Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

सोमबार, मंसिर ४ , २०७४  |  
Tuesday, November 21, 2017
बजार
  • राष्ट्रिय गौरवको रानी जमरा आयोजनाको निर्माण कार्य… Nov 2, 2016 ArthatantraHydro_Power_Plant
    धनगढी। आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ । मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नुपर्ने तथा नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै सो आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो ...
  • बाटो डिष्टर्ब,यसरी गरियो भारतीय राष्ट्रपति भ्रमण सवारी पूर्वाभ्यास Nov 1, 2016 Arthatantrasawari
    काठमाडौ। भारतीय राष्ट्रपति प्रणव मुखर्जीद्धारा कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पुर्व अभ्यास तिहारको भाईटिकाको दिन आज गरिएको छ । आजको सवारी पुर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो । नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो । राष्ट्रिय सभागृहबाट लैनचौरस्थित ...
  • रातोमाटो बेचेरै यसरी चल्छ घरखर्च Oct 31, 2016 ArthatantraRed Mud
    म्याग्दी। बेनी नगरपालिका–१ ढाँडथर निवासी विपत्र समुदायले रातोमाटोलाई आयस्रोतको मुख्य आधार बनाएका छन् । आफ्नै घरनजिकको पाखामा खेर गइरहेको रातोमाटोलाई उनीहरूले आम्दानीको स्रोत बनाएका हुन् । रातोमाटोलाई पाथी र मानाको हिसाबमा बिक्री गर्दै आएका रत्नेचौरकी मिना विकले पाथीको रु ५० देखि रु८० सम्ममा बिक्री गर्ने गरेको बताइन् । त्यस्तै घर खर्च टार्न र बालबालिकाको पढाइ खर्च जुटाउनका लागि पनि माटोको व्यवसाय सहज ...
  • लक्ष्मिपूजाका लागि बालिएको दियोले पर्सामा आगलागी हुँदा लाखौंको क्षति ! Oct 31, 2016 Arthatantraaaglagi_
    पर्सा । पर्साको विभिन्न तीन ठाउँमा आज बिहान आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ । लक्ष्मीपूजाका लागि बालिएको दियोबाट पर्साको हपुर गाविसमा र विद्युत्को तार सर्ट भई वीरगन्ज उपमहानगरपालिकाको दुई स्थानमा आगलागी भएको हो । तीनै स्थानमा भएको आगलागीमा परि  ६२ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्जको उपमहानगरपालिका–१३ आदर्शनगर स्थित टायर गोदाममा विद्युत्को ...
  • सेयर बजार परिसुचक नेप्सेमा २३ अंकको गिरावट ! Oct 29, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौँ । तिहारको बिदा अगाडिको साता सेयर बजार परिसूचक नेप्सेका बारे सुखद समाचार सुन्न पाईएन । यो सातामा बजार परिसूचक नेप्सेमा २२.६८ अंकको गिरावट आएको हो । अघिल्लो साता पनि बजार ९ अंकले ओरालो लागेको थियो। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १७५९.७१ अङ्कमा पुगेको छ। सुरुका चार दिन लगातार घटेको बजार अन्तिम दिन ६ अंकले बढेको थियो। साता भरमा १५१ कम्पनीका ...
  • होस् गर्नुहोस्, कतै एटिएमबाट पैसा चोरी भएको त छैन ? Oct 28, 2016 ArthatantraATM card
    काठमाडौ । तपाईले आफ्नो खाताको रकम चेक गर्नुभएको छ ? नभए चेक गर्नुस् है । कसैले नक्कली एटिएमको प्रयोग गरि तपाईको खाताको रकम झिकिदिनपनि सक्छ । किनकि नक्कली एटिएम कार्डको प्रयोग गरी अन्य व्यक्तिको रकम निकाल्ने कार्यमा संलग्न एक बुल्गेरियाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । डिमो एटान्सोभ स्टेफनोभ नामका ३८ वर्षीय उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले बिहीबार ठमेलबाट पक्राउ ...
  • आज फेरि प्रति तोला २ सयले बढ्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ! Oct 28, 2016 Arthatantragold-
    काठमाण्डौं । आज शुक्रबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला २ सयले बढेको छ । हिजो बिहीबार तोलाको ५६ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ७ सय पुगेको हो । आज चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो बिहीबार चाँदी तोलाको ८ सय १० रहेको थियो भने आज शुक्रबार पनि सोही ...
  • तिहारअघि बढेर नै बन्द भयो बजार, सेयरमा ६ अंकको सुधार Oct 27, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौ। बिहीबार सेयर बजार निकै उतारचढावका बीच हरियो अंक कायम गर्न सफल भयो । कारोबारको शुरुवाती चरणमा ओरालो लागेपनि अन्तिमसम्म आईपुग्दा बजार ६ दशमलव २५ अंकले बढ्न पुग्यो । बिहिबार नेप्से १७५९ अंकमा रोकिएको छ । बुधबारको तुलनामा नेप्से परिसूचक उकालो लागे पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ८१ करोड रुपैयाँको सेयर कारोबार भएको थियो भने बिहीबार ६९ ...
  • विकास बैंकको २२ प्रतिशत बोनस, ३५ प्रतिशत हकप्रद Oct 27, 2016 Arthatantrasahayogi_bikas_bank
    काठमाडौ। सहयोगी विकास बैंकले सेयरधनीलाई २२ प्रतिशत बोनस दिने र ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । बैंकको आगामी साधारणसभा आगामी मंसिर ११ गते हुने भएको छ । साथै, बैंकको सेयर कारोबार कात्तिक १९ गतेदेखि आगामी मंसिर ११ ...
  • सुनको भाउ एकाएक बढ्न थाल्यो, हेर्नुहोस् कति पुग्यो ! Oct 26, 2016 ArthatantraGold
    काठमाण्डौं । केही समय यता स्थिर रहेको सुनको मूल्य आज बढेको छ । आज बुधबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । सुनको मूल्य बढेर प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा करोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै आज बजारमा चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ चाँदी बढ्न पुगेको हो ...