Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

बिहिबार, फागुन १२ , २०७३  |  
Thursday, February 23, 2017
मनोरञ्जन
  • निर्देशक भागेपछि निर्मता आफै बने निर्देशक, भन्दैछन् ‘मेरो पैसा खोइ ?’ Feb 23, 2017 Arthatantracamera action film
    काठमाण्डौं । निर्माता रोज राणाले बलिउड फिल्म भूतनाथ, कल किस्ने देखा निर्देशक र भूतनाथ रिटर्नस लेखकको सहकार्यमा बनाउन लागेको चलचित्र ‘मेरो पैसा खोइ ?’का बलिउड निर्देशक विवेक शर्मा २५ लाख रुपैयाँ खाएर फरार भएका छन् । फिल्ममा नेपालीसँगै हिन्दी भाषामा पनि डब हुने र फिल्ममा बलिउड कलाकार जुही चावला, संजय मिश्रा, राजपाल यादवको पनि अभिनय रहने भनिएकोमा ती कलाकारहरुलाई बोलाउँदा पनि ...
  • अब तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना Feb 22, 2017 Arthatantrazoo in tanahun nepal
    काठमाण्डौं । सरकारले तनहुँमा नेपालकै सबैभन्दा ठूलो चिडियाखाना स्थापना गर्ने भएको छ । सरकारले तनहुँको भानु घाँसीकुवा नगरपालिकाको वन क्षेत्रमा ‘प्राणी उद्यान’ सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले यसबारे औपचारिक निर्णय गरिसकेको छ । तनहुँको छिर्केनीभञ्ज्याङ क्षेत्रमा प्राणी उद्यान निर्माणको प्रक्रिया अघि बढाइएको वन तथा भूसंरक्षण मन्त्रालयका सहकाय प्रवक्ता यज्ञनाथ दाहालले जानकारी दिए । प्रत्येक प्रदेशमा एक-एक प्राणी उद्यान बनाउने ...
  • आजबाट उडे गौथली र फेवा, आन्तरिक पर्यटनमा थप टेवा पुग्ने Feb 20, 2017 Arthatantraplane in sky
    काठमाण्डौं । नेपाल वायुसेवा निगमले आज सोमबारबाट नयाँ चिनियाँ विमानमार्फत पनि हवाइ सेवा सुरु गरेकोछ । चीनले सहुलियत ऋण दिएको दुई एमए ६० (फेवा) र वाइ १२ ई (गौंथली) नयाँ विमानले आजबाट सेवा थालेका हुन् । यो सँगै अब निगमले ९ वटा विमानमार्फत आन्तरिक उडान भर्नेछ । दुबै विमानले दैनिक ३ रुटमा ६ वटा उडान भर्नेछन् । ५६ सिट क्षमताको नयाँ ...
  • चितवनको ‘मेघौली सराइ लज’ विश्वका ‘उत्कृष्ट नयाँ होटल… Feb 19, 2017 Arthatantrameghauli serai lodge
    काठमाण्डौं । अमेरिकाको ट्राभल एण्ड लिजर पत्रिकाले सिजी होटल्स एण्ड रिसोर्टको मेघौली सराइ लजलाई विश्वका उत्कृष्ट नयाँ होटलहरुको सूचीमा राखेको छ। पर्यटन तथा हस्पिट्यालिटी क्षेत्रको विशिष्ट प्रकाशनको रुपमा रहेको उक्त पत्रिकाले हरेक वर्ष प्रकाशन गर्ने सूचीअन्तर्गत यसपालिको संस्करण ‘२०१७ इट लिष्ट’मा मेघौली सराइलाई समावेश गरेको हो। चौधरी ग्रुपद्वारा सञ्चालित मेघौली सराइको व्यवस्थापन विश्वस्तरीय ताज होटल्स समूहले गरिरहेको छ। विश्वका ६ महाद्वीपका ३१ ...
  • अब कसैको फोटो बिगारेर सामाजिक संजालमा राखे २० हजार जरिवाना, २ वर्ष कैद Feb 17, 2017 Arthatantrafacebook
    काठमाण्डौं ।  फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ। मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन। तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो व्यवस्था थप गरेका ...
