Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • बैंकले दिने भयो १८.५ प्रतिशत बोनस सेयर Sep 29, 2016 ArthatantraBonus-share
    काठमाण्डौ । विराटलक्ष्मी विकास बैंकले १८.५ प्रतिशत सेयर लाभांश वितरणको घोषणा गरेको छ । असोज १३ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सेयरधनीलाई १८.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । यो प्रस्ताव समेत नियामक नेपाल राष्ट्रबैंकको र कम्पनीको आगामी साधारणसभाबाट पारित हुनुपर्छ । विराटलक्ष्मी बैंकले आर्थिक वर्ष ...
  • आज पनि सेयर बजारमा गिरावट, सबै सूचक झर्दा एउटा समूह भने ११ अंकले उक्लि… Sep 28, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । सेयर बजारमा लगातार गिरावट आइरहेकोछ । आज बुधबार पनि सेयर बजार ४.६२ अंकले झरेको छ । सूचकका साथसाथै बजारमा कारोबार रकमसमेत झरेको छ । दिनभरीमा १३६ कम्पनीका ७५ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बजार ओर्लिए पनि उत्पादनमूलक र अन्य सुचक भने उक्लिएको छ । उत्पादनमूलक ११ अंक र अन्य समूह आधा अंकले उक्लिएको हो । आज ...
  • छतमा यात्रु राख्न नपाएपछि अग्रिम टिकट बुकिङ बन्द, के होला अब ? Sep 28, 2016 Arthatantra
    काठमाण्डौं ।  सरकारले छतमा यात्रु नराख्न निर्देशन दिएपछि नाफा नहुने भन्दै बस व्यवसायीले दशैंका लागि अग्रिम बुकिङ खुलाएको तीन दिनमै टिकट काट्न बन्द गरेका हुन् । अहिले गोंगबुको नयाँ बसपार्कमा पश्चिम रुटका सबै काउण्टरमा बुकिङ बन्द छ । सरकारले सिट भन्दा बढी  यात्रु राख्न नदिएपछि व्यवसायीहरुले बुकिङ बन्द गरेका हुन् । सरकारले भएका गाडीमा सिटको एक चौथाई बढी यात्रु मुडा अथवा ...
  • दशैं नजिकिँदै गर्दा सस्तियो सुन Sep 27, 2016 Arthatantragold-
    काठमाण्डौं । मंगलबार सुनचाँदीको मूल्य सामान्य घटेको छ। सुन प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ५८ हजार ९ सय रुपैयाँ रहेकोमा मंगलबार ५८ हजार ७ सय रुपैयाँ कायम भएको छ। त्यस्तै प्रतितोला ८ सय ८० रुपैयाँ रहेको चाँदी ८ सय ७५ मा झरेको महासंघले जनाएको छ। प्रकाशितः २०७३ ...
  • झुक्किनुहोला है, आजबाट बजारमा आयो नयाँ ५० को नोट ! Sep 27, 2016 ArthatantraNew note of NRS  50
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजदेखि रु ५० दरका नयाँ नोट बजारमा पठाउने भएको छ। नयाँ नोटमा गभर्नरका रुपमा डाक्टर चिरञ्जीवी नेपालले हस्ताक्षर रहेकोछ भने पुरानो नोटमा भएको चित्रको ठाउँमा नयाँ चित्र आएकोछ । पुरानो नोटमा हिमालतिर भेटिने भनिएको हिमाली भेडा अर्थात् थारको तस्बिर थियो। थार प्रमाणित जनवार होइन।  थार छ भनिएको छ तर त्यो छ कि छैन कसैलाई थाहा छैन, ...
