Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • न्यूरोडको ताम्राकार कम्प्लेक्समा मोबाईल किन्नुस्,६०% सम्म छुटका साथै उ… Sep 5, 2017 Arthatantramobile mobile
    काठमाडौ। काठमाडौको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्सले दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजना ल्याएको छ । मोटोरोला र लेनोभोको मुख्य प्रायोजनमा भदौ २२ गतेदेखि सुरु हुने यो मोबाइल मेलामा सबै ब्राण्डका मोबाइलमा छुटको ब्यबस्था गरिएको छ। ताम्राकार मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदका अनुसार मेलामा मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। राजधानीमा मंगलबार ...
  • ५७ हजार नाघेर प्रतितोला ५८ हजार तिर लम्कँदै सुनको भाउ Sep 5, 2017 Arthatantragold price share
    काठमाडौ । सुनको भाउ लगातार उकालो लागिरहेको छ । हिजो ५७ हजार प्रतितोलामा किनबेच भएको सुन आज(मंगलबार)५७ हजार ३ सय रुपैंयामा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले महंगो भई प्रतितोला ७९० रुपैंयामा किनबेच भईरहेको छ । प्रकाशित मितिः २०७४ भदौ २०
  • ४८% लाभाँश दिन लागेको बैंकबारे थाहा पाउनुभो ? भदौ २६ गतेभित्र सेयर कि… Sep 5, 2017 Arthatantracash dividends
    काठमाडौ । नबिल बैंकले सेयरधनीहरुलाई ४८ प्रतिशत लाभाँश दिने प्रस्ताव अगाडि बढाउँदैछ । सभामा बैंकले गत वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश दिने सञ्चालक समितिको निर्णयलाई साधारण सभाबाट पारित गर्ने प्रस्ताव पेस गदैैछ । बैंकको ३३ औं वार्षिक साधारण सभा आगामि असोज १० गते हुने भएको छ । त्यस्तै, बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँ पुर्याउने ...
  • ८८ किलो अबैध सुनसहित काठमाडौमा एक पक्राउ,अहिलेसम्मकै ठूलो परिमाण भएको … Sep 4, 2017 Arthatantragold ktm
    काठमाडौ । नेपाल प्रहरीले ८८ किलो सुनसहित मनोज अधिकारीलाई काठमाडौको क्षेत्रपाटीबाट पक्राउ गरेको छ । सोमबार बिहानै सुराकीको आधारमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी महाशाखाका प्रमुख एसएसपी दिपेश लोहनीका अनुसार ८८ किलो सुन स्ट्रोम जीपबाट बरामद भएको छ भने गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० ...
  • धितोपत्र बोर्डले गर्यो बाढीपीडितका लागि ३० लाख रुपैंया सहयोग Sep 4, 2017 ArthatantraSEBON
    काठमाडौ । हालैको वर्षपछि आएको बाढीले पूर्वी तराई क्षेत्रमा धेरै धनजनको क्षतिको अवस्थालाई मध्यनजर गर्दै पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बाढी पीडितका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ । बोर्डले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न ३० लाख रुपैयाँ बराबरको चेक हस्तारन्तरण गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा एक कार्यक्रम गरी बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रधानमन्त्री ...
  • १५% बोनसपछि ५०% प्रतिशत हकप्रदको यो अवसरबारे जान्नुहोस ! Sep 3, 2017 Arthatantradiscount right share
    काठमाडौ । फस्र्ट माईक्रोफाईनान्स डेभलपमेन्ट बैंकको आठौं साधारण सभा असोज ८ हुने भएको छ । बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनसको प्रस्ताव गर्दैछ । त्यस्तै कर प्रयोजनको लागि ०.७९ प्रतिशत नगद लाभाँश प्रदान गर्ने प्रस्ताव लैजाँदैछ । बोनस वितरणपछि ५० प्रतिशत अर्थात् २ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विषय पनि बैंकले साधारणसभामा पेश गर्दैछ । प्रकाशित मितिः २०७४ भदौ १८
  • साताको नेप्से परिसूचक ४२.२९ अंकले घट्यो Sep 2, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४२.२९ अंकले घटेर अन्तिम दिन १५८०.०३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३९०९१ कारोबारबाट तीन अर्ब ५६ करोड एक लाख २३ हजार रुपैयाँ बराबरका ७५ लाख ८४ हजार पाँच सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको ...
  • नेपाल टेलिकमले निशुल्क सिमकार्ड वितरण गर्ने Sep 1, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि यो सेवा उपलब्ध गराएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । प्रभावित जिल्ला (झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, ...
  • १५८० अंकमा झर्यो नेप्से,गुमाउनेमा को–को परे ? Aug 31, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको अन्तिम कारोबार दिन सेयर बजार १८.३३ अंकले घटेर १५८०.०३ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह १४७.१ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेर झन्डै अर्ब पुग्न लागेको कारोबार विहीबार ओरालो लागेको छ । दिनभरिमा १६० वटा कम्पनीको १५ लाख ७२ हजार ३२ कित्ता सेयर १० हजार ...
  • ५% बोनस खाएर १००% प्रतिशत हकप्रद लिने हैन त ? त्यसोभए आजै हो अन्तिम मौ… Aug 31, 2017 Arthatantrabonus and right issue
    काठमाडौ । नेपाल इन्सुरेन्स कम्पनीको ६७ र ६८ औं वार्षिक साधारण सभा भदौ ३० गते हुने भएको छ । सभामा कम्पनीले ५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव लैजाँदैछ । बोनसमा लाग्ने कर तिर्न ७ लाख ५६ हजार ८६४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ । यसैगरी कम्पनीले चुक्ता पुँजी बृद्धि गर्न बोनस सेयरपश्चात ...