Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • फेरि घट्यो सुनको भाउ, ९ महि… Dec 6, 2016 ArthatantraGold
    काठमाण्डौं । सुनको मूल्य  मंगलबार पुनः घट्न पुगेको छ । आज १ सय रुपैयाँले घटेर सुन ५३ हजार ७ सय रुपैयाँमा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो मूल्य २०७२ साल फागुनयताकै सस्तो हो । फागुन २५ गते प्रतितोला ५३ हजार रुपैयाँमा सुनको कारोबार भएको महासंघले जनाएको छ। त्यस्तै, महासंघका अनुसार आज चाँदीको भाउ भने बढ्न पुगेकोछ । आज प्रतितोला ...
  • थाहा पाउनुभो, लघुवित्त विकास बैंकको १ लाख २५ हजार कित्ता सेयर बजारमा आ… Dec 5, 2016 Arthatantrabuy-sell-hold share stock
    काठमाण्डौं । नागवेली लघुवित्त विकास बैंक लिमिटेडले ५० प्रतिशत आर्थात् २ बराबर १ अनुपातको हकप्रद सेयरको बिक्री आजबाट खुल्ला गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका एक करोड २५ लाख रुपैयाँ बराबरको १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । लघुवित्तले हकप्रद प्रयोजनका लागि मंसिर ५ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो ।कम्पनीको हकप्रदमा मंसिर ४ ...
  • काठमाण्डौंमा जग्गा किन्ने सोचमा हुनुहुन्छ, हेर्नुहोस् कहाँ कति छ आनाको… Dec 4, 2016 Arthatantraland for sell jagga
    काठमाण्डौं । आजभोलि सबैको एउटा सपना हुन्छ कम्तिमा पनि ३/४ आना जग्गा लिने र घर बनाउने । तर, जग्गा चाहिँ कहाँ लिने त ? मूल्य कति पर्छ ? कसैले त्यही ठाउँमा दोब्बर मूल्य राखिरहेका हुन्छन् भने कसैले कम मूल्यमा जग्गा पाइरहेका हुन्छन् । यसैलाई मध्य नजर राखेर सरकारले जग्गाको मूल्यांकन गरिदिएकोछ । काठमाडौंका मालपोत कार्यालयले यही वर्ष राजधानीका जग्गाको पुर्न मूल्यांकन ...
  • राजनीतिको छायाँ परेपनि से… Dec 3, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ। धितोपत्र बजारमा यस साता रु पाँच अर्ब ८३ करोड २५ लाख ३५ हजार मूल्य बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार ७४ लाख ६१ हजार ३१० कित्ता सेयर कारोबार भएकोमा नेप्से परिसूचक पहिलो दिनको तुुलनामा १३१ अङ्कले बढेर साताको अन्तिम दिन एक हजार ६०० विन्दुमा पुगेको छ । कारोबार रकम गत साताको तुलनामा १५ दशमलव शुन्य दुई प्रतिशत ...
  • तपाई पनि सेयरको लगानीकर्ता हो ? पढ्नुहोस् बजारको घटबढले तपाईमा पार्ने … Dec 2, 2016 Arthatantrashare market loss
    काठमाण्डौं । हाम्रो सेयर बजारमा दैनिक रुपमा उतार चढाव आइरहेकोछ । १२ सयमा रहेको नेप्सेले १८ सय कट्यो र अहिले फेरि १६ सय छुने तल छर्ने १४ सय पुग्ने फेरि फर्किने गरिरहेकोछ । यस्तो बेलामा सेयरको उतार चढावसँगै हाम्रो जिन्दगीमा पनि उतार चढाव भइरहेको हुन्छ । एक अध्ययनले देखाए अनुसार, सेयर बजार ओरालो लागेका बेला केही बर्षअघि अमेरिकामा पनि नेपालमा जस्तै ...
  • ओरालो लाग्यो सुन, आजै तोला… Dec 1, 2016 Arthatantragold price design nepal
    काठमाण्डौं । बिहीबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । आज एकैदिन तोलमा ६ सय रुपैया मूल्य घट्दा सुन ५४ हजार रुपैयाँ प्रति तोलामा किनबेच भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको ७ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासंघले जानकारी दिएको छ । १६ मंसिर २०७३, ११।३०
  • बजारमा नुन अभाव हल्ला मात्… Nov 30, 2016 Arthatantrasalt
    पोखरा। साल्टट्रेडिङ कर्पोरेसनको पोखरास्थित गण्डकी अञ्चल कार्यालयले नुन अभाव नरहेको जनाएको छ । गोदाममा पर्याप्त मात्रामा नुन रहेकाले बजारमा अभाव भएको कुरा हल्ला मात्र भएको कार्यालयका लेखापाल सागर शेरचनले बताए । उनले हल्लाका पछि नलाग्न सर्वसाधारणलाई आग्रह गरेका छन् । “हाम्रो गोदाममा करिब २० हजार क्विन्टल नुन भण्डारण गरिएको छ,” उनले भने । पोखरा कार्यालयमार्फत गण्डकी अञ्चलभित्र बर्सेनि करिब ६५ हजार ...
  • उचालियो सेयर बजार, एभरेष्ट… Nov 30, 2016 Arthatantranepse
    काठमाण्डौं । आज सेयर बजारमा सबै सुचक हरियो भएपछि सेयर बजारले १६ सय अंक पार गरेको छ । आइतबार अध्यधिक मात्रामा घटेको सेयर बजार सोमबारदेखि सम्हालिएको थियो । केही दिन अघि मात्र १४०४ अंकसम्म झरेको बजारमा आज बुधबार नेप्सेमा एक सय ३५ कम्पनीको सेयर कारोबार भएकोछ ।  बजारमा आज १ अर्ब ३६ करोड ३५ लाख ८१ हजार रुपैंयाको किनबेच भएको हो ...
  • नेपाली रुपैंया कमजोर बन्द… Nov 29, 2016 ArthatantraDollar
    काठमाडौ। अमेरिकी डलरको भाउ फेरि ११० रुपैयाँ नाघेको छ। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको भाउ ११० रुपैयाँ २६ पैसा तोकेको छ। अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भए लगत्तै त्यहाँको केन्द्रीय बैंकले ब्याजदर बढाउने संकेत गरेपछि डलरको भाउ बढ्न थालेको छ। दुई सातायता अमेरिकी डलर निरन्तर बढ्न थालेको हो। ब्याजदरका कारण यसैपनि अमेरिकी डलर बलियो बन्दै गएको थियो। सँगसँगै भारतले ...
  • आज पनि उक्लियो सुनको भाउ, क… Nov 28, 2016 ArthatantraGold
    काठमाण्डौं । आज सोमबार बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बृद्धि भएको छ । आइतबार समान्य उकालो लागेको सुनको मूल्य आज पनि सोही गतिमा बढेको हो । सुनको मूल्य सामान्य बढेर प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी बजारमा चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चाँदी प्रतितोला १० रुपैयाँले ...