Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • साताको पहिलो दिन नेप्से ३४ अंकले घटेर टाउको समाउने अवस्थामा पुर्यायो Sep 10, 2017 ArthatantraShare Decrease
    काठमाडौ । साताको पहिलो दिन आईतबार नै सेयर बजार ३४.८९ अंकले घटेर १५१९.६६ अंकमा झरेको छ । कारोबार भएका सबै समूह राताम्मे भए । सबैभन्दा धेरै बीमा समूह २९६.७१ अंकले घटेको छ । परिसूचक घटेपनि कारोबार रकम बढेको छ । दिनभरिमा १५८ वटा कम्पनीको १५ लाख ५७ हजार तीन सय ८३ कित्ता सेयर नौ हजार एक सय १२ पटक खरिदविक्री हुँदा ...
  • सर्वाधिक लोकप्रिय स्मार्टफोनहरुमा भारी छुट Sep 8, 2017 ArthatantraLogo of Mobile Expo 2074 lalitpur
    ललितपुर । ललितपुरको लगनखेलस्थित ललितपुर मलको दोस्रो तल्लामा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले ललितपुरकै सबैभन्दा भव्य र ठूलो चौथो एक्स्पो ललितपुर मोबाइल एक्स्पो २०७४ आयोजना गरिरहेको छ । कम्पनीले मोबाइल एक्स्पोको अवसर पारेर विभिन्न ब्राण्डका चर्चित र सर्बाधिक बिक्री हुने स्मार्ट फोनहरुमा आश्चार्यजनक किसिमको छुट दिईरहेको छ । कम्पनीले नेपाली बजारमा सबैभन्दा लोकप्रिय र सर्वाधिक बिक्री हुने स्मार्टफोनहरुको खरिदमा ग्राहकहरुलाई विशेष छुट ...
  • विकास बैंकले दिनेभयो १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभां… Sep 8, 2017 ArthatantraBonus-share
    काठमाडौं । छिमेक लघुवित्त विकास बैंकले १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश दिने भएको छ । छिमेकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १६ करोड ५९ लाख २९ हजार ३०० रुपैयाँ बराबरको बोनस सेयर र २० करोड ९४ लाख २ हजार ५१५ रुपैयाँको नगद लाभांश दिने निर्णय गरेको हो । हाल छिमेकको चुक्ता पुँजी ८३ करोड ४० लाख ७१ हजार ...
  • ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु Sep 7, 2017 Arthatantratamrakar mobile expo 2074
    काठमाडौ । मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजन मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् । ताम्राकार मोबाइल बजारले मेला अबधीभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरेको छ । सामसुङ एस ...
  • राष्ट्र बैंकबाट स्वीकृत भयो १६% बोनस Sep 7, 2017 ArthatantraBonus Share new photo
    काठमाडौ । सिटिजन्स बैंकको १६ प्रतिशत बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । यस्तै कर प्रयोजनका लागि दिईने ०.८५ प्रतिशत नगद लाभाँश पनि पारित भएको छ । उक्त बोनस बैंकको आगामि वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । बैंकले चुक्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिन लागेको हो । प्रकाशित मितिः २०७४ भदौ २२
  • भृकुटीमण्डपमा सुरु भयो “दशैंको बेला सस्तो मेला” Sep 7, 2017 Arthatantrasasto mela
    काठमाडौ । दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।  मेलाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो दरमा पाउनु सबै उपभोक्ताका लागि तथा स्टक सामान रहेका ब्यापारी दुबैका लागि  राम्रो भएको बताए । दशैंको बेला सस्तो मेला स्लोगन दिइएको यस मेलाको आयोजना ...
  • अनुगमन गर्न थालेपछि दरबारमार्गका पसल बन्द Sep 7, 2017 Arthatantrabazar
    काठमाडौं । बुधबार दिउँसो करिब १ बजे आपूर्ति व्यवस्थापन विभाग तथा उपभोक्ताहित संरक्षण विभागको नेतृत्वमा चार टोली अनुगमनका लागि तयार भए । त्यसमध्ये श्रीराम अधिकारीले नेतृत्व गरेको टोली दरबारमार्ग लाग्यो । सँगै मोहन पुडासैनी संलग्न रहेको टोली पनि क्रियाशील भयो । सुरुमा विभागको अनुगमन निरीक्षक मोहन पुडासैनी संलग्न रहेको टोली रिबुक ब्रान्डको सामान बिक्री गर्ने लेबल्स स्टोरतिर लाग्यो । १ हजार ...
  • १ करोड ३५ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत Sep 6, 2017 ArthatantraShare Listed
    काठमाडौ । कुमारी बैैंकले ३ वटा विकास बैंक र १ वटा फाइनान्स कम्पनी एक्विजिसनपछि १ करोड ३५ लाख ३९ हजार २१०.५८ कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । बैंकले स्वाप रेसियोको आधारमा कायम भएको काष्ठमण्डप डेभलपमेन्ट बैंक, काँक्रेबिहार विकास बैंक, महाकाली विकास बैंक र पश्चिमाञ्चल फाइनान्सको सेयर आफ्नो नाममा सूचीकृत गराएको हो । कुमारीले ४ कम्पनीलाई एक्वायर गरेर असार १६ गतेदेखि ...
  • निरन्तर १ हजारले बढिसक्यो सुन,बिहिबार ५७ हजार नाघ्ने नै हो त ? Sep 6, 2017 Arthatantragold-
    काठमाडौ । केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । आज पनि तोलामा थप दुई सय रुपैयाँ बृद्धि हुँदै सुन प्रतितोला ५७ हजार पाँच सय रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । हिजो सुन प्रतितोला ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य एक हप्ताको अन्तरालमा एक हजार रुपैयाँ बृद्धि भएको छ । आज चाँदीको ...
  • आजदेखि नयाँ नोट साट्न सुरु Sep 6, 2017 Arthatantranepali money nepali rupees
    काठमाडौ। यसपाली दशैंको लागि भदौ २१ गते अर्थात आजबाट नयाँ नोट साट्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सरकारी निकाय लगायतकाले आजदेखि र सर्वसाधारणले भने भदौ २८ गतेदेखि नोट साट्न सक्नेछन् । राष्ट्र बैंकमै गएर नोट साट्नेहरुले प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म साट्न सक्नेछन् । यसपटकबाट सरकारी बैंकबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ । तर, सरकारी बैंकमा नोट साट्न जाँदा ...