Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • डेभलपमेण्ट बैंकको सेयर भर… Sep 2, 2016 Arthatantrabank_1
    काठमाण्डौं । माउण्ट मकालु डेभलपमेण्ट बैंकले १ बराबर १.५ अर्थात डेढ सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । बैंकले ३ करोड ९० लाख रुपैयाँ बराबरको ३ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्काशन गरेको हो । बैंकको हकप्रदमा असोज १९ गतेसम्म आवेदन दिन पाइनेछ । हकप्रद सेयर निष्काशनका लागि बैंकले गत साउन २१ गते बुक क्लोज गरेको थियो । ...
  • पैसा तयार पार्नुहोस्, हाइड्रोपावरले ल्याउँदैछ साढे ११ लाख कित्ता सेयर … Sep 2, 2016 Arthatantraunited-Modi
    काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर  लिमिटेडले आगामी भदौ २६ बाट साधारण शेयर  निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । यो शेयरमा आयोजना प्रभावित क्षेत्र (उद्योग प्रभावित क्षेत्र) पर्वत जिल्लाका बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको ...
  • अटो सोमा तीन दिनमा १० करोड … Sep 2, 2016 Arthatantramotorcycle bike
    काठमाण्डौं । राजधानीको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा तीन दिनमा दस करोड १५ लाख रुपैयाँ भन्दा बढीको बाइक तथा स्कुटरको बुकिङ भएको छ। विभिन्न कम्पनीका १५ स्टलबाट दुई सय ७१ जना ग्राहकले बुक गरेका हुन्। जसमध्ये ७६ वटा बाइक तथा एक सय ९८ वटा स्कुटर छन्। सैंको मुखमा सुरु भएको नाडा अटो शोमा ग्राहकलाई आकर्षित गर्ने उदेश्यले १५ प्रतिशत सम्मको ...
  • थाहा छ तपाईलाई खाना पकाउने… Sep 2, 2016 ArthatantraGas
    काठमाण्डौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर पचास रुपैयाँ मूल्य घटाएको छ । निगम व्यवस्थापनले शुक्रबारदेखि लागु हुने गरी ग्यासमा पचास रुपैयाँ मूल्य घटाएको हो । इन्डियन आयल कर्पोरेशनले विहिवार पठाएको मूल्यपछि निगमले ग्यासको मूल्य घटाएको हो । निगमले अरु पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । अब उपभोक्ताले एक सिलिण्डर ग्यास १३ सय २५ रुपैयाँमा ...
  • तीजका लागि गहना जोड्ने हैन… Aug 31, 2016 ArthatantraGold
    काठमाण्डौं । चाडवाडको समय नजिँकिँदै गर्दा सुनको मूल्यमा घटबढ हुन थालेको छ । आज बुधवार बजारमा सुनको मूल्यमा पनि केही कमी आएकोछ । आज सुनको मूल्यमा प्रति तोला ३ सय रुपैयाँ कम भएकोछ । आज बजारमा सुन प्रति तोला ५८ हजार ४ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएकोछ । मंगलवार सुन प्रतितोला ५८ हजार ७ सयमा कारोवार भएको थियो । आज ...
  • अटो शोमा बैंकले १ घण्टामै … Aug 31, 2016 Arthatantranada1
    काठमाण्डौं । राजधानीमा जारी नाडा अटो शोमा स्टल राखेका ११ बाणिज्य बैंकले नागरिकताको प्रमाणपत्र र आयस्रोतको कागजात लिएर आए एक घण्टा भित्र ऋण स्विकृत गर्ने र तीन दिन भित्र भुक्तानी दिइ सक्ने जानकारी गराएका छन्। सबैभन्दा सस्‍तो ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड र एनआईसी एसिया बैंकले तोकेका छन्। निजी प्रयोजनका गाडीमा यी बैंकले ६.२५ प्रतिशत ब्याज लिने जनाएका हुन्। स्ट्यान्डर्ड चार्टर्डले आठ बर्ष ...
  • सुन टल्काइदिन्छु भन्दै यस… Aug 30, 2016 Arthatantragold
    काठमाडौ ।गहना मैलोधैलो भएको छ ? चिन्ता गर्नुपर्दैन, घरघरै सफा गरिदने समूह डुल्दै छन् । टलक्क टल्कने सफा गहना लगाउन चाहनाले यस्ता व्यक्तिलाई गहना सुम्पेर ढुक्क चाहिँ नहुनुस् किनकि तपाईं तिनिहरुबाट लुटिन सक्नुहुन्छ। सफा गरिदिने बहानामा गाउँ–गाउँ चहार्ने समूहले रसायन प्रयोग गरेर सुन लुटिरहेको पाइएको प्रहरीले जानकारी दिएको छ। पुराना गहना पनि एकैछिनमा टल्काइदिने भन्दै रसायन प्रयोग गर्ने लुटेराले प्रत्येक गहनाबाट थोरै–थोरै ...
  • एयरपोर्टभित्र साढे सात गु… Aug 30, 2016 ArthatantraTIA
    काठमाडौ । त्रिभुवन विमानस्थलभित्र रहेका पसलमा वस्तुको मूल्य साढे सात गुणा बढी लिने गरेको पाइएको छ । आपूर्ति मन्त्रालयले गरेको अनुगमनको क्रममा विभानस्थलभित्र खाद्य तथा पेय पदार्थमा चर्को मूल्य असुल्ने गरेको फेला परेको हो । मन्त्रालयका शाखा अधिकृत श्रीरामप्रसाद भट्टको नेतृत्वमा गएको अनुगमन टोलीले क्लासिक मार्ट, कार्की मल्टिपल ट्रेड एन्ड सप्लायर्स र एबीपी मार्टमा अनुगमन गरेको थियो । यसैगरी म्याद नाघेका ...
  • दैनिकरुपमा पसल सिलबन्दी, स… Aug 29, 2016 Arthatantrasilbandhi
    काठमाडौ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको सक्रियतामा दैनिकरुपमा आक्रामक अनुगमन भईरहेको छ । सोहिक्रममा सोमबारको अनुगमनकाक्रममा विभिन्न पसलमा सिलबन्दी गरियो । सामान जफत गरिएको छ । व्यवसाय नवीकरण नगरेको कारण प्रकाश पोलिक्लिनिक प्रालि टेकु र टेकु ल्याब प्याथोलोजीलाई सिलबन्दी गरीयो । थप कारबाहीका लागि विभागमा बोलाइएको छ । त्यसैगरी प्रकाश फार्मेसिया टेकु, तिवारी मेडिकल हल कुलेश्वर र  निलम ...
  • दैनिक उपभोग्य वस्तुमा असो… Aug 28, 2016 Arthatantrasupath
    काठमाडौ । सरकारले आसन्न दशै तिहार छठ पर्वहरुलाई लक्षित गरी सुपथ मूल्यमा उपभोग्य सामाग्री उपलब्ध गराउने उदेश्यले असोज १ देखि सहुलियत पसल संचालन गर्ने भएको छ । दलहन, चामल, घ्यू, तेल, नुन, चिनी, पनीर, खसी, बोका, चाङग्रा, खाना पकाउने ग्याँसमा सहुलियत दरको सुपथ मूल्य पसल संचालन गर्न लागिएको आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीद्धारा जारी विज्ञप्ती ...