Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • बैंकको सिइओ हुन स्नातकोत्तर अनिवार्य Aug 4, 2017 Arthatantranrb
    नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका संचालकको योग्यता तोकेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन (बाफिया) को दफा १६ मा बाणिज्य बैंकहरुका संचालक र दफा १७ मा स्वतन्त्र संचालकको योग्यता तोकिने ब्यवस्था छ । यस्तै सोही ऐनको दफा २९ मा लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुखको योग्यता तोक्ने ब्यवस्था छ । सोही ब्यवस्था अनुसार राष्ट्र बैंकले संचालक, स्वतन्त्र ...
  • अब अनलाईबाटै किस्ताबन्दीमा मोबाईल किन्न पाईने,इजी मोबाईलको अफरै अफर Aug 3, 2017 ArthatantraEasy Mobile Care
    काठमाडौ । काठमाडौ सुन्धारामा अवस्थित सिटिसी मलको चौथो तल्लामा रहेको ईजी मोबाइल केयर प्रा.लि.ले बिहिबारबाट मोबाइलको बिक्री तथा बिक्री पछिको सेवा शुरु गरेको छ । मोबाइलको सम्पूर्ण हेरचाह (केयर) गर्ने उद्धेश्यका साथ नेपालमा नै पहिलो पटक मोबाइल सम्बन्धि सम्पूर्ण सेवा सुविधा एकै थलोबाट उपलब्ध गराउने गरि कम्पनीले सेवा सुरु गरेको एक कार्यक्रमकाबीच जानकारी दिईयो । कम्पनीले मोबाइल व्यवसायको क्षेत्रमा नौलो अवधारणा ...
  • ५०% सम्म छूट सहित केएल टावरमा विग अफर सेल सुरु Aug 3, 2017 ArthatantraKL Tower big sale
    काठमाडौ । चुच्चेपाटी, चाबहिलस्थित केएल टावर मलमा साउन १९ गते विहीबार देखि विग अफर सेल सुरु भएको छ । वार्षिक रुपमा हुदै आएको सेल मेला तीन सातासम्म संचालन हुनेछ । नजिकिँदो चाडबाडमा नेपालीको किनमेल संस्कृतिलाई ध्यानमा राखेर मेला अयोजना गरिएको टावरले जनाएको छ । एक्काईस दिनसम्म सञ्चालन हुने मेलामा कुनै पनि सामानको खरिदमा उपभोक्ताले ५० प्रतिशतसम्म छूट पाउने मेलाका संयोजक हिरामणि ...
  • योजना आयोगको उपाध्यक्षमा डा.स्वर्णिम वाग्ले नियुक्त Aug 3, 2017 Arthatantraswarnim-wagle-npc-member
    काठमाडौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्ती गरेको हो। आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि योजना आयोगको उपाध्यक्ष पद रिक्त थियो। वाग्ले यसअघि सुशिल कोइराला र प्रचण्ड सरकारको पालामा गरी दुई पटक आयोगको सदस्य भइसकेका छन्। अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी गरेका वाग्लेले हावर्ड ,लण्डन स्कुल अफ इकोनोमिक्स लगायतका ...
  • सेयर बजारमा १ अर्ब माथिको कारोबार हुँदा कमाउने र गुमाउनेमा कुन–कुन कम्… Aug 2, 2017 Arthatantrastock share nepse
    काठमाडौ । बुधबार सेयर बजार २.४९ अंकले बढेर १६६२.७४ अंकमा पुगेको छ । बीमा, जलविद्युत्, उत्पादनमूलक र अन्य समूहले झारेको बजारलाई बैंकिङ, होटल, विकास बैंक र फाइनान्स समूहले उचालेका छन् । बीमा, उत्पादनमूलक, जलविद्युत् र अन्य क्रमशः ४९.५२, ३.३७, २.६३ र ०.५८ अंकले घटेका छन् भने बैंकिङ, होटल, विकास बैंक र फाइनान्स क्रमशः १.५६, १४.०३, १२.०५ र ३१.७७ अंकले बढेका छन् ...
  • नेप्सेमा चार बैंकको २ करोड ८ लाख कित्ता सेयर सूचिकृत Aug 2, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार बैंकको २ करोड ८ लाख ५६ हजार ७६३.६९ कित्ता सेयर सूचिकृत भएको छ । यसदिन टुरिजम डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता सेयर सूचिकृत भएको छ । यस्तै सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ५.६ कित्ता सेयर थपिएको छ । नेप्सेमा मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० ...
  • २२० रुपैंया प्रतिकित्तामा पाईने लाखौं कित्ता एफपीओमा आवेदन दिनुस् ! Aug 2, 2017 Arthatantrafpo
    काठमाडौ । पोखरा फाइनान्स लिमिटेडले साउन २५ गतदेखि थप सार्वजनिक निष्काशन(एफपीओ) निष्काशन गर्ने भएको छ । फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्यमा एक सय २० रुपैयाँ प्रिमियम थप गरी दुई सय २० रुपैयाँ प्रति कित्तामा एफपीओ निष्काशन गर्न लागेको हो । फाइनान्सले नौ लाख ८३ हजार छ सय ८२ कित्ता एफपीओ निष्काशन गर्नेछ । पोखराको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल ...
  • नेप्सेको नयाँ प्रमुख कार्यकारीका लागि आवेदन माग Aug 1, 2017 Arthatantranepse_photo
    काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा रिक्त प्रमुख कार्यकारीको पदपूर्ति खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट गरिने भएको छ । जसका लागि अर्थन्त्रालयले १५ दिन भित्र व्यावसायिक कार्ययोजनासहित दरखास्त मागेको छ । तत्कालिन प्रमुख कार्यकारी अधिकृत सिताराम थपलियाको कार्यकाल गत असार २५ मा सकिएपछि नेप्सेको प्रमुख कार्यकारीको पद रिक्त रहेको थियो । नेप्सेको प्रमुख कार्यकारी पदको लागि बाणिज्य, अर्थशास्त्र, वित्तिय वा कानुन बिषयमा स्नातकोत्तर उतिर्ण ...
  • आहा ! पोखराको सराङकोट,भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव हुँदै Aug 1, 2017 Arthatantrasarangkot-sunrise,pokhara
    पर्यटनका लागि सुन्दर नगरी पोखरा पुगेका संसार भरका नागरिकहरु सराङकोट नपुगी फर्कीए भने उनीहरु अधुरै रहन्छन । पोखरा र वरिपरिको हिमाली दृश्यलाई सुन्दर सेतुले जोड्ने बिम्व हो सराङ्गकोट । बाहिरबाट सबैले चिनेको सराङ्गकोटको भित्री अन्तर्य संसारभरी फैलाउन फरी एक पटक सराङ्गकोट महोत्सव हुँदैछ । सराङ्गकोट संसार भरका पर्यटन पारखीलाई फेरी निम्तो गर्दैछ । तेस्रो सराङ्गकोट पर्यटन महोत्सव आगामी भदौ १६ गतेदेखि ...
  • सेन्चुरीको ७४ लाख ७० हजार कित्ता सेयर नेप्सेमा सूचिकृत Jul 31, 2017 ArthatantraCentury Bank logo
    काठमाडौ। सेन्चुरी कमर्सियल बैंकको ७४ लाख ७० हजार ६५२.७५ कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) मा सूचिकृत भएको छ । सगरमाथा फाइनान्स कम्पनी प्राप्तिपछि थपिएको सेयर सोमबार सूचिकृत भएको बैंकले नेप्सेले जनाएको छ । प्रकाशित मितिः २०७४ साउन १६