Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आज फेरि २ सयले बढ्यो सुन, हेर्नुहोस् तोलामा कति पुग्यो ? Feb 17, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज फेरि सुन प्रति तोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँ रहेको सुन शुक्रबार ५५ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर रहेकोछ । ६ फागुन २०७३, १२।००
  • सेयरको क्रेज : के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? Feb 17, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौं । के तपाईले सिनर्जी पावर कम्पनीको सेयर किन्नुभएको थियो ? थियो भने के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? हिजो बाँडफाँड गरिएको सिनर्जीको आइपिओ अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । कम्पनीको बिक्री प्रवबन्धक सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ ...
  • आकाशिँदैछ सुन, आज फेरि तोलामा ४ सय बढ्यो Feb 16, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बिहीबार सुनको मूल्य फेरि आकाशिन पुगेकोछ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय २० रुपैयाँ रहेको चाँदी ...
  • ४२ रोपनी जग्गामा धरहरा पुनःनिर्माण गर्नेगरी योजना ल्याउँदै टेलिकम Feb 15, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए । करिब रु चार ...
  • बुक क्लोजको मिति थाहा पाईराख्नोस्,बैंकले दिंदैछ ५० प्रतिशत हकप्रद Feb 15, 2017 ArthatantraShare rights
    काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने भएको छ । बैंकले आगामी फागुन २५ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त प्रयोजनको लागि फागुन १२ देखि २५ गते सम्म बैंकको बुक क्लोज हुने बैंकले जनाएको छ । प्रकाशित मितिः २०७३ फागुन ४
  • नेप्सेमा गीरावट,हेर्नुहोस् गुमाउनेमा को को ? Feb 14, 2017 Arthatantrastock.
    काठमाडौ । मंगलबार नेप्से सामान्य अंकले घटेर बन्द भएको छ । कारोबार खुलेको आधा घण्टामा १२६१ अंकसम्ममा झरेको बजार अन्ततः सुधारिँदै ४.०१ अंकले घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १२७४.९७ अंकमा झरेको छ । होटल र विकास बैंकबाहेक मंगलबार कारोबार भएका सबै समूह घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ९३.४९ अंकले घटेको छ । बैंकिङ, जलविद्युत्, फाइनान्स, उत्पादनमूलक ...
  • स्टान्डर्ड चाटर्ड बैंकले प्रिमियममा एफपिओ जारी गर्न अनुमति पायो, हेर्न… Feb 14, 2017 Arthatantrafpo
    काठमाडौ । स्टान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडले एफपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले १२ सय ९० रुपैयाँका दरले सेयर निष्काशन गर्न अनुमति माग गरेको थियो । बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ११ सय ९० रुपैयाँ प्रिमियम थप गरी १२ सय ९० रुपैयाँका दरले २५ लाख ५८ हजार १४० कित्ता सेयर जारी गर्न लागेको हो ...
  • अकबरे खाँदै लाखौं कमाउँदै ! Feb 13, 2017 Arthatantraakabare khursani
    तेह्रथुम । तेह्रथुम जिल्लाको सुदाप–२ र ओख्रे–८ स्थित जोडीसल्लाका महिला कृषकले यसवर्ष अकबरे खुर्सानीबाट मात्रै रु २२ लाखभन्दा बढी रकम आम्दानी गरेका छन् । तीन वर्षयता अकबरे खुर्सानीको व्यावसायिक खेती गर्दै आएका यहाँका ४० घर किसान परिवारले यो वर्ष अकबरेबाट राम्रो आम्दानी गरेको स्थानीय नवसिर्जना महिला समूहकी अध्यक्ष शिवमाया खड्काले बताइन् । गतवर्ष गाउँका प्रत्येक परिवारले कम्तीमा एक हजारदेखि पाँच हजार ...
  • अब जग्गा मिच्ने र सार्वजनिक ठाउँमा फोहोर फाल्नेको ड्रोनबाट अभिलेख राखि… Feb 12, 2017 ArthatantraDrone
    काठमाण्डौं । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता ...
  • खाद्यान्न बाली ओसारपसार गर्न बडिमालिका ग्राभिटी रोपवे सञ्चालनमा आयो Feb 11, 2017 ArthatantraBadimalika ropway
    बाजुरा। पहिलो पटक यहाँ ग्राभिटी रोपवे सञ्चालनमा आएको छ । बडिमालिका नगरपालिका ५ र ६ का बासिन्दाले लगाएको आलु फापरलगायत खाद्यान्न बाली ओसारपसार गर्नका लागि रोपवे सञ्चालनमा ल्याइएको उपभोक्ता समितिका अध्यक्ष प्रेम साउदले बताए । जिल्ला कृषि विकास कार्यालय बाजुराको समन्वय र प्राक्टिकल एक्सन मानव संसाधन केन्द्र बाजुराअन्तर्गत विकास परियोजनाको आर्थिक सहयोगमा रोपवे निर्माण गरिएको थियो । बडिमालिका–६ मना र रिलाका ...