Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • सरकारपछि बजारको मारमा भूकम्पपीडित May 1, 2016 ArthatantraA Nepali man carries recovered belongings through the street in the ancient city of Bhaktapur in the Kathmandu Valley on April. 28, 2015. Nepal had a severe earthquake on April 25th. Photo by Adam Ferguson for Time
    काठमाण्डौं । भूकम्पका कारण उपत्यका लगायत ३२ जिल्लामा क्षति भएका ६ लाख भन्दा बढी भौतिक संरचना पुर्ननिर्माण गर्नु पर्ने अवस्थामा भूकम्प पीडितलाई बजारले पनि वेवास्ता गरेकोछ । बजारमा निर्माण सामाग्रीको मूल्य बढेसँगै भूकम्प पीडित थप मारमा परेका हुन् । निर्माण सामाग्री मध्ये फलामे डण्डीमा अहिले प्रतिकिलो १० रुपैयाँसम्म बढेको छ । भूकम्पको समयमा उपभोक्ताले प्रतिकिलो ७० रुपैयाँमा खरिद गरेको डण्डीको मूल्यमा ...
  • यो साता १५ सयले महँगियो सुन Apr 30, 2016 Arthatantragold-
     काठमाडौं । यो साताभर सुन तोलामा १५ सय रुपैयाँले महँगिएको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आइतबार ५४ हजार ८ सय, सोमबार ५४ हजार ९ सय, मंगलबार ५५ हजार १ सय, बुधबार ५५ हजार २ सय, बिहिबार ५५ हजार ३ सय हुँदै अन्तिम दिन शुक्रबार मात्रै प्रतितोला १२ सय रुपैयाँले बढेर ५६ हजार ...
  • बैंकको २ करोड ७ लाख कित्ता सेयर बजारमा थपियो Apr 29, 2016 Arthatantranepse_photo
    काठमाण्डौं । नेपाल इन्भेष्टमेन्ट बैंकसहित ८ कम्पनीका २ करोड ७ लाख कित्ता सेयर बजारमा थपिएको छ। कम्पनीका साधारण, बोनस र हकप्रद सेयर बजारमा सूचीकृत भएको हो। सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख ७३ हजार ६ सय ७५ कित्ता बोनस सेयर थपिएको छ। सो कम्पनीको ९० लाख कित्ता साधारण एफपीओ सेयर पनि बजारमा चाँडै नै सूचीकृत हुने छ। हाल कम्पनीको ...
  • आकाशियो सुनको भाउ Apr 29, 2016 Arthatantragold-
    काठमाण्डौं । साता कारोबारको अन्तिम दिन सुनचाँदीको मूल्यमा भारी बृद्धि भएको छ। अघिल्लो दिन प्रतितोला १ सय रुपैयाँले बढेको सुन आज १२ सय रुपैयाँले बढेको छ। हिजो प्रतितोला ५५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएकोमा आज यो मूल्य ५६ हजार ५ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि बढेर प्रतितोला ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन प्रतितोला ७ ...
  • फेरि आइपुग्यो बजारमा १० लाख कित्ता सेयर Apr 29, 2016 ArthatantraSangrila-development bank
    काठमाण्डौं । सांग्रिला डेभलपमेन्ट बैंकको १० लाख कित्ता सेयर लिलाममा बेच्ने भएको छ । सस्थापक समूहले नौं लाख ६७ हजार पाँच सय ४० कित्ता हकप्रद सेयर नकिनेपछि बैंकले लिलाममा बेच्न लागेको हो । सर्वसाधारण लगानीकर्ताले पनि ७१ हजार सात सय ७३ कित्ता सेयरमा आवेदन नदिएपछि बैंकले लिलाममा बेच्न लागेको हो । धितोपत्र विक्री प्रबन्धक एनएमबी क्यापिलले यो सेयर लिलाम गराउने छ ...
  • सुनको भाउ आज पनि बढ्यो Apr 28, 2016 ArthatantraGold
     काठमाण्डौं ।  आज पनि सुनको मूल्य १ सयले बढेको छ। यसअघि हिजो ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज ५५ हजार ३ सय कायम भएको छ। त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ। हिजो ७ सय ८५ कायम भएको चाँदी आज पनि सोही भाउमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। प्रकाशितः २०७३ वैशाख १६
  • सेयर बिक्रीबाटै हुने भो सोचेभन्दा ५ करोड बढी आम्दानी Apr 28, 2016 Arthatantra
    काठमाण्डौं । एनआईडिसी डेभलपमेन्ट बैंकले बोलकबोलबाट बेच्न लागेको नबिल बैंकको सेयर प्रति कित्ता १६३० रुपैयाँको हाराहारीमा बिक्री हुने भएपछि कम्पनीले सोचेभन्दा ५ करोड रुपैयाँ बढी कमाउने भएकोछ । न्युनतम १३५३ रुपैयाँमा बोलकबोल गराइएको यो सेयर किन्न प्रतिकित्ता १६२० रुपैयाँभन्दा बढी मूल्य ‘कोट’ गरेर चार सयको हाराहारीमा आवेदन परेको छ । एनआईडिसीले हिजो मंगलबारदेखि आवेदन छुट्याउने काम थालेको हो । यो कम्पनीले आफ्नो ...
  • प्राथमिक सेयरको कारोबार अब दुई महिना भित्रै ! Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयरको कारोबार सुरु हुन लाग्ने समय घटाउन गृहकार्य थालेको छ । बोर्डले सेयर निष्कासन देखि कारोबार गर्दासम्म जम्मा दुई महिनामात्रै लाग्ने गरि नयाँ व्यवस्था गर्न लागेको हो । ‘हामी अहिलेको समय घटाउने गृहकार्यमा छौं, बोर्डका कार्यकारी निर्देशक निरज गिरीले भने, अहिले ६ महिना भन्दा बढी समय लाग्छ । यसलाई घटाएर दुई महिनामा झार्ने योजना छ ...
  • आज मात्रै आयो २ करोड ७ लाख कित्ता सेयर Apr 26, 2016 Arthatantra
    काठमाण्डौं । आज मंगलबार सेयर बजारमा विभिन्न आठ कम्पनीको २ करोड ७ लाख कित्ता सेयर सुचीकृत भएको छ । आठ कम्पनीहरुको साधारण, हकप्रद र बोनश सेयर गरी उक्त परिमाणको सेयर सुचीकृत भएको हो । उक्त सेयरमध्ये नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५७ लाख कित्ता सयर समावेश रहेको छ भने रिलायन्स लोटस फाइनान्सको एफपिओ बाट वितरण गरिएको ५१ हजार कित्ता सेयर पनि ...
  • सुनको मूल्य ५५ हजार नाघ्यो Apr 26, 2016 ArthatantraGold
    काठमाण्डौं । दुई सातापछि सुनको मूल्य पुनः ५५ हजार नाघेको छ। यसअघि चैत ३० गते ५५ हजार २ सय रुपैयाँ रहेको सुनको भाउ त्यसयता ५५ हजार वा सोभन्दा मुनि कायम रहेको थियो। हिजो सोमबार ५४ हजार ९ सय रुपैयाँ रहेको सुनको भाउ आज मंगलबार ५५ हजार १ सय रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। सोमबार ...