Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • अब बिदेशबाट फोन आउँदा पनि बोनस पाईने ! Jul 30, 2017 ArthatantraNTC-Logo
    काठमाडौ।नेपाल टेलिकमले विदेशबाट आएको कल उठाउँदा बोनस दिने योजना ल्याएको छ। जीएसएम,सीडीएमए प्रिपेड र पोष्टपेडका ग्राहकले एक सातामा ७ मिनेट वा त्यो भन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्क भित्र ७ मिनेट भ्वाइस कल गर्न र ७ वटा एसएमएस निःशुल्क पठाउन पाइने कम्पनीले जनाएको छ। कम्पनीले सोमबारदेखि ९० दिनका लागि लागु हुने जनाएको छ। टेलिकमले एडीएसएलमा समेत छुट अफर ल्याएको ...
  • नेप्से परिसूचक १०.९७ अंकले बढ्यो Jul 29, 2017 Arthatantranepse_photo
    काठमाडौँ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.९७ अंकले बढेर अन्तिम दिन १६४६.५३ अंकमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ४३३६८ कारोबारबाट ५ अर्ब ५३ करोड १८ लाख ६६ हजार रुपैयाँ बराबरका ९० लाख ५८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएको हो । कारोबार रकम गत साताको भन्दा १६.७५ ...
  • राजधानीमा कडा खालको स्वाइनफ्लु,दुईको मृत्यु ! Jul 28, 2017 Arthatantraswine-flu
    काठमाडौ। केही दिनयता काठमाडौमा कडा खालको स्वाइनफ्लुको संक्रमण बढेको छ । स्वाइनफ्लुको संक्रमणबाट बिरामी परेका केहीको उपचार भइरहेको र ती मध्ये दुई जनाको ज्यान नै गइसकेको छ। शिक्षण अस्पताल महाराजगन्जका आइसीयू विभाग प्रमुख डाक्टर सुवास आचार्यका अनुसार स्वाइनफ्लुको संक्रमणबाट शिक्षण अस्पतालमा दुई जनाको मृत्यु भइसकेको छ । शिक्षण अस्पतालमा भाइरल निमोनियाका अन्य दुई जना बिरामी आईसीयूमा उपचाररत रहेको डाक्टर आचार्यले बताए । ...
  • काउली र गोलभेंडा खाँदा बिचार गर्नुस् है ! अधिक विषादी भेटियो Jul 28, 2017 Arthatantravegetables
    काठमाडौ। भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ काउली र गोलभेडातरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य ...
  • १ अङ्कले सेयर बढदा एक अर्बमाथिको कारोबार Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से १.५० अंकले बढेर १६४६.५३ अंकमा पुगेको छ । यसदिन १४९ कम्पनीको १८ लाख ३९ हजार ४ सय २४ कित्ता सेयर १ अर्ब १५ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो । बजारमा बुधबार भने १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बराबरमा किनबेच भएको थियो । कारोबारमा आएका ...
  • समस्या आएको नेप्सेको साईट खुल्यो,नेप्सेमा करिब ८ अंकको वृद्धि(१ः३० बजे… Jul 27, 2017 Arthatantranepse_photo
    काठमाडौ। २ घण्टाभन्दा बढि समय समस्या आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेब साइट खुलेको छ । यसअघि साईट नखुल्दा बिहीबार लगानीकर्ता अन्यौलमा परेका थिए । उनीहरुले सेयर कारोबारका बारेमा जानकारी लिन पाएका थिएनन् । सर्वसाधारणले इन्टरनेटबाट कारोबार हेर्न नपाए पनि सेयर कारोबार भने भइनै रह्यो । नेप्सेको साइटमा समस्या आएपनि ब्रोकर कार्यालयमा कारोबार सुचारु नै थियो । नेप्सेका अनुसार ‘नेप्सेको कार्यालयसम्म आउने ...
  • सेयर बजारमा ८ अंकको बृद्धि,अर्ब माथिको कारोबार हुँदा कसले कमायो ? Jul 26, 2017 Arthatantranepse
    काठमाडौ । साताको चौथो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ८.८४ अंकले बढेर १६४५.०३ अंकमा उक्लिएको छ। यसदिन क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.०१ अंकले बढेर ३४५.७८ अंकमा पुगेको छ। बजारमा १५६ कम्पनीका २५ लाख ३५ हजार कित्ता शेयर १ अर्ब २९ करोड रुपैयाँ बढिमा खरिद बिक्री भयो । बुधबार सबैभन्दा बढी प्रभु इन्स्योरेन्सको ९ करोड ५६ ...
  • ४ कम्पनीको ९८ लाख कित्ताभन्दा बढि सेयर नेप्सेमा सूचिकृत Jul 26, 2017 ArthatantraShare Listed
    काठमाडौ। बुधबार विभिन्न ४ कम्पनीको ९८ लाख ७९ हजार ४५१.९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा ९५ लाख १ हजार ७८९.७९ कित्ता साधारण सेयर र ३ लाख ७७ हजार ६६१.२ कित्ता बोनस सेयर गरी उक्त सेयर सूचिकृत भएको हो । नेप्सेमा ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सेयर सूचिकृत भएको हो । रिलायवल डेभलपमेन्ट बैंकको प्राप्ति पश्चात ...
  • बाणिज्य बैंक समूह घटेपनि नेप्से ७ अंकमाथि बढ्यो Jul 25, 2017 Arthatantranepse
    काठमाडौ । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ओरालो लागेपनि समग्र बजार परिसूचक ७.११ अंकले बढेर १६३६.१९ अंकमा पुगेको छ । बजारमा बाणिज्य बैंक समूहको परिसूचक ०.४ अंकले घटेको छ । अन्य समूह ३.१८ अंकले ओरालो लागेपनि बाँकी सबै समूहको परिसूचक उकालो लागेपछि बजार परिसूचक सकारात्मक बन्न पुगेको हो । मंगलबार ...
  • सानिमाको शतप्रतिशत हकप्रदपछि भयो मूल्य समायोजन Jul 25, 2017 Arthatantrashare price stock
    काठमाडौ । सानिमा माई हाइड्रोपावरको १०० प्रतिशत हकप्रदमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले सानिमाको हकप्रदपछि समायोजित भाउ ६०३ रुपैयाँ तोकेको छ । यसआधारमा १०० प्रतिशत हकप्रदपछि सानिमा माईको पहिलो कारोबार ६०३ रुपैयाँमा हुँदैछ । औसत आधार मूल्य ३५१ रुपैयाँ तोकिएको छ । सानिमा माई हाइड्रोपावरले साउन २७ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । प्रकाशित मितिः ...