Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • नेप्सेले नाघ्यो १७ सय अंक, … Apr 11, 2017 Arthatantranepse_photo
    काठमाडौ । शेयर बजार परिसूचक नेप्से आज करिब ३४ अंकले बढेर १७ सय अंक नाघेको छ । नेप्से म‌ंगलबार ३३ दशमलव ६ अंकले बढेर १७ सय ०९ दशमलव ८२ अंकमा पुगेको छ । म‌गलबार सबैभन्दा धेरै बिमा समुह १ सय १ दशमलव ८८ अंकले बढको छ । त्यस्तै, विकास बैंक ५६ दशमलव ७, बैंकिङ ३७ दशमलव ५६, उत्पादन २१ दशमलव ६, ...
  • अबदेखि म्याद नाघेका औषधि ब… Apr 11, 2017 Arthatantramedicines-l
    काठमाण्डौं । म्याद नाघेका औषधि बेचेर उपभोक्ताको ज्यान गए विक्रेतालाई जन्मकैद हुने भएको छ । संसद्को विधायन समिति मातहतको उपसमितिले मौजुदा औषधि ऐन संशोधनको प्रतिवेदन तयार पारी म्याद नाघेका औषधि बेच्नेलाई अधिकतम २५ वर्ष कैदको व्यवस्था गर्न लागेको हो । अहिले १० वर्षसम्मको सजायलाई कैद सजाय मानिएको । आजको नागरिक दैनिकका अनुसार, ऐनको दफा २२ (क) को व्यवस्था संशोधन गरी ज्यान ...
  • अब १० रुपैयाँमा १० लाखसम्म… Apr 10, 2017 ArthatantraLife-Insurance share company
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्मार्ट जीवन बीमा योजना ल्याएको छ। दैनिक दश रुपैयाँमा १० लाख रुपैयाँसम्मको जीवन बीमा गराउने योजना कम्पनीले ल्याएको हो।नयाँ योजनाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागार्इँले नयाँ योजना सार्वजनिक गरे। उनले नयाँ योजनाले बचत परिचालनमा सघाऊ पुर्याउने बताउँदै योजनाको आफूपनि सदस्य बन्ने घोषणा गरे।कम्पनीका संचालक कमलेशकुमार अग्रवालले बीमाको कभरेज बढाउन नयाँ योजना ल्याएको बताउँदै सबैले नयाँ योजनामा ...
  • सुन किन्ने हो ? आज ५ सयले घट… Apr 9, 2017 ArthatantraGold
    काठमाडौ । सुनको मूल्य आइतबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबार सुन प्रतितोला ५४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार सुन तोलाको ५४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १० रुपैयाँ घटेर प्रतितोला ८ सय रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ...
  • अरुण काबेलीको १ करोड ५० ला… Apr 9, 2017 ArthatantraShare Listed
    काठमाडौ । अरुण काबेली पावर लिमिटेडको एक करोड ५० लाख कित्ता साधारण सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से( मा सूचिकृत भएको छ । कम्पनीले गत जेठमा १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको थियो । अरुण काबेलीले पाँचथर र ताप्लेजुङको सिमामा २५ मेगावाटको बिद्युत आयोजना निर्माण गरिरहेको छ । प्रकाशित मितिः २०७३ चैत २७
  • नेप्से १६ अंकले घट्यो ! Apr 8, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १६.०७ अंकले घटेर अन्तिम दिन १६५१.०४ अंकमा पुगेको छ । सातामा ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ३.७३ अंकले घटेर ३५८.४७ अंकमा आईपुगेको छ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अघिल्लो साताको तुलनामा कारोबार रकम ९ दशमलव ०८ प्रतिशत घटेको छ । यो साता नेप्सेमा १५५ ...
  • एनआइसी एसियाले एकैसाथ खोल… Apr 7, 2017 ArthatantraNIC Asia
    काठमाडौ । एनआइसी एसिया बैंकले विभिन्न स्थानमा एकै साथ पाँच नयाँ शाखा स्थापना गरेको छ । बैंकले नवलपरासीको बर्दघाट, पाल्पाको तानसेन, कैलालीको लम्की र टीकापुर तथा धनुकटाको हिलेमा शाखा स्थापना गरेको हो । ती शाखाको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा सञ्चालन ...
  • बैंकको १०० रुपैंया अंकित १ करोड ३८ लाख सेयर खुल्यो,छिटो गर्नुस् २७ गते… Apr 6, 2017 ArthatantraShare Contract
    काठमाडौ। सिटिजन्स बैैंकले आज(चैत २४ गतेदेखि) प्रतिसेयर १ सय रुपैयाँ अंकित १ करोड ३८ लाख ४३ हजार ३९७ कित्ता हकप्रद सेयरको निष्कासन खुला गरेको छ । बैंकले १० वटा साधारण सेयर बराबर २ दशमलव ५ (१०ः२.५)को अनुपातमा हकप्रद सेयर निष्कासन गरेको छ । सो मात्राको सेयरको लागि इच्छुक सर्वसाधरणले चैत २४ गतेदेखि बैशाख २७ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ...
  • थाहा पाउनुस्, बैंकले ल्याउँदैछ १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद से… Apr 6, 2017 Arthatantrabank
    काठमाण्डौं । कञ्चन डेभलेपमेन्ट बैंकले नेपाल धितोपत्र बोर्डमा १० लाख ३९ हजार पाँच सय कित्ता हकप्रद सेयर निश्कासनको निवेदन दर्ता गराएको छ। बैंकले ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्न लागेको हो। त्यसपछि बैंकको चुक्ता पूँजी ४५ करोड ५ लाख रुपैयाँ पुग्नेछ। बैंकको चूक्ता पूँजी हाल ३४ करोड ६५ लाख रहेको छ। हकप्रद पश्चात चालु आर्थिक बर्ष २०७३÷०७४ को नाफाबाट बोनस सेयर ...
  • एक लाख ७ हजार ६ सय कित्ता से… Apr 5, 2017 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । काष्ठमण्डप डेभलपमेन्ट बैंकले हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फका एक लाख सात हजार छ सय एक कित्ता सेयरमा बोलपत्र खुला गरेको छ । बैंकले चैत २२ गते मंगलबारदेखि सेयर लिलामी खुला गरेको हो । यसमा चैत २८ गतेसम्म मात्र आवेदन दिन सकिन्छ । कुमारी बैंकसँग एक्वायरमा गएको काष्ठमण्डपको सेयर लिलाम सकार्न इच्छुक लगानीकर्ताले सेयर बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, कमलपोखरी ...