Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • अरुण काबेलीको १ करोड ५० लाख कित्ता सेयर नेप्सेमा सूचिकृत ! Apr 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । प्रकाशित मितिः २०७३ चैत २७
  • नेप्से १६ अंकले घट्यो ! Apr 8, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.०७ अंकले घटेर अन्तिम दिन १६५१.०४ अंकमा पुगेको छ । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७३ अंकले घटेर ३५८.४७ अंकमा आईपुगेको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अघिल्लो साताको तुलनामा कारोबार रकम ९ दशमलव ०८ प्रतिशत घटेको छ । यो साता नेप्सेमा १५५ ...
  • एनआइसी एसियाले एकैसाथ खोल्यो पाँच शाखा Apr 7, 2017 ArthatantraNIC Asia
    काठमाडौ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन ...
  • बैंकको १०० रुपैंया अंकित १ करोड ३८ लाख सेयर खुल्यो,छिटो गर्नुस् २७ गते… Apr 6, 2017 ArthatantraShare Contract
    काठमाडौ। सिटिजन्स बैैंकले आज(चैत २४ गतेदेखि) प्रतिसेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधरणले चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ...
  • थाहा पाउनुस्, बैंकले ल्याउँदैछ १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद से… Apr 6, 2017 Arthatantrabank
    काठमाण्डौं । कञ्चन डेभलेपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासनको निवेदन दर्ता गराएको छ। बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो। त्यसपछि बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट बोनस सेयर ...
  • एक लाख ७ हजार ६ सय कित्ता सेयर बजारमा, चार दिन मात्रै किन्ने अवधि Apr 5, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयरमा बोलपत्र खुला गरेको छ । बैंकले चैत २२ गते मंगलबारदेखि सेयर लिलामी खुला गरेको हो । यसमा चैत २८ गतेसम्म मात्र आवेदन दिन सकिन्छ । कुमारी बैंकसँग एक्वायरमा गएको काष्ठमण्डपको सेयर लिलाम सकार्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी ...
  • अर्घाखाँची ओपीसी सिमेन्ट अब मोइस्चर प्रुफ प्याकेजिङमा Apr 4, 2017 Arthatantraargakhachi_cement
    काठमाडौ। अर्घाखाँची ओपीसी सिमेन्ट अब नयाँ मोइस्चर प्रुफ प्याकेजिङमा नेपाली बजारमा आएको छ । कम्पनीले एक कार्यक्रम बीच उक्त प्याकेजिङमा सिमेन्टको सार्वजनिक गरेको हो । उक्त सिमेन्ट मोइस्चर प्रुफ प्याकेजिङले ओस तथा साधारण पानीले असर नगर्ने र सिमेन्टको धुलो बाहिर ननिस्कने हुनाले निर्माणकर्मी एवं उपभोक्तालाई भण्डारण र प्रयोगमा सहज हुने कम्पनीले जनाएको छ । साथै धुलो रहित हुने भएकाले लोड अनलोड ...
  • सेयर किन्दै हुनुहुन्छ ? एक पटक मूल्य समायोजित भाउ हेर्ने कि ? Apr 4, 2017 Arthatantraprice list share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, सेञ्चुरी बैंक र सेति फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो । सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रति कित्ता ४ सय ६५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ५ सय २८ रुपैयाँ रहेको ...
  • भूकम्प प्रभावित थप १७ जिल्लाले आजदेखि पाउँदैछन् पहिलो किस्ता Apr 3, 2017 ArthatantraEarthquake
    काठमाण्डौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आजदेखि भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता बितरण सुरु गर्ने भएको छ। लाभग्राही सूचीमा समावेश भएकाहरुलाई प्राधिकरणले घर बनाउन दिने तीन लाख अनुदानमध्ये पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बितरण गर्न लागेको हो। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा। गोविन्दराज पोखरेलले आज कास्कीको लुम्लेबाट अनुदान बितरण सुरु गर्दैछन्। कास्कीका साविकका ३४ ...
  • महंगींदै सुन,आईतबार तोलामा ४ सयले वृद्धि Apr 2, 2017 Arthatantragold
    काठमाडौ। सुनको भाउको ४०० रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५४,२०० रुपैयाँमा कारोबार भएको सुन आइतबार ५४,६०० रुपैयाँ पुगेको हो। चाँदीको कारोबार पनि प्रति तोला ५ रुपैयाँले बढेर ८०५ रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस नौं डलरले बृद्धि भएको छ। बर्षको पहिलो त्रैमास सकिएर दोस्रो सुरु हुँदा भाउ बढ्ने विगतको प्रबृत्ति अनुसार मूल्यमा चाप परेको व्यवसायीहरु बताउँछन् । सुनको भाउ अझै ...