Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • ठूलाबडासँग आशीर्वाद लिई मनाइँदै इद उल फित्र Jun 26, 2017 Arthatantraid
    काठमाडौँ । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन आज देश भरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइ रहेका छन् । दशौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत ...
  • पशुपति शर्माको नयाँ तीज गीत बजारमा आयो !(हेर्नुहोस भिडियो) Jun 22, 2017 ArthatantraPasupati-sharma
    काठमाडौ । लोक तथा दोहोरी गायक पशुपति शर्मा र गायिका जुना श्रीस मगरले ‘माईती भन्छन् किन आइती’ बोलको तीजको नयाँ गीत बजारमा ल्याएका छन् । पशुपति शर्माको लय तथा शब्द रहेको यस गीतमा पशुपति र जुनाकै स्वर रहेको छ । मगर क्रियसनको निर्माण रहेको यस म्युजिक भिडियोको प्रकाश भट्टले निर्देशन गरेका छन् । यस गीतमा पशुपति शर्मा, जुना श्रीस मगर, दिलकुमारी ...
  • पर्यटन प्रबर्द्धनका लागि चन्द्रागिरि हिल्सको भिडियो सार्वजनिक Jun 22, 2017 ArthatantraChandragiri tvc
    रबिना पौडेल काठमाडौँ । चन्द्रागिरि हिल्सको प्रवर्दनात्मक भिडियो बुधबार सार्वजनि गरिएको छ  । सो भिडियो चन्द्रागिरि हिल्सबाट सार्वजनिक गरिएको हो । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले चन्द्रागिरि धार्मिक, साँस्कृतिक, ऐतिहासिक सबै हिसावले महत्वपुर्ण स्थान बन्न पुगेको बताए । वालवालिका, युवा र वृद्घा सबै खालका मानिसहरुको लागि उपयुक्त रहेको यस स्थानले नेपालको पर्यटन प्रर्वद्धनमा धेरै टेवा पुयाउँदै छ । नेपालको राजधानी काठमाडौँको नजिक रहेको ...
  • अब चीनमा ‘बाहुबली २’ प्रदर्शन हुने ! Jun 21, 2017 Arthatantrabahubali 2
    काठमाडौ । बक्स अफिसमा कमाईको नयाँ रेकर्ड बनाएपछि एस एस राजामौलीको फिल्म ‘बाहुबली २’ १७ सेप्टेम्बरबाट चीनमा पनि रिलिज हुने भएको छ । भारतमा जस्तै चीनमा पनि ‘बाहुबली २’ को लडाई आमिरको फिल्म ‘दंगल’ सँग हुनेछ । ‘दंगल’ चीनमा सबैभन्दा बढी कमाई गर्ने फिल्म बनिसकेको छ । ‘बाहुबली २’ चीनमा ४ हजार स्क्रिनमा रिलिज हुँदैछ । तर, यो मामलामा ‘बाहुबली २’, ...
  • छक्का पन्जाले हात पार्यो उत्कृष्ट चलचित्रको अवार्ड,अरु कसले के पाए ? Jun 18, 2017 Arthatantrachhakka-Panja-Trailer
    काठमाडौ । राष्ट्रिय चलचित्र विकास बोर्ड (एनएफडिसी)ले आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारको पाँचौ संस्करणमा दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्का पन्जाले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । छक्का पन्जा चलचित्रबाट प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् । सबैभन्दा बढी १५ विधामा मनोनयनमा परेको चलचित्र छक्का पन्जाले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका र उत्कृष्ट हाँस्यकलाकारको अवार्ड पाएको छ ...
  • क्रिकेटर शरदसँग बिहे गर्दैछिन् नायिका निशा अधिकारी ! Jun 16, 2017 Arthatantranisha-adhikari
    नेपाली सेलिव्रेटीको लभ लाइफको कुरा आम मानिसका लागि अनौठो पक्कै होइन् । प्रायः प्रत्येक हप्ता नै सेलिव्रेटीहरुको अफयेरको खबरहरु मिडियामा आइरहेको हुन्छ । अहिले नायिका प्रियंका कार्की र आयुष्मान देशराज श्रेष्ठको अफयेरको खबरले नेपाली मिडिया तातिरहेको अवस्थामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेषवाकर र नेपाली नायिका निशा अधिकारीले विवाह गर्न लागेको खबर बाहिरिएको छ । केही समय अगाडि निशाले ...
