Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • साउन १० देखि १९ गतेसम्मको मिति ख्याल गर्नुहोस् र न्यूनतम १०० रुपैंयामा… Jul 18, 2017 Arthatantrashare market positive profit stock
    काठमाडौ। गोर्खाज फाइनान्सको १० लाख ५५ हजार १८९ कित्ता सेयर लिलामीमा विक्री गरिने भएको छ । फाइनान्सको संस्थापक ९ लाख ७९३ र सर्वसाधारण तर्फको सेयर १ लाख ५४ हजार ३९६ कित्ता सेयरका न्युनतम एक सय रुपैयाँमा विक्री गरिने भएको छ । यो सेयरको गोप्य शिलवन्दीमार्फत खरिद गर्न चाहनेले यही साउन १० देखि १९ गतेभित्र आवेदन दिनुपर्ने भएको छ । फाइनान्सले गत ...
  • २९% बोनसपश्चात् सेयर मूल्य समायोजन Jul 18, 2017 Arthatantraprice tag with copy space
    काठमाडौ। ओम डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले कम्पनीको २९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ४८७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ३८० रुपैयाँ रहने छ । प्रकाशित मितिः २०७४ साउन ३
  • सोमबार सेयर बजारमा हरियाली,१६०० अंक नाघ्यो नेप्से Jul 17, 2017 Arthatantranepse share jump
    काठमाडौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा पुरै हरियाली छाएको छ । सोमबार सेयर बजार पसिूचक नेप्से २०.५८ अंकले बढेर १६०४.१५ अंकमा पुगेको छ । सोमबार १५४ कम्पनीका ६९ करोड ४३ लाख रुपैंयाभन्दा बढिको कारोबार भएको छ । सोमबार बजारमा सबै परिसूचक उकालो लागेका छन् । बजार हिस्सा ओगट्ने बाणिज्य बैंकको परिसूचक २१.५३ अंकले बढेको छ । कारोबारका आधारमा फरवार्ड कम्युनिटी ...
  • सेयरधनीले अब २५% बोनस र ६०% प्रतिशत हकप्रद पाउने ! Jul 17, 2017 ArthatantraBonus-share
    काठमाडौ । नेशनल लाइफ इन्सुरेन्सले अब ६० प्रतिशतमात्र हकप्रद ल्याउने भएको छ । १०० प्रतिशतबाट घटाउँदै कम्पनीले ६० प्रतिशतमा झारेको हो । यसअघि कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद दिने प्रस्ताव गरिएको थियो । बिमा समितिले जीवन बिमा कम्पनीको चुक्ता पुँजी २ अर्बमात्र पुर्याए हुने प्रावधान गरेपछि कम्पनीले फेरि २५ प्रतिशत बोनस र ७५ प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको थियो । त्यसलाई ...
  • १ करोड ४१ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत Jul 16, 2017 ArthatantraShare Listed
    काठमाडौ। नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा आईतबार एकैदिन दुई कम्पनीको एक करोड ४१ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । सिटिजञ्स बैंक इन्टरनेशनल र गरिमा विकास बैंकको गरी उक्त हकप्रद सेयर सूचिकृत भएको हो । बजारमा सिटिजञ्स बैंकको १ करोड ३८ लाख ४३ हजार ३७९ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । यसैगरी गरिमा विकास बैंकको ३ लाख ४५ हजार ९१८.६६ ...
  • तीन संस्थाको १३०%,१००% र ३०% हकप्रद शुक्रबारबाट खुल्यो ! Jul 14, 2017 ArthatantraRight Share
    काठमाडौ । सप्तकोशी डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स र कञ्चन डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा शुक्रबारदेखि आवेदन खुल्ला भएको छ । सप्तकोशीले १३० प्रतिशत, लुम्बिनी जनरल इन्स्योरेन्सले १०० प्रतिशत र कञ्चन डेभलपमेन्ट बैंकले ३० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंक सप्तकोशी डेभलपमेन्ट बैंकको १३० प्रतिशत हकप्रद सेयरमा असार १३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन गर्न सक्नेछन । ...
  • सेयरधनीलाई जानकारी,पारित भयो २०% बोनस ! Jul 14, 2017 Arthatantrabonus share
    काठमाडौ। साल्ट ट्रेडिङ कर्पोरेशनको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी २५ प्रतिशत लाभांश पारित भएको छ । कर्पोरेशनको बिहीबार सम्पन्न ५०औँ वार्षिक साधारण सभाले २०७२/०७३ को मुनाफाबाट उक्त मात्राको लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । साधारण सभामा सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु ...
  • आर्थिक वर्षको अन्त्यमा नेप्से घटेर बिदा भयो Jul 13, 2017 Arthatantranepse_photo
    काठमाडौ । यो साताको अन्तिम कारोबार दिन अर्थात् चालु आर्थिक वर्षको अन्तिम दिन बिहिबार नेप्से ४.८९ अंकले घटेर १५८२.६७ अंकमा कायम हुन आएको छ । बिहिबार कारोबारमा आएका अन्य समूह बाहेक बाँकी सबै समूहको परिसूचक ओरालो लागेको छ । समग्र बजार हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको परिसूचक ४.७३ अंकले ओरालो लागेको छ । बिहिबार परवार्ड कम्युनिटी माईक्रोफाइनान्सको १२ करोभन्दा बिढको कारोबार भएको ...
  • एनआईसी एशिया बैंकको ब्राण्ड एम्बेस्डरमा मनीषा कोईराला Jul 13, 2017 ArthatantraNIC Asia
    काठमाडौ। एनआईसी एशिया बैंकले आफ्नो सेवाको २०औं वर्ष प्रवेश गर्न लागेको अवसरमा प्रतिष्ठित चलचित्रकर्मी नायिका तथा समाजसेवी मनीषा कोईरालालाई आफ्नो ब्राण्ड एम्बेस्डरको रुपमा आगामी दुई वर्षको लागि अनुबन्धन गरेको छ । सो सम्बन्धमा बैंक तथा अभिनेत्री कोईराला बीच बुधवार सम्झौता सम्पन्न भएको हो । बुधबार आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र अभिनेत्री कोइरालाले सो सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ...
  • नेप्सेमा ४ कम्पनीका ६३ लाख कित्ता भन्दा बढि सेयर सूचिकृत Jul 12, 2017 ArthatantraShare Listed
    काठमाडौ । बुधबार विभिन्न चारवटा कम्पनीको ६३ लाख १० हजार ६२६ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । नेप्सेमा २५ लाख ३१ हजार ३८८ कित्ता बोनस र ३७ लाख ७९ हजार २३८ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । सूर्या लाइफको ३ लाख १२ करोड ५०० कित्ता र रिलायवलको २२ लाख १८ हजार ८८८ कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ...