Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • आज भारी मात्रामा ओरालो लाग्यो सुनको भाउ ! Jun 23, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बिहीवार स्थानीय बजारमा सुनको भाउ अत्यधिक मात्रामा ओरालो लागेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो । हिजो बुधवार सुन प्रतितोला ५६ हजार ५ सयमा कारोबार भएको थियो । आज रु ५ सयले घटेपछि सुनको भाउ ५६ हजार तोलमा कारोबार भइरहेकोछ । त्यस्तै चाँदीको भाउ पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । बिहीवार ...
  • भोलि र पर्सी काठमाण्डौंमा खाद्य मेला हुँदै ! Jun 23, 2016 Arthatantragyakok-chinese-food
    काठमाण्डौं । ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रबर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीमा सुधार गरौँ’ भन्ने नाराका साथ भृकुटीमण्डपमा भोलि शुक्रबार र शनिबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा मेला हुने भएको छ । स्थानीय अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने र अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने उद्देश्यले खाद्य मेला आयोजना ...
  • आज सुनको भाउ घट्यो, चाँदी स्थिर Jun 20, 2016 Arthatantragold-
    काठमाण्डौं ।  आज सोमबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको  छ। आइतबार प्रतितोला ५७ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५६ हजार ८ सयमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाउ भने आज स्थिर छ। हिजो प्रतितोला ८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा भएको छ। प्रकाशितः २०७३ असार ६
  • सुन चाँदीको मुल्यमा भारि बृद्धि Jun 19, 2016 ArthatantraGold
    काठमाण्डौं ।  साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ। शुक्रबार प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज ५७ हजारमा भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी पनि प्रतितोला ५ रुपैयाँले बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला ७ सय ९५ रुपैयाँ रहेको चाँदी आज ८ सय रुपैयाँ कायम भएको छ। प्रकाशितः २०७३ असार ५
  • विकास बैंकले ल्यायो ५० प्रतिशत सेयर ! Jun 19, 2016 Arthatantrakanchan-development-bank
    काठमाण्डौं । कञ्चन डेभलपमेण्ट बैंक लिमिटेडको विशेष साधारण सभाले ५० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकले पुँजी बृद्धिका लागि हकप्रद निष्कासन गर्न लागेको हो । दुई बराबर एकका दरले हकप्रद निष्कासन गर्दा चुक्ता पुँजी २९ करोड ७० लाख रुपैयाँ पुग्नेछ । त्यस्तै साधारण सभाले सस्थापक समूहमा रहेको ७० प्रतिशत मध्येबाट २७.१४ प्रतिशत सेयर साधारण समूहमा परिवर्तन गर्ने ...
  • सस्तोमा सुन किन्न खोज्दा गुम्यो ४० लाख Jun 18, 2016 ArthatantraGold
    काठमाडौं । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो। यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि अर्को कोठाबाट सुन लिएर आउने भन्दै सोनी पैसा लिएर फरार ...
  • आज अत्यधिक मात्रामा घट्यो सुनको भाउ ! Jun 17, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको भाउ घटेको छ। साताको पहिलो दिन आइतबारदेखि लगातार उकालो लागेको सुनको भाउ अन्तिम दिन भने तोलामा चार सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ५६ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। विहिबार सुनको भाउ तोलाको ५७ हजार रुपैयाँ पुगेको थियो। सुनको भाउ सँगै चाँदीको दस रुपैयाँले सस्तिएको छ। ...
  • सेयरमा लगानी गर्दा सचेत हुन धितोपत्र बोर्डले दियो फेरि निर्देशन Jun 17, 2016 Arthatantrastock market
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले फेरि लगानीकर्तालाई सचेत हुन भन्दै नेप्से परिसूचक निकै माथि पुगेको भन्दै लगानी गर्दा विवेकपूर्ण निर्णय गर्न आग्रह गरेको छ। बोर्डले विहीबार बजार बन्द भईसकेपछि विज्ञप्ति जारी गर्दै धितोपत्रमा गरिने लगानी जोखिम रहित नहुने भएकोले लगानीकर्तालाई सचेत हुन आग्रह गरेको हो । ‘पूँजी बजारमा सहभागी भई लगानी गर्नु लगानीकर्ताहरुको हक हो भने लगानीकर्ताहरुलाई बजार, सूचिकृत संगठित संस्थाहरु ...
  • आज पनि महँगियो सुन Jun 16, 2016 Arthatantragold-
    काठमाण्डौं ।  सुनको मूल्य अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढेर प्रतितोला ५७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार र बुधबार सुन प्रतितोला ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। अमेरिकी अर्थतन्त्रमा अपेक्षाअनुसार सुधार आउन नसक्दा सुनको लगानीतर्फ आकर्षण बढेको छ। जसले गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य महँगिएपछि नेपालमा पनि असर परेको हो । त्यस्तै चाँदीको मूल्य ...
  • सुन तस्कर भारतीय, भरिया नेपाली Jun 16, 2016 ArthatantraGold
    काठमाण्डौं ।  नेपाली युवालाई भरिया बनाएर भारतीय सुन तस्करले आफ्नो कारोबार चलाइरहेका छन्। केही समययता सुन तस्करीको अभियोगमा नेपाली युवा भारतीय भूमिमा पक्राउ परिरहेका छन्। भारतीय प्रहरीको अनुसन्धानबाट पक्राउ धैरै नेपाली ‘भरिया’ मात्रै रहेको खुलेको छ। सुन ओसारेको आरोपमा पक्राउ धैरैले आफूलाई यो काममा लगाउने समूह अर्कै रहेको बयान प्रहरीलाई दिएका छन्। उनीहरुले आफू भरिया मात्रै रहेको बयान दिए पनि कानुनी ...