  • क्यानाडाको रेजिनामा हुने अन्तरास्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्… Jun 15, 2017 Arthatantraaaaaaaaaa
    क्यानडा । क्यानाडाको सास्क्याचेवन प्रोभिन्सको रेजिना सहरमा हुने रेजिना अन्तराष्ट्रिय चलचित्र महोत्सबमा नेपाली चलचित्र “बिजुली मेसिन“ प्रदर्शनको लागि छनोटमा भएको छ । उक्त महोत्सबको फेसबुक पेजमा सेयर गरिएको खबर अनुसार सो मोहत्सव यहि वर्ष अगष्ट महिनाको १६ देखि १९ तारिकमा हुन गहुँदै छ । महोत्सबमा पठाइएका सयौं अन्तरास्ट्रिय चलचित्रमध्येबाट हालसम्म १५ वोटा फिल्म छानिएका छन् ,त्यसमध्ये जर्मनी बाट ३, ब्राजिल बाट ...
  • गणेश हिमालको प्रचार गर्न ‘रुवीभ्याली’ गीति एल्बम विमोचन Jun 14, 2017 ArthatantraDhading 123
    काठमाडौँ। धादिङ जिल्लाको हिमाली क्षेत्र गणेश हिमाल र रुवीभ्यालीलाई समेटेर तयार पारिएको गीति एल्बम ‘रुवीभ्याली’को आज विमोचन गरिएको छ । गायक तथा सङ्गीतकार जयवीर तामाङले सो एल्बमका गीतमा स्वर दिएका छन् । नयाँ गन्तव्य नेपाल नामक संस्थाद्वारा आयोजित एक कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष कुलचन्द्र वाग्लेले सो एल्बमको विमोचन गर्दै सांस्कृतिक, प्राकृतिक र धार्मिक महत्व बोकेको रुवीभ्यालीलाई राष्ट्रिय स्तरमा चिनाउनु जरुरी ...
  • ‘मिस एसइइ चितवन’को ताज अनुष्काले पहिरिइन् Jun 13, 2017 Arthatantramiss-ssee-chitwan
    चितवन । चितवनमा आयोजना भएको ‘मिस एसइइ चितवन’को उपाधि अनुष्का रानाभाटले जितेकी छिन् । प्रतियोगीतामा सहभागी २८ प्रतिस्पर्धीलाई पछि पार्दै अनुष्काले यो उपाधि जितेकी हुन् । ‘लिभ एण्ड लिड इन्टरनेशन’ल प्रालिले कार्यक्रमको आयोजना गरेको हो । उनले नगद २० हजारसहित उपाधि जितेकी हुन् । यस्तै, फस्ट रनरअप भूमिका आचार्य, सेकेन्ड रनरअप सुजता ढकाल, थर्ड रनरअप करिना श्रेष्ठ र फोर्थ रनरअप स्वेता ...
  • आरजुलाई मिस नेवा उपाधि ! Jun 11, 2017 Arthatantramiss newa
    झापा। मिस नेवाः पूर्वाञ्चल ११३७ को उपाधि झापा धुलाबारी निवासी आरजु श्रेष्ठले हात पारेकी छिन् । शनिबार राति सम्पन्न फाइनल अडिसनमा २९ जना प्रतियोगीलाई पछि पार्दै श्रेष्ठले सो उपाधि हात पारेकी हुन् । आरजुले उपाधिसँगै नगद रु ३१ हजार र बिर्तामोडमा रहेको वोस्टन एजुकेसन फाउन्डेसनमार्फत भारतको ब्याङ्लोरस्थित अम्बिका पारामेडिकल इन्स्टिच्युटमा अध्ययनका लागि शत्प्रतिशत छात्रवृत्ति प्राप्त गरिन् । नेवाः देय दबू झापा शाखाको ...