  • तरकारी मूल्य २ सय २८ प्रतिशतसम्म बृद्धि, किन बढ्यो यसरी ? Sep 26, 2016 ArthatantraVegetables
    काठमाण्डौं । अहिले नेपाली बजारमा तरकारीको मूल्य आकासिएको छ । यसरी तरकारीको भाउ बढ्दा उपभोक्ताको मासिक आय÷व्यय समेत प्रभावित हुन पुगेको छ। अहिले सोह्रा श्राद्ध चलिरहेको र माछा मासु अण्डा नखाने भएकोले तरकारीमा चाप परेको मूल्य बढेको तरकारी व्यवसायीहरुको तर्क छ । श्राद्धको अवधिभर मासुको साटोमा तरकारीको प्रयोग बढी हुँदा मूल्य बढेको बताइएकोछ । सोह्र श्राद्धमा काँक्रो, गाजर, टमाटर, काउली, परवर लगायतका ...
  • दसैंका लागि नयाँ नोट साट्ने हैन त, भोलीबाटै उपलब्ध हुँदै ! Sep 25, 2016 Arthatantranepali money nepali rupees
    काठमाण्डौं । नेपाल राष्ट्र बैंकले दसैंका लागि आजबाट बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराउन थालेको छ । बैंकहरुले भोलीबाटै नयाँ नोट सर्वसाधारणलाई उपलब्ध गराउने छन् । राष्ट्र बैंकको कार्यालयबाट भने सर्वसाधारणले असोज १६ गतेबाट नयाँ नोट साट्न सक्छन् । राष्ट्र बैंकले एक जनालाई ३७ हजार रुपैयाँ नयाँ नोट उपलब्ध गराउने छ । बैंक तथा वित्तीय संस्थाहरुलाई आजदेखि आउँदो १४ ...
  • नबिलको एक अर्बको म्युचुअल फण्डमा ६ अर्ब भन्दा बढि रुपैयाँको आवेदन ! Sep 24, 2016 Arthatantranabile bank
    काठमाण्डौं । नबिल इन्भेष्टमेन्ट बैंकिङले निश्कासन गरेको नबिल इक्वीटी फण्डमा माग गरिएभन्दा ६ गुणा बढी रकमको आवेदन परेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले ल्याएको एक अर्ब रुपैयाँको दोस्रो म्युचअल फन्ड नबिल इक्विटी फन्डमा करिब ६ अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीले माग गरेभन्दा बढी आवेदन परेपछि यो फण्डको आकार समेत २५ प्रतिशतले बढेर एक अर्ब २५ करोड ...
  • अब उद्योग व्यवसाय हड्ताल मुक्त क्षेत्र, बन्द हड्ताल गरे कडा सजाय हुने … Sep 23, 2016 Arthatantraclosed
    भक्तपुर । उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्योग व्यवसाय क्षेत्रलाई अब बन्द हडतालमुक्त क्षेत्र बनाइने बताएका छन् । उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री जोशीले सबै दलसँग छलफल गरी बन्द हड्ताल मुक्तक्षेत्र बनाउन सरकारले ऐन नियम बनाउने तयारी गरिरहेको बताए। लगानीमैत्री वातावरण नहुँदा पुँजी र मानवस्रोत पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरले आफ्ना ...
  • अब जियोनी मोबाइल किन्दा दुबई घुम्न पाइने ! Sep 20, 2016 ArthatantraGionee-M21
      काठमाण्डौं । चिनियाँ स्मार्टफोन जियोनीले चाडपर्वलार्इ लक्षित गर्दै जियोनी उत्सव अफर, दुबर्इ सफर योजना ल्याएको छ। कम्पनीले योजना अन्तर्गत जियोनी स्मार्टफोन खरीदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । स्क्रयाच कार्डमार्फत जियोनीका एक्सक्लुसिभ गिफ्ट, ५० वटा जियोनी एफ १०३ प्रो मोबार्इल सेट र १२ वटा दुबर्इ ट्रिप पाउने कम्पनीले जनाएको छ। दुबर्इ ट्रिपमा हवार्इ टिकटसहित चार दिन तीन रात बस्न र खानको ...