Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • डिसहोमले ‘बजाइराखौं ताली ३००० छुट फेरी यसपाली’ योजना ल्याय… Apr 22, 2016 ArthatantraDish_Home
    काठमाडौं। डिसहोमले नयाँ बर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ। ग्राहकहरुलाई लक्षित गरी बजारमा ‘बजाइराखौं ताली ३००० छुट फेरी यसपाली’ नामको नयाँ ग्राहक योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले ५९९९ रुपैयाँ पर्ने हाईब्रिड सेटअप बक्ससहितको डिस होम एचडी कनेक्सन २९९९ रुपैयामा जडान गर्न सक्नेछन्। कम्पनीले यो योजना २०७३ बैशाख २ गते देखि लागू गरिएको र सिमित अवधिको लागि संचालनमा रहने ...
  • बजारमा आयो १८ लाख १८ हजार ४… Apr 21, 2016 Arthatantrashare
    काठमाण्डौं । गत बर्षको नाफाबाट वोनस सेयर वितरण गरेका तीन कम्पनीले आफ्नो सेयर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत गराएका छन् । एभरेष्ट फाइनान्स, टुरिज्जम डेभलपमेन्ट बैंक र सहयोगी विकास बैंकको सेयर सुचिकृत भएको हो । तीन बैंकको कुल १८ लाख १८ हजार ४३० कित्ता वोनस सेयर सुचिकृत भएका हुन् । बिहीबार सबैभन्दा वढि टुरिज्जम डेभलपमेन्ट बैंकको १० लाख ८५ हजार ४४० कित्ता ...
  • आकाशियो सुनको भाउ ! Apr 20, 2016 ArthatantraGold
    काठमाण्डौं । आज बजारमा सुन र चाँदी दुबैको भाउ आकाशिएको छ । आज सुनमा प्रतितोला ६ सय रुपैयाँले बृद्धि भएकोछ । हिजो प्रतितोला ५४ हजार ४ सयमा कारोबार भइरहेको सुन आज ६ सय रुपैयाँले बढेर ५५ हजार रुपैयाँ पुगेको हो । त्यस्तै, बजारमा लामो समय यता चाँदीको मुल्य एकै पटक तोलामा २५ रुपैयाँले बढेको छ । प्रतितोला ५ रुपैयाँदेखि १५ रुपैयाँको ...
  • सेयर बजारमा बैंककै हालीमु… Apr 19, 2016 Arthatantrashare
    काठमाण्डौं । वाणिज्य बैंकहरुमा लगानीकर्ताहरुको आकर्षण बढेपछि आज मंगलबार पनि नेप्से थप उचाईमा पुगेको छ । मंगलबार नेप्से २।२१ अंकले बढेर हालसम्मकै उच्च विन्दु १४३०.८१ अंकमा पुगेको छ । आज बजारमा १३३ कम्पनीको ८२ करोड ३६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । कारोबारमा आएका अधिकांश समुहको सूचक घटेपनि बजार उकालो लागेको छ भने समग्र कारोबारमा केहि गिरावट देखिएको छ ...
  • सुनको भाउ घट्यो Apr 19, 2016 ArthatantraGold
    काठमाण्डौं । आज मंगलबार सुनको भाउ १ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सुन आज ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको भाउ हिजो ५४ हजार ५ सय रुपैयाँ कायम थियो। चाँदीको भाउ भने आज स्थिर रहदैँ प्रतितोला ७ सय ५० रुपैयाँमै कारोबार भएको छ। प्रकाशितः २०७३ वैशाख ७
  • आजै मात्र १९ करोड ६७ लाख रु… Apr 18, 2016 Arthatantrashare
    काठमाण्डौं । आज सोमबार बजार १९.१७ अंकले उक्लिएर १४२८.६० अंकमा पुगेको छ भने बजारमा १३३ कम्पनीको ९० करोड ६७ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बाणिज्य बैंकहरुसँगै बिमा कम्पनी चम्किँदा बजार निकै उक्लिएको हो । स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, नेपाल एसबिआइ र नबिल बैंकको सेयर सोमबार चम्किएका छन् । बाणिज्य बैंक र बिमाले सेयर बजारलाई नयाँ उचाइमा पुर्‍याएका हुन् । सबैभन्दा बढी ...
  • अब नेपाल लाइफले डिम्याट से… Apr 18, 2016 ArthatantraNepal Life Insurance
    काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले डिम्याट सेयर मात्रै वितरण गर्ने भएको छ । डिम्याट सेयरको मात्रै कारोबार भइरहेकोले कागजी प्रमाणपत्र वितरण नगर्ने जानकारी कम्पनीले दिएको हो । यो कम्पनीको सेयर किनेका लगानीकर्तालाई सबै सेयर डिम्याट गराउन आग्रह गर्दै कम्पनीले हाल घोषणा गरेको बोनस सेयर पनि डिम्याट मात्रै दिने जनाएको छ। भौतिक सेयर प्रमाण पत्र उपलब्ध गराउँदा यस्ता प्रमाणपत्रको कारोबार गर्न ...
  • भारतको खडेरीले नेपाली बजा… Apr 18, 2016 ArthatantraBasmati Rice
    काठमाण्डौं । पछिल्लो दुई सातामा भारतमा खाद्यान्नको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । बजारमा दाल, चामल र खानेतेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । अहिले मुसुरोको दाल प्रतिकिलो २५ रुपैयाँले बढेर १ सय ५० रुपैयाँ पुगेको छ भने मासको दाल पनि २५ रुपैयाँले बढेको छ । नेपाली मासको दाल किलोको २ सय ५० र भारतीय २ सय ३० ...
  • साझाको पेट्रोलपम्प हट्दै, … Apr 17, 2016 Arthatantralulu-mall-kochi-cochin-kerala
    ललितपुर । साझा यातायातले ललितपुरको पुल्चोकमा बहुउद्येश्यीय भवनसहितको दक्षिण एसिया केन्द्र निर्माण गर्ने भएको छ । सरकारले नौ करोड रुपैयाँ ऋणलाई सेयरमा रुपान्तरण गरेपछि साझाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सहितको भवन निर्माण गर्ने नीतिगत निर्णय गरेको हो । साझाले अहिले आफ्नो पेट्रोल पम्प रहेको क्षेत्रमा रहेको २२ रोपनी जग्गामा यस्तो भवन बनाउने निर्णय गरेको हो । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात संचालन गरिरहेको ...
  • वार्षिक ९ अर्ब कमाउने भाटभ… Apr 15, 2016 ArthatantraBhatbhateni
    काठमाडौं । भाटभटेनीले सर्वसाधरणमा सेयर जारी गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ति जारी गर्दै भाटभटेनी सुपरस्टोरलाई आम नेपालीको सुपरस्टोर बनाउने आकांक्षा अनुरुप यसको सेयर सर्वसाधारणमा विक्री गरी पब्लिक कम्पनीमा जाने बताइएकोछ । भाटभटेनीको वार्षिक कारोबार झन्डै ९ अर्ब रुपैयाँ बराबरको रहेको छ । मीनबहादुर गुरुङले टंगालमा सानो प्रोभिजनल स्टोरबाट सुरु गरेको यो स्टोरको १० वटा शाखा संचालनमा छन् । ...