Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर १ , २०७४  |  
Saturday, November 18, 2017
बजार
  • भन्सार राजस्व संकलनको लक्ष्य पूरा गर्न नयाँ रणनीति Feb 9, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । लामो समयदेखि अवरुद्ध भन्सार विन्दु सहज भएसँगै भन्सार विभागले राजस्व सङ्कलनको वार्षिक लक्ष्य पूरा गर्ने रणनीतिसहित क्रियाशील भएको जनाएको छ । तराई मधेसमा जारी आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध नेपाल भारत नाका शुक्रबारदेखि सञ्चालनमा आएपछि विभागले दुई खर्ब पाँच अर्ब रुपैयाँको चालु आवको वार्षिक लक्ष्य पूरा गर्ने रणनीति तयार गरेको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयबाट ...
  • भ्यालेन्टाइन डेका लागि भारतबाट ४० लाखको गुलाफ भित्रिँदै Feb 9, 2016 Arthatantraimages
    काठमाडौं । फेब्रुरअरी १४ तारेखमा पर्ने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस नजिकिंदै गर्दा गुलावको अभाव भएपछी यो वर्ष भारतबाट एकलाख वटा रातो गुलाफ ल्याइने भएको छ । गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुनेभएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । ...
  • जलविद्युत र बिमा बाहेक सबैको सुचक ओरालो, तर पनि रकेर्ड कायमै Feb 8, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । बजारमा अरु सबै समूहको सूचक ओरालो लागेपनि जलविद्युत कम्पनी र बीमाको सूचक बढ्दा सेयर बजारको रेकर्ड कायर्म रहेको छ । पुँजी बजारमा जलविद्युतको सूचक ६३.२६ अंकले बढेको छ भने बीमा समूहको सूचक ५५.०३ अंकले बढेको छ । केही दिनदेखि लागातार बढिरहेको नेप्से आज अरुको सूचक अचानक ओरालो लागेको हो । आज सोमबार बजार १२६३.७५ अंकमा बन्द भएको छ। पुँजी बजारमा ...
  • सुनको मूल्य घट्यो, चाँदी भने स्थिर Feb 8, 2016 ArthatantraGold
    काठमाण्डौं । साताको दोश्रो दिन आज सोमबार सुनको भाउ सामान्य घटेको छ । आज सुन प्रतितोला ३ सयका दरले घट्न पगेकोछ । हिजो ५३ हजार ३ सयमा कारोवार भएको सुन आज ५३ हजारमा काराबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सय १५ मा ...
  • हरेक दिन नयाँ रेकर्ड राख्दै पुँजी बजार, आज ७५ करोड बढी कारोबार Feb 7, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं  । सबै सूचक हरियो भएको दिन आज पुँजी बजारमा ७५ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजार नयाँ रेकर्ड कायम गर्दै १२६२.८२ अंकमा बन्द भएको छ । बजारमा ११.४० अंकको वृद्धि देखिएको छ । यसअघि गत विहीबार पनि बजार नयाँ रेकर्ड कायम गर्दै ११५१ अंकमा बन्द भएको थियो । बजारमा एकसय २४ कम्पनीको सेयर कारोबार भएको छ। ...
  • सेयरमा यो साता दुई अर्ब ८० करोड कारोबार Feb 6, 2016 ArthatantraNepal Stock Exchange
    काठमाडौँ । गतसाताको तुलनामा यो साता नेप्सेमा सुधार आएको छ । गतसाता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३.५१ अङ्कले घटेको थियो । नेपाल स्टक एक्सचेन्ज लिमिटेडकाअनुसार यो साताको परिसूचक पहिलो दिनको तुलनामा ३०.७२ अङ्कले बढेर अन्तिम दिन एक हजार २५१.४२ अङ्कमा पुगेको छ । यससाता नेपाल स्टक एक्सचेन्जमा १२८ कम्पनीको १३ हजार ९२२ कारोबारबाट रु दुई अर्ब ७९ करोड ९८ लाख ...
  • अब शेयर प्रमाणपत्र र रकम बुझ्न लाईनमा बस्नु नपर्ने Feb 5, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले डिम्याट खाता खोलेका लगानीकर्तालाई खातामै सेयर जम्मा गरिदिन कम्पनीहरुलाई निर्देशन दिएपछि सेयरको प्रमाणपत्र लिँदा अब घन्टौंसम्म लाइमा बस्नु नपर्ने भएकोछ । कागजी सेयरलाई कम्प्युटराइज्ड गर्ने प्रणालीलाई डिमेट्रियलाइजेसन अर्थात अभौतिकरण भनिन्छ। यसैलाई छोटकरीमा डिम्याट भन्ने गरिएको छ। बोर्डबाट स्वीकृतप्राप्त डिपी ९निक्षेप सदस्य०कोमा लगानीकर्ताले खाता खोली आफ्ना सेयरलाई कम्प्युटराइज्ड गर्नुपर्दछ। बोर्डले सेयर फारम भर्नका लागि डिम्याट खाता अनिवार्य हुनुपर्ने ...
  • इन्भेष्टमेन्ट बैंकको सेयर पहिलोपटक सर्वसाधारणका लागि खुल्दै Feb 4, 2016 ArthatantraNepal Investment Bank
    काठमाण्डौं । सर्वसाधारणका लागि फागुन महिनामा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर निस्कासन हुने भएको छ। चुक्ता पुँजी बृद्धिका लागि राष्ट्र बैंकले ल्याएको नीतिपछि पहिलो पटक यो बैंकले सर्वसाधारणका लागि सेयर स्वामित्व प्रदान गर्ने भएको हो । सर्वसाधारणबाट ३० प्रतिशत सेयर स्वामित्व पुर्‍याउनुपर्ने प्रावधानअनुरुप बैंकले ९० लाख कित्ता सेयर प्रिमियममा जारी गर्ने भएको छ । ५ सय १ रुपैयाँ प्रिमियम रकम थप्दै प्रतिकित्ता ...
  • किन बढ्दै छ एकाएक शेयर बजार ? Feb 3, 2016 ArthatantraRabindra bhattarai
    काठमाडौं । पुँजी बजारले हरेक दिन नयाँ रेकर्ड कायम गरिरहेको छ । बजारले अहिलेसम्मकै उच्च विन्दु १२४२ अंक पार गर्‍यो । अर्थतन्त्र कमजोर र तराई मधेस आन्दोलनले मुलुकको राजनीति तरल भएकै बेला बजार भने निकै माथि उक्लिएको छ । के कारण पुँजी बजार बढ्दो क्रममा छ ? विश्लेषक रविन्द्र भट्टराई भन्छन्, ‘मर्जका कारण धेरै कम्पनीको सेयर कारोबार रोकिएको छ । कारोबार ...
  • आज पनि दुई अंकले बढ्यो नेप्से Feb 3, 2016 ArthatantraNepal Stock Exchange
    काठमाण्डौं । हिजो जस्तै आज बुधवार पनि नेप्से परिसुचक २ अंकले बढेको छ । आज सेयर बजार १ हजार २ सय ४२ मा पुगेर बन्द भएको छ । आज होटल समुहको परिसुचक सवैभन्दा बढी थियो भने विकास बैंक समुहको परिसुचक २८ दशमलव ६९ अंकले बढेको छ । त्यस्तै फाइनान्स समुहको ४ दशमलव ०७ र अन्य समुहको परिसुचक १ दशमलव १७ अंकले ...