Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017
प्रोफाइल
  • किन हुन्छ सफल मान्छेका पछाडी दर्दनाक कथा ? Apr 9, 2016 ArthatantraCosmos
    फोब्र्स म्यागजिनले उनलाई डिसेम्बर २०१५ को अफ्रिकी संस्करणमा कभरमा नै राख्दै भन्यो ‘उनले १ डलरलाई ५ सय करोड डलरमा बदले’, उनी हुन् डाक्टर कसमास मादुका । कस्चारिस मोटर्सका मालिक एवं नाइजेरियामा बिएमडब्लुको एक मात्र बिक्रेता उनी अहिले धनीहरुको सूचिमा पर्न सफल छन् । तर उनी धनी जन्मिएका थिएनन्, आफ्नो मेहेनत र लगनले उनी यो स्थानमा आइपुगेका हुन् । उत्तरी नाइजेरियामा सन् ...
  • एसियाकै धनी सिङले निधन भएका पिताको लुगासमेत बेचेर छाक टारे … Apr 3, 2016 ArthatantraLi ka sing billioner
    के तपाईलाई थाहा छ एसियाका सबैभन्दा धनी व्यक्तिले कुनै बेला आफ्नो र परिवारको पेट भर्नका लागि आफ्नो निधन भएका पिताको लुगा बेचेका थिए ? आफ्नो साथीहरुले खेल खेलिरहेका बेला परिवारलाई पाल्नका लागि १६ घण्टा घडीको प्लास्टिकको चेन बनाउन खटिने १४ वर्षे केटा आज एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् । चीनमा जन्मिएर हङकङलाई कर्मथलो बनाएका उनी ली का सिङको संघर्षको ...
  • अल्लारे उमेरमै कसरी भइन् अमेरिकाकै नम्बर १ धनी ? Apr 1, 2016 Arthatantratheranos-founder-elizabeth-holmes-is-a-billionaire
    इलिजावेथ होम्स, फोब्र्स म्यागजिनले निकालेको सन् २०१६ का धनीहरुको सूचिमा उनी ४ सय ३५ मा पर्छिन् । हाल उनीसँग ३ दशमवलव ६ अर्ब सम्पत्ति रहेकोछ । उनी संसारकै कम उमेरकी आफ्नै बलबुतामा बनेकी धनी महिलाको सूचिमा १ नम्बरमा पर्छिन् । इलिजावेथ होम्सको जन्म् १९८४ मा वासिङटन डिसीमा भएको थियो । उनका बुवाले युएसआईडी संस्थासँग आबद्ध भएर अमेरिका, अफ्रिका र चीनमा सेवा ...
  • हिजो १३ हजार ३ सय पसलका मालिक आज कसरी भए कंगाल ? Mar 30, 2016 ArthatantraAnton Schlecker final
    एन्टन स्लेकर, जर्मनीको सबैभन्दा ठूलो औषधि पसलका मालिक थिए । उनका औषधि पसलहरुकै संख्या नै १३ हजार ३ सय थियो । उनको औषधि व्यापारले जर्मनीको सो क्षेत्रको व्यापारकै ७० प्रतिशत हिस्सा ओगटेको थियो । उनी देशभरका २६औं धनीमध्ये पर्थे । तर आज उनको नाम धनीहरुको सूचिबाट हटेको पनि करिब ५ वर्षभइसक्यो । व्यापारको दुनियाँमा आज उनको नाम निसाना मेटिएको छ, ...
  • कुनै बेलाका अर्बपति कसरी एकाएक टाट पल्टिए ? Mar 26, 2016 ArthatantraVijaya malya
    कुनै समय एक अर्ब डलर सम्पत्ति साथमै राख्ने गरेका र व्यवसायको दुनियाँमा किङ अफ गुड टाइम्स नामले चिनिने भारतका अर्बपति व्यवसायी एवं राज्यसभा सदस्य विजय माल्या ९ हजार करोड रुपैयाँ कर्जामा डुबेर भारतबाट भागेपछि एकाएक चर्चामा आएका छन् । भारतबाट भागेर अहिले लण्डनमा बसिरहेका विजय माल्यालाई मनि लन्ड्रिङको मुद्दा चलिरहेको छ । सोही सिलसिलामा शुक्रबार अदालतमा पेश हुनुपर्नेमा उनले अप्रिलसम्मको समय ...
