Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • मेगाका सेयरधनीले पाउने भए १३.२५ प्रतिशत बोनस सेयर, राष्ट्र बैंकले दियो… Jan 2, 2017 Arthatantramega-bank-
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले मेगा बैंकको बोनस सेयरलाई स्वीकृति प्रदान गरेको छ । जस अनुसार बैंकले १३ दशमलव २५ प्रतिशत बोनस सेयर निष्काशनका लागि स्वीकृति पाएको हो । मेगाका सेयर धनीले १ सय कित्ता बरावर १३ कित्ता बोनस सेयर पाउनेछन् । बैंकले बोनस सेयरको लागि लाग्ने कर रकम वापत शुन्य दशमलव ७० प्रतिशत नगद लाभांस समेत दिने भएको छ । ...
  • निरन्तर बढिरहेको सुन आज घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार Jan 1, 2017 Arthatantragold price design nepal
    काठमाण्डौं । केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यमा आज आइतबार ब्रेक लागेको छ । आइतबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सयले ओरालो लागेको छ । आज सुन तोलाको ५२ हजार ७ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको भाउ पनि सामान्य ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज आइतबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर ७ ...
  • २१ करोडको साधारण सेयरका लागि ७ अर्बको आवेदन ! अब कसरी पर्ला सेयर ? Dec 31, 2016 Arthatantraipo Demand
    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टको साधारण सेयरमा ७ अर्व बराबरको आवेदन परेको छ । कम्पनीले २१ करोड बराबरको सेयरका लागि आवेदन मागेकोमा देशभरका संकलन केन्द्रबाट ६ अर्ब ८३ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । सर्वसाधारणले न्यूनतम ५० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिनसक्ने व्यवस्था राखेको सिनर्जीले सर्वसाधारणका लागि पुुस ८ गतेदेखि आइपीओ खुलाएको ...
  • आकाशिदै सुनको भाउ, आज फेरि प्रति तोला रु ३ सयले बढ्यो Dec 30, 2016 ArthatantraGold
    काठमाण्डौं । आज शुक्रवार स्थनीय बजारमा सुनको भाउ तोलाको ३ सयले उकालो लागेको छ । बिहीवार ५२ हजार ७ सयमा कारोवार भएको सुन आज बढेर ५३ हजार प्रतितोला पुगेको हो । बुधबारदेखि लगातार सुनको भाउ बढिरहेकोछ । बुधाबार तोलाको ४ सयले बढेको सुन हिजो बिहीबार पनि तोलाको ३ सयले बढ्न पुगेको थियो । आज चाँदीको भाउमा भने स्थिर रहेको नेपाल सुनचाँदी ...
  • आकाशियो सुनको भाउ : हिजो तोलामा ४ सय, आज पुनः ३ सयले बृद्धि Dec 29, 2016 Arthatantragold-
    काठमाण्डौं । केही समयदेखि स्थिर रहेको सुनको भाउमा हिजो आज उकालो लाग्ने क्रम सुरु भएकोछ ।  हिजो बुधवार तोलाको ४ सयले बढेको सुन आज पनि ३ सय रुपैयाँले उकालो लागेको छ । हिजो बुधवार सुन तोलाको ५२ हजार ४ सयमा कारोवार भएको थियो भने आज बिहीवार सुन तोलाको ५२ हजार ७ सय पुगेको छ । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि ...
  • पहिलोपटक अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी न… Dec 28, 2016 ArthatantraGharelu
    काठमाडौ। नेपाल घरेलु तथा साना उद्योग महासंंघको आयोजनामा आगामी वैशाख ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा प्रविधि प्रदर्शनी हुने भएको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका थुप्रै युवा वैज्ञानिक र अनुसन्धानकर्ताले गरेको अनुसन्धानलाई प्रोत्साहन गर्नेगरी काठमाडौको भृकुटीमण्डपमा मेला आयोजना गरिने जनाएको छ । महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले देशको अर्थतन्त्रलाई अगाडि लैजान साथै नयाँ प्रविधिको विकास गर्न ...
  • डिप्रोक्स लघुवित्तले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश द… Dec 28, 2016 Arthatantrabuy hold sell sign share stock
    काठमाण्डौं । डिप्रोक्स लघुवित्तको ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश दिने भएकोछ । कम्पनीको १८५औं बोर्ड मिटिङले आज यस्तो प्रस्ताव गरेको हो । यो प्रस्तावलाई राष्ट्र बैंक र कम्पनीको आउने साधारण सभाले पारित गर्न भने बाँकी नै छ । २०७३र७४ को पहिलो त्रैमासिकको वित्तीय विवरणअनुसार खुद नाफा ६० दशमलव ७० प्रतिशत बढेर रू ६ करोड ९३ लाख पुगेको ...
  • सेयर बजार कारोबारको मुद्दा आज उच्च अदालतमा पाटनमा सुनुवाई हुँदै, के हो… Dec 28, 2016 ArthatantraLaw crime court
    काठमाडौँ । सेयर कारोबारलाई शतप्रतिशत ‘अनलाइन प्लेटफर्म’मा लैजान सफ्टवेयर अपग्रेड गर्नेबारे चर्किएको बिवादमा आज उच्च अदालतमा पाटनमा सुनुवाइ हुँदैछ। अनलाइन कारोबारका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्नै सफ्टवेयर खरिद गर्नु पर्ने माग सहित भारतीय कम्पनी इन्फिनिटी कम्युटर सोलुसन अदालत गएको हो। नेप्सेले गत बर्षको फागुनमा उक्त कम्पनीसँग सफ्टवेयर खरिदका लागि सम्झौता नै गरेको थियो। १० देखि १४ महिना भित्र नयाँ सफ्टवेयर जडान ...
  • अब घर जग्गा किन्नलाई बैंकहरुले ऋण नदिने Dec 27, 2016 ArthatantraNepal Rastra Bank
    काठमाण्डौं । बैंकहरूले घरजग्गा कारोबार (रियल इस्टेट)मा ऋण दिन बन्द गरेका छन् । वित्तीय प्रणालीमा तरलता संकट बढ्दै जाँदा रियल इस्टेट र सेयरको धितोमा दिने मार्जिन प्रकृतिका कर्जा प्रवाहमा रोक लगाउन थालेको बैंकरहरूले बताए । ‘सेयर धितोमा कर्जा दिन त केही साताअघिदेखि नै बन्द भइसकेको छ,’ नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, ‘अहिले रियल इस्टेटमा पनि कर्जा निरुत्साहित ...
  • सेयर किन्दै हुनुहुन्छ ? ६ कम्पनीको भयो सेयर मूल्य समायोजन Dec 26, 2016 ArthatantraStacks of coins
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले आज एक सूचना प्रकाशित गर्दै दश कम्पनीको मूल्य समायोजन भएको जानकारी गराएकोछ । यसरी मूल्य समायोजन हुने कम्पनीहरु र तिनीहरुको समायोजित मूल्य यस प्रकार रहेका छन् । मञ्जुश्री फाइनान्स इन्टिट्युसन लिमिटेड अर्थात् एमएफआईएलले प्रस्ताव गरेका १४ प्रतिशत बोनस र १७५ प्रतिशत हकप्रद सेयर वापतको मूल्य समायोजन भएर प्रति कित्ता कारोबार मुल्य रु १८२ तोकिएको छ ...