ दशमलव ६३ प्रतिशतदेखि ३ दशमलव २४ प्रतितसम्म घटाएको छ । हिजो भएको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थाको बैठक अनुसार भाडा घटाइएको हो । जसअनुसार सवैभन्दा बढी तराइ क्षेत्रमा चल्ने मालवाहक सवारीसाधनमा ३ दशमलव २४ प्रतिशतले भाडा घटाइएको छ । यसैगरी, पहाडतर्फ चल्ने सवारीसाधनमा भने ...
  • साताको सुरुमै सुन ८ सयले बढ्यो, आज ५३ हजार ३ सय रुपैयाँ Feb 7, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको पहिलो दिन सुन प्रतितोला ८ सय रुपैयाँले बढेको छ । आज आइतबार नेपाली बजारमा सुन प्रतितोला ५३ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । अघिल्लो साता प्रतितोला १ हजार ३ सय रुपैयाँले बढेको सुन यो साताको पहिलो दिनमै ८ सय रुपैयाँले बढ्न पुगेको हो । अन्तरराष्ट्रिय बजारमा दैनिक जसो सुनको मुल्य ...
  • सुन महंगियो, सातामा १३ सय रुपैयाँले बढ्यो Feb 5, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज सुनको भाउ पाँचसय रुपैयाँ महँगो भएको छ । योसँगै साताभरमा सुनको भाउ १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको भाउ तोलाको ५२ हजार पाँचसय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो ५२ हजार रुपैयाँ तोलामा कारोबार भएको थियो । साताको सुरुवातमा सुनको भाउ तोलाको एकसय रुपैयाँले घटेको थियो । सोमबार ...