Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • सेयर बजार २५ अंकले बढ्यो, र… Feb 19, 2017 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजारमा सूचक २५ अंकले बढ्न पुगेकोछ भने कारोबार रकमले पनि ६६ करोड नाघ्न पुगेकोछ । आज नेप्से २५.५० अंकले उकालो लागेर १३६९.३५ विन्दुमा पुगेको छ । आज बजारमा १४४ कम्पनीको ६६ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भयो । तरलताको अवस्था कम हुँदै जानु, स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिने खबर लगायतले पनि बजारमा थप उत्साह ...
  • सुन जोडिहाल्ने कि ? आज घट्य… Feb 19, 2017 ArthatantraGold
    काठमाण्डौं । सुनको मूल्य आज आइतबार प्रतितोला १ सय रुपैयाँले घटेको छ। शुक्रबार ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ५५ हजार ७ सय रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदी भने स्थिर रहेको छ। प्रतितोला ७ सय २५ मा चाँदीको कारोबार भइरहेको छ। ८ फागुन २०७३, ११।००
  • बजारमा आयो करिब ८० लाख कित… Feb 19, 2017 Arthatantrajust listed for sale share
    काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् । जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात ...
  • नेप्से ९१ अंकले बढेर १३४३ … Feb 18, 2017 ArthatantraNepal Stock Exchange
    काठमाडौ । यो साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९१.३५ अंकले बढेर अन्तिम दिन १३४३.८५ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा २०.७५ अंकले बढेर २९२.५२ अंकमा आईपुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५५ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ ...
  • कृषकलाई ५० प्रतिशतसम्म अन… Feb 18, 2017 ArthatantraFarming instrument
    काठमाडौ। सरकारले आधुनिक कृषि औजार प्रयोग गरी कृषि पेसालाई बढवा दिने कृषकलाई ५० प्रतिशतसम्म अनुदान दिने तयारी गरेको छ । शुक्रबार नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ, फ्युचर एक्स प्रालि र मिडिया स्पेस सोलुसन प्रालिले संयुक्त रुपमा गरेको प्रथम अन्तर्राष्ट्रिय कृषि प्रदर्शनीमा कृषि विकास मन्त्री गौरीशङ्कर चौधरीले कृषिलाई आधुनिकीकरण गर्न नसक्दासम्म देश कृषि पेसामा आत्मनिर्भर बन्न नसक्ने बताए । उनले युवा पुस्तालाई ...
  • आज फेरि २ सयले बढ्यो सुन, हे… Feb 17, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । साताको अन्तिम दिन शुक्रबार आज फेरि सुन प्रति तोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलामा ५५ हजार ६ सय रुपैयाँ रहेको सुन शुक्रबार ५५ हजार ८ सय रुपैयाँ पुगेको छ। त्यस्तै चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य भने स्थिर रहेकोछ । ६ फागुन २०७३, १२।००
  • सेयरको क्रेज : के तपाई ७१ हज… Feb 17, 2017 Arthatantrashare distribution stock
    काठमाण्डौं । के तपाईले सिनर्जी पावर कम्पनीको सेयर किन्नुभएको थियो ? थियो भने के तपाई ७१ हजार ४ सय ८९ जना भित्र पर्नुभयो ? हिजो बाँडफाँड गरिएको सिनर्जीको आइपिओ अनुसार ७१ हजार ४८९ जना लगानीकर्ता सिनर्जीपावरको सेयरधनी बनेका छन् । कम्पनीको बिक्री प्रवबन्धक सानिमा क्यापिटलका अनुसार साना लगानीकर्ताले ७ लाख ७२ हजार ८ सय कित्ता तथा ठुला लगानीकर्ताले ११ लाख ५८ ...
  • आकाशिँदैछ सुन, आज फेरि तोल… Feb 16, 2017 Arthatantragold-
    काठमाण्डौं । आज बिहीबार सुनको मूल्य फेरि आकाशिन पुगेकोछ । आज सुन तोलामा ४ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रति तोला ५५ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा यस दिन ५५ हजार ६ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि आज तोलामा ५ रुपैयाँले बढेको छ। अघिल्लो दिन ८ सय २० रुपैयाँ रहेको चाँदी ...
  • ४२ रोपनी जग्गामा धरहरा पुन… Feb 15, 2017 ArthatantraNTC-Logo
    काठमाडौ। गत वर्षको भूकम्पले भत्किएका धरहराको पुनःनिर्माण नेपाल सरकार र नेपाल टेलिकमले संयुक्तरुपमा गर्ने भएका छन् । नेपाल टेलिकमका सहप्रवक्ता रोमन अधिकारीले धरहरा पुनःनिर्माणको प्रस्ताव पुरातत्व विभागमा लैजाने गृहकार्य भइरहेको बताउँदै करिब ४२ रोपनी क्षेत्रफलमा पुनःनिर्माण हुने धरहरा परिसरमा पार्किङ सुविधासहितको पार्क, सङ्ग्रहालय, बच्चाका लागि खेल्ने पार्कलगायत निर्माण गरिने गरी प्रस्ताव गर्ने योजना टेलिकमले लिएको जानकारी दिए । करिब रु चार ...
  • बुक क्लोजको मिति थाहा पाईर… Feb 15, 2017 ArthatantraShare rights
    काठमाडौ । माउण्ट मकालु डेभलपमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत हकप्रद दिने भएको छ । बैंकले आगामी फागुन २५ गते वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ । मंगलबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । उक्त प्रयोजनको लागि फागुन १२ देखि २५ गते सम्म बैंकको बुक क्लोज हुने बैंकले जनाएको छ । प्रकाशित मितिः २०७३ फागुन ४