  • अब टिभी हेर्दै रात्रीकालिन यात्रा साझा बसमा सरर ! तपाईको कुन रुट हो हे… Feb 15, 2017 Arthatantrasajha_bus
    काठमाडौ। साझा यातायातले राती काम गर्ने र अस्पताल जानेलाई लक्षित गरी उपत्यकाका पाँच रुटमा परीक्षणका रुपमा रात्रिकालीन बस सेवा सञ्चालन गरेको छ । मङ्गलबार रातिदेखि अस्पताल क्षेत्रलाई मध्यनजर गर्दै लगनखेल पाटन अस्पताल–त्रिपुरेश्वर आँखा अस्पताल–वीर अस्पताल–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज–गङ्गालाल अस्पताल–बाँसबारी न्यूरो अस्पताल पुगेर सोही मार्गबाट लगनखेल फर्कनेछ । दोस्रो रुट न्यूरोडस्थित नेपाल वायुसेवा निगम अघिबाट बानेश्वर–कोटेश्वरसम्म, तेस्रो रुट नेपाल वायुसेवा निगमबाटै ...
  • मुसहर बस्तीमा धुर्मुस-सुन्तलीले यसरी मनाए भ्यालेन्टाईन(फोटोफिचर) Feb 14, 2017 ArthatantraDhurmus Suntali musahar
    महोत्तरी। मुसहर बस्तीमा एकिकृत बस्ती निर्माणमा जुटेका कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले मुसहर बस्तीमै प्रेम दिवस मनाएका छन् । प्रेम सम्बन्धबाट वैवाहिक जीवनमा प्रवेश गरेका उनीहरुले एकिकृत नमूना मुसहर बस्तीमा श्रमदान गरेर दिवस मनाएका हुन् । मुसहरहरुसँग पनि प्रेम साटासाट गर्न भ्यालेन्टाइनमा श्रीमान श्रीमति नै बस्तीमा पुगेको उनीहरुले बताएका छन् । व्यस्तताका कारण मायाप्रेमका लागि खासै फुर्सद नभएकाले ...
  • श्रीकृष्णको सपना पूरा गर्दै श्वेता, सिन्धुपाल्चोकमा माझी वस्ती निर्माण… Feb 12, 2017 Arthatantrashewta-khadka news
    काठमाण्डौं । स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ जन्मेको जिल्ला सिन्धुपाल्चोक पुगेर नायिका स्वेता खड्काले बस्ती निर्माणमा सहयोग गर्ने वचन दिएकी छिन् । हिजो शनिबार केहि पत्रकारको साथमा स्वेता भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोकको ठूलो सिरुवारीस्थिती झ्याँडी गाउँमा सहयोगका लागि पुगेकी थिइन् । शनिबार माझी बस्तीको अवलोकन गर्दै स्वेताले आफूले बस्ती निर्माणका लागि ज्यान दिएर सहयोग गर्ने बताइन् । भूकम्पले माझी बस्तीलाई ठूलो असर ...
  • परिवारले नदिएपछि दयाहाङले केकीलाई यसरी भगाए (हेर्नुहोस् भिडियो) Feb 11, 2017 Arthatantrakeki dayahang
    काठमाडौ । समिक्षक, पत्रकार दिपेन्द्र लामाको डेब्यू निर्देशन रहेको फिल्म घामपानी को पहिलो गीत सार्वजनिक भएको छ । युट्युवमा सार्वजनिक लोक आधुनिक जनराको गीतले फिल्मको थिम बोल्छ । अन्तरजातिय प्रेमको कथा बोलेको फिल्मको गीतमा फरक फरक जातिय समुदायका दयाहाङ र केकीको प्रेम छताछुल्ल छ । जहाँ दयाहाङले केकीलाइ गाउँबाट भगाएर शहर हिँडेको देखाएको छ । ुपन्छीु बोलको उक्त गीतमा शब्द संगीत ...
  • आजबाट काठमाण्डौं-क्वाललम्पुर सिधा उडान, भाडा मात्र २५ हजार ३ सय Feb 10, 2017 ArthatantraHimalayan Airlines
    काठमाण्डौँ । निजी क्षेत्रको विमान सेवा हिमालय एयरलाइन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गरे। नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एयरबस–३२० विमानबाट उडान थालेको हो। आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एयरलाइन्सले जनाएको छ। क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री ...