Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • हिमालय एयरलाइन्सको तेस्रो जहाज आयो, युरोप र अमेरिका उडान गर्ने तयारी Apr 1, 2017 ArthatantraHimalayan Airlines
    काठमाडौ। निजी क्षेत्रको हवाई कम्पनी हिमालय एयरलाइन्सले तेस्रो जहाज भित्र्याएको छ। यो सँगै कम्पनीले एक बर्षभित्र तीनवटा जहाज भित्र्याएको हो। सुरुमा एउटा विमानबाट अन्तर्राष्ट्रिय उडान सुरु गरेको कम्पनीले दोस्रो एयरबस विमान फागुनमा ल्याएको थियो। फ्रान्सेली कम्पनी एयरबसको ए ३२०–२१४ सिरिजको न्यारोबडी विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। कम्पनीले एयरबसवाटै सिधै नयाँ विमान खरिद गरेको एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले बताए। एयरवसको जर्मनीमा भएको ...
  • माइक्रोफाइनान्सको पचाश प्रतिशत हकप्रद धितोपत्रबोर्डद्वारा पारित Mar 31, 2017 ArthatantraMICROFINANCE share
    काठमाण्डौं । फर्स्ट माईक्रोफाईनाइन्सले पूँजी वृद्धिका लागि प्रस्ताव गरेको पचास प्रतिशत हकप्रदले बिहीबार धितोपत्र बोर्डबाट अनुमति पाएका छन् । फर्स्ट माईक्रोफाइनान्सलेले १३ करोड २२ लाख ५० हजार रुपैँया मूल्य बराबरको एक सय रुपैँया अंकित दरको १३ लाख २२ हजार पाँच सय कित्ता हकप्रद सेयर निस्कासनको अनुमति धितोपत्र बोर्डबाट पाएको छ । १८ चैत २०७३, १०।००
  • केरा खेतीले मालामाल बन्दै किसान, एक जनाले नै कमाए २ करोड Mar 30, 2017 ArthatantraBanana
    चितवन । नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दै छन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी सुवेदी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ । नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्रजना काम गर्नेहरु पनि राखिएका छन् । चैनपुरमा ...
  • तीन विकास बैंक एक हुँदै, हेर्नुस् कति छ स्वाप रेसियो ? Mar 30, 2017 ArthatantraBank Marger
    काठमाण्डौं । प्राइम कमर्सियल बैंक लिमिटेडले बिराटलक्ष्मी विकास बैंक लिमिटेड र कन्ट्री डेभलपमेण्ट बैंक लिमिटेडलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । यी तीन संस्थाले आठ महिना अघि एक्विजिसन सम्झौता गरेका थिए । बिराटलक्ष्मीका सेयरधनीले एक सय कित्ता बराबर प्राइमको ७५ कित्ता तथा कन्ट्रीका सेयरधनीले पनि एक सय कित्ता बराबर प्राइमको ४० कित्ता सेयर पाउने गरी यी ...
  • बैंकको १ लाख ४५ हजार कित्ता सेयरका लागि आजै आवेदन दिनुपर्ने, भोलिदेखि … Mar 29, 2017 ArthatantraShare Contract
    काठमाडौ । हिमालयन बैंकको एक लाख ४५ हजार ५६० कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र फारम भर्नुपर्नेछ । यसअघि हिमालयनले कात्तिक २६ देखि मंसिर ३० गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यतिबेला बिक्री नभएकोे सेयर अहिले टेन्डरमा ...
  • नेप्से ५ प्रतिशतले बढेपछि कारोबार बन्द Mar 28, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । सेयर बजार ५ प्रतिशतले बढेपछि मंगलबारका लागि कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सूचक ५.०१ प्रतिशतले बढेको छ । समग्रमा नेप्से ७६.७९ विन्दुले बढेर १६१०.६२ विन्दुमा आइपुगेको हो । दुई बज्दासमम्म नेप्सेमा १४४ कम्पनीको एक अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २५ लाख ९८ हजार ५५७ कित्ता सेयर किनबेच भएको हो । ...
  • आजबाट ८७ करोड २९ लाख ४७ हजार रुपैयाँ बराबरको हकप्रद सेयर बजारमा Mar 28, 2017 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । आजबाट एनआइसी एसिया बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन भएको छ । बैंकले १५ प्रतिशत अर्थात १०० बराबर १५ को अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । आगामी बैशाख १९ गतेसम्म विक्री खुला रहने हकप्रद निष्काशन तथा विक्रीको प्रबन्ध गर्ने जिम्मा सिभिल क्यापिटल लिमिटेडले लिएको छ । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ८७ करोड २९ लाख ४७ हजार पाँच ...
  • आज फेरि बढ्यो सुनको भाउ, चाँदी भने स्थिर Mar 27, 2017 Arthatantragold-
    काठमाण्डौं । आज सोमबार पुनः सुनको भाउ बढ्न पुगेकोछ । आज सोमबार स्थानीय बजारमा सुनको भाउ प्रति तोला २ सय रुपैयाँले बढ्न पुगेको हो । हिजो आइतबार तोलाको ५४ हजार ८ सयमा किनबेच भएको सुन आज प्रति तोला ५५ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । ...
  • एनसेलको कर असुल्न अर्थ मन्लालयको कडा निर्देशन ! Mar 26, 2017 ArthatantraNcell-logo1
    काठमाडौ । एनसेल बिक्री भएको एक वर्ष तीन महिनापछि बल्ल अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागलाई पत्राचार गर्दै कर असुली गर्न निर्देशन दिएको छ। अर्थ सचिव शान्तराज सुवेदीले विभागलाई ‘यथाशीघ्र कर असुली गर्नू’ भन्दै पत्राचार गरेका हुन्। यसअघि अर्थ मन्त्रालयले करबारे मातहतको निकाय विभागलाई असुल गर्नु भनी पत्राचार गरेको थिएन। एनसेलको बिक्री लाभकर छली प्रकरणको चौतर्फी विरोध र व्यवस्थापिका संसद्को लेखा समितिको ...
  • अमेरिकी डलर डेढ वर्षयताकै सस्तो, एक डलरको भाउ १०४ रुपैयाँ Mar 25, 2017 ArthatantraDollar
    काठमाडौ। भोलि आइतबारका लागि केन्द्रीय बैंकले एक अमेरिकी डलरको विनिमय एक सय चार रुपैयाँ ४० पैसा (खरिद दर)तोकेको छ। यो ०७२ भदौ ३ गतेयताकै सस्तो हो। ०७२ मदौ ३ गते एक अमेरिकी डलरको विनिमयदर एक सय चार रुपैयाँ ४० पैसा थियो। त्यस्तै आइतबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर एक सय ५ स्पैयाँ तोकेको छ। पछिल्ला दिनहरूमा नेपाली रुपैयाँको तुलनामा ...