  • ममी हात्ती बलियो कि हात्तीछाप चप्पल ? Mar 25, 2016 ArthatantraNoor-Pratap-Rana
    काठमाण्डौं । नेपालमा रेडियोमा बज्ने विज्ञापनहरु मध्ये सर्वाधिक याद रहने विज्ञापन हात्ती बलियो कि हात्तीछाप चप्पल बलियो ? उस्तै उस्तै हो नानु सबैलाई याद भएकै हो । नेपालको चर्चित जुत्ता गोल्डस्टार र हात्तीछाप चप्पलका मालिक वरिष्ठ उद्यमी एवम् बैङ्कर नुरप्रताप जङ्गबहादुर राणाको ७६ वर्षको उमेरमा हिजो निधन भएको छ । फोक्सोको समस्याबाट पीडित राणाको उपचारका क्रममा भारतको नयाँदिल्लीस्थित फोर्डिस अस्पतालमा निधन ...
  • टेलिभिजन कार्यक्रम चलाएरै अर्बपति ! के हो त रहस्य ? Mar 15, 2016 Arthatantrabillionaire-oprah-winfrey
    ओप्रा विन्फ्रे लोकप्रिय टेलिभिजन कार्यक्रम द ओप्रा विन्फ्रे शोबाट चर्चित छिन् । आजको दिनमा उनलाई अरु कुनै परिचय दिइरहनु जरुरी छैन । विश्वकै एक प्रभावशाली महिला, अरबपति, व्यवसायी, अभिनेत्री, चलचित्र निर्मात्री एवं निर्देशक लगायतका परिचय उनले बनाएकी छिन् । तर यहाँसम्म आउन उनले थुप्रै कष्ट र चुनौतिहरुको सामना गर्नु परेको थियो । सन् १९५४ जनवरी २९ मा मिसिसिपीमा एकल आमाबाट उनको ...
  • आजबाट घट्यो लोडसेडिङ ! Mar 14, 2016 Arthatantraloadshedding
    काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणले आजबाट लागु हुने गरी दिनको १ घण्टा लोडसेडिङ घटाएको छ । एसएलसी परीक्षालाई लक्षित गरी लोडसेडिङ घटाइएको प्राधिकरणले जानकारी दिएको छ । यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ अव हप्ताको ८४ घण्टा लोडसेडिङ हुने बताइएको छ । अब दिनमा भने १२ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि गत माघ १८ गते लोडसेडिङ बढाएको थियो। भारतबाट ८० मेगावाट ...
  • दैनिक १ डलरमा काम गर्ने महिला कसरी भइन् विश्वकै धनी ! Mar 13, 2016 Arthatantrazhou-qunfei
    फोब्र्स म्यागजिनले केही दिन अघि मात्र २०१६ का धनीहरुको नाम सार्वजनिक गरेकोछ । यसका साथै १० विशेष धनीहरुको नामावली पनि सार्वजनिक गरेकोछ । यो नाममा सबैभन्दा पहिलो १ नम्बरमा छिमेकी देश चीनकी एक महिला पर्न सफल भएकी छिन् । जोउ कुन्फेई, सन् २०१५ मा चीनकी सबैभन्दा धनीहरुमध्ये ८ नम्बरमा, टेक्नोलोजीको क्षेत्रका सबैभन्दा धनी मध्ये ३० नम्बरमा रहेकी जोउ सन् २०१६ मा ...
  • कर्णालीमा खाद्य संकट, यता चामल कुहिंदै Mar 13, 2016 Arthatantrachamal
    काठमाडौं । खाद्यान्न अभावमा खाद्यान्न संकट निम्तिरहँदा बंगलादेशले भूकम्पपीडितका लागि उपलब्ध गराएको चामल कुहिने अवस्थामा पुगेको छ । भूकम्पीडितले अझै पनि खाद्यान्न अभाव व्यहोर्दै आएका छन् । कर्णाली र भेरीका तीन जिल्लामा यस वर्ष ४० वर्ष यताकै सबैभनदा ठूलो खडेरी परेको छ । यी तीन जिल्लाका ४१ भन्दा बढी गाविसका बासिन्दा प्रत्यक्ष रुपमा खाद्यान्न अभाव झेलिरहेका छन् । खडेरीका कारण उत्पन्न खाद्यान्न ...