Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
बजार
  • नयाँ वर्षमा भारी मात्रामा … Apr 14, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । २०७३ सालको पहिलो दिनमै सुनको मुल्य उच्च रुपमा घटेको हो । २०७२ को अन्तिम दिन प्रतितोला ५५ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन हिजो मूल्य घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेकोछ । आज पनि सुनको भाउ यथावतै छ । आज विहीबार चाँदीको मुल्य भने बढेको छ ...
  • सेयरका लगानीकर्ताले एक वर… Apr 13, 2016 Arthatantrashare
    काठमाडौं । सेयरमा लगानी गर्नेले एक वर्षमा ५ खर्ब २८ अर्ब कमाएका छन् । सेयरको मूल्य बढेका कारण लगानीकर्ताले उक्त अवधिमा उल्लेख्य नाफा गरेका हुन् । २०७२ सालमा पुँजी बजार पाँच खर्ब २८ अर्ब रुपैयाँले बढ्न पुग्यो । वैशाख २ गते सेयर बजारमा कुल पुँजीकरण नौ खर्ब ६८ अर्ब रुपैयाँ थियो । वर्षको अन्तिम दिन चैत ३० गते पुँजीकरण १४ खर्ब ...
  • आयो ३ करोड ५४ लाख ७९ हजार २०… Apr 11, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा १२ कम्पनीको नयाँ सेयर सुचीकृत भएका छन् । नेप्सेमा तीन करोड ५४ लाख ७९ हजार २०३ कित्ता वोनस सेयर सुचिकृत भएको हो । सेञ्चुरी बैंकको ५३ लाख कित्ता सेयर सुचिकृत भएको छ । सेञ्चुरी बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, प्राइम कमर्सियल बैंकको वोनस सेयर सुचिकृत भएको छ । केही फाइनान्स विकास बैंक र लघुवित्त विकास ...
  • आकाशियो सुनको भाउ Apr 11, 2016 ArthatantraGold
    काठमाण्डौं। हिजो स्थिर रहेको सुनको भाउ आज आकाशिएकोछ । आज सोमबार सुनको भाउ प्रति तोला पाँच सय रुपैयाँले महंगो भएकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुनको भाउ तोलामा ५४ हजार पाँच सय रुपैयाँ थियो। यस्तै आज चाँदी तोलामा सात सय २० रुपैयाँमा किनबेच भइरहेको छ। आइतबार चाँदीको भाउ तोलाको सात सय ...
  • अब ९० रुपैयाँमै ५० रुपैयाँ… Apr 10, 2016 Arthatantra
    काठमाण्डौं । नेपाल टेलिकमको सीम अब ९० रुपैयाँमा नै मिल्ने भएकोछ । यसरी किन्न पाइने सीममा ५० रुपैयाँ ब्यालेन्स सहित ३ सय एमबी डाटा फ्री पनि हुनेछ । यो सीम २०७२ चैत २९ गते देखि बिक्री वितरण हुने भएको छ । २०७२ सालको एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थीहरुलाई लक्षित गरी एनटीसीले यस्तो स्किम ल्याएको हो । एसएलसीमा सहभागी विद्यार्थीले ९० रुपैयाँमा ...
  • आज फेरि आकाशियो सुनको भाउ ! Apr 8, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा सुनको मुल्य पुनः उकालो लागेको छ । केही समय यता सामान्य घटेको सुनको मुल्य आज शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । योसँगै सुनको भाउ प्रतितोला ५४ हजार ५ सय रुपैयाँ भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य बढेको छ । शुक्रबार चाँदी ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ...
  • भारतले दियो हालसम्मकै धे… Apr 7, 2016 Arthatantra
    काठमाण्डौं । भारतबाट मार्च महिनामा अहिलैसम्मको धेरै इन्धन आयात भएको छ । नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार मार्च महिनामा १ लाख ११ हजार १ सय ८ किलोलिटर डिजेल आयात भएको छ । आयातित डिजेल अहिलेसम्मकै धेरै हो । यसअघि मासिक करिब ७५ हजार किलोलिटर डिजेल आयात हुन्थ्यो । यस्तै २९ हजार ८ सय ८१ किलोलिटर पेट्रोल ...
  • फेरि बढ्यो सुनको भाउ ! Apr 6, 2016 ArthatantraGold
    काठमाण्डौं । स्थानीय बजारमा आज सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आज बुधबार सुनको मुल्य बढेर प्रतितोला ५४ हजार १ सय रुपैयामा कारोवार भइरहेको छ । केही समय यता ओरालो लाग्दै प्रतितोला ५४ हजार रुपैयाँ भन्दा तल झरेको सुनको मुल्य आज पुनः ५४ हजारभन्दा माथी पुगेको हो । यसैगरी बजारमा चाँदीको मुल्य पनि बढेको छ । बुधवार चाँदी प्रतितोला ...
  • सरकार नै बेच्दैछ भूकम्पपी… Apr 6, 2016 ArthatantraBasmati Rice
    काठमाण्डौं । बंगलादेश सरकारले भूकम्पपीडितका लागि भनेर आएको चामल भूकम्पपीडितलाई बाँड्नुका सट्टा १० महिना गोदाममा थन्क्याएपछि अन्ततः सरकारले बेच्ने तयारी गरेको छ। यसका लागि आपूर्ति मन्त्रालयले खाद्य संस्थानलाई बंगलादेशबाट आएको ७८ हजार २ सय ९५ क्विन्टल परिमाणको चामल बिक्री गर्न भन्दै पत्राचार गरेको छ । चामलको मूल्य तोकेर बिक्री गर्ने वा भूकम्पपीडितलाई दिने भन्ने सम्वन्धमा मन्त्रालयस्तरीय निर्णय हुन नसक्दा चामल धेरै ...
  • बैशाख १५ पछि आउँदैछ पौने २ … Apr 5, 2016 Arthatantra
    काठमाण्डौं । कृषि विकास बैंकले आगामी बैंशाख १४ गतेको साधारणसभा पछि ५० प्रतिशत अर्थात् १ अर्ब ७१ करोड ५० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने हकप्रद शेयर वितरण गर्ने भएकोछ । राष्ट्र बैंकको स्वीकृतिसँगै साधारणसभाबाट पास गराएर सेयर वितरण गरिने बैंकले जानकारी दिएको छ । कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर तथा ५० प्रतिशत हकप्रद शेयर दिने भएको छ ...