Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • चुम्बन गरेर कार पाइने अनौठो प्रतियोगिता ! Apr 26, 2017 Arthatantrakiss on car
    एजेन्सी–वास्तवमा कार किन्नु एउटा ठूलै लगानी हो । पुरस्कारका रुपमा कार पाइने लक्की ड्रमा मानिसहरु लोभिएको देखिएकै छ । कारको सपना नहुने को होला र ? तर सपना सबैको पूरा हुँदैन । हालै सोसल मिडियामा कार जित्ने एक अनौठो मामिलाले खुबै चर्चा पायो । उक्त प्रतियोगितामा पैसा खर्च गर्नु थिएन, केवल चुम्बन गरे पुग्दथ्यो । त्यो पनि लगातार ५० घण्टा । ...
  • “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” , आमाको मुख हेर्ने Apr 26, 2017 Arthatantramothers-day-watercolor
    काठमाडौ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका ...
  • धादिङ/गोरखा जिल्लाका वासिन्दाको वास्तविक कथामा बनेको तुईन ट्रेलर रिलिज… Apr 24, 2017 Arthatantratuien
    काठमाडौ । धादिङ तथा गोरखा जिल्लाका वासिन्दाले अहिलेको समयमा पनि नदी वारपार गर्न तुईन प्रयोग गर्नुपर्दाको यथार्थ पीडालाई पर्दामा उतारिएको फिल्म तुईन को ट्रेलर रिलिज भएको छ । सोमबार सार्वजनिक ट्रेलरमा जोखिमपूर्ण तरिकाले तुईनमा खोला वारपार पर्दाको पीडाभावलाई देखाइएको छ । त्रिशुली नदी आसपास बसोबास गर्नेहरुको पिडालाई पर्दामा उतारिएको यो फिल्मले केहि बर्ष पहिले स्कुल पढ्न जाँदा तुईन चुडिएर धेरै वालवालिकाले ...
  • प्रमुख श्रीमान र उपप्रमुखमा श्रीमती Apr 23, 2017 Arthatantravote election
    सोलुखुम्बु । नेकपा एमालेले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्रमुख र उपप्रमुखमा श्रीमानरश्रीमती परेका छन् । उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा शनिबार सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो । प्रमुख ...
  • बलीउडस्टार सलमान खानको घाँटीमा जुत्ताको माला किन ? Apr 20, 2017 Arthatantrasalman-in-tubelight
    एजेन्सी–बलीउडस्टार सलमान खानले यस बर्षको ईदमा आफ्ना प्रशंसकहरुलाई नयाँ फिल्म उपहार दिँदैछन्, ट्यूबलाइट । यो फिल्मले रिलिज अगावैदेखी रेकर्ड बनाइरहेको छ । यसैबीच फिल्मको फस्र्टलुक पोस्टर बुधवार रिलिज गरिएको थियो भने बिहिवार दोस्रो पोस्टर पनि आउट भएको छ । फिल्मका निर्देशक कबिर खानले दोस्रो पोस्टर ट्विट गर्दै लेखेका छन्, जाग्नुहोस् सलमानको सलाम आएको छ । यो पोस्टरमा सलमानको लुक केही फन्नी र ...
  • रेखा थापा काठमाण्डौबाट चुनाव लड्ने भईन्,अब नाच्दै भोट माग्छिन कि के ? Apr 18, 2017 Arthatantrarekha-thapa
    काठमाडौ । बैशाख ३१ गते हुने स्थानीय निर्वाचनमा राप्रपाले नायिका रेखा थापा उपमेयरमा उठाउने निर्णय गरेको छ । राप्रपाको भर्खरै सम्पन्न महाधिवेशनमा रेखा बहुमतले सदस्य पदमा निर्वाचित भएकी थिईन् । बताईए अनुसार राप्रपाका पूर्वप्रवक्ता राजाराम श्रेष्ठ मेयरका उम्मेदवार बन्ने भएका छन् । रेखाले अभिनय गरेको फिल्म डायरी यही जेष्ठ ५ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ । प्रकाशित मितिः २०७४ बैशाख ५
  • फेसबुकमा नक्कली अकाउन्ट हुनेहरु सावधान ! Apr 16, 2017 Arthatantrafacebook account
    फेसबुकले आफ्नो वेबसाइटमा केही प्राविधिक परिवर्तन गरेको छ । जसमार्फत अब स्प्याम अकाउन्टको पहिचान गरेर त्यसलाई ब्लक गर्न निकै सजिलो हुनेछ । फेसबुकले अब यस्तो अकाउन्टको पनि पहिचान गरेर ब्लक गर्न सक्षम हुनेछ जुन हर्दा पनि अनधिकृत देखिन्छ । यसका लागि फेसबुकले नक्कली अकाउन्टको ढाँचा र क्रियाकलापमाथि निगरानी गरिरहेको छ । फेसबुकले फ्रान्समा ३० हजारभन्दा बढि नक्कली अकाउन्टलाई डिलिट गरिदिएको छ । ...
  • आँटे गर्न सकिन्छ, यसरी भयो धुर्मस सुन्तलीको मुसहर बस्ती हस्तान्तरण Apr 15, 2017 ArthatantraDhurmus Suntali musahar basti
    महोत्तरी । महोत्तरी जिल्लाको बर्दिवासमा निर्मित ‘एकीकृत नमुना बस्ती’ बैशाख १, २०७४ मा मुसहर समुदायलाई हस्तान्तरण गरिएको छ । धुर्मुस (सीताराम कट्टेल) सुन्तली (कुञ्जना घिमिरे) फाउन्डेसनले यहाँका ५० घरधुरी मुसहर समुदायका लागि निर्माण गरेको उक्त एकीकृत बस्ती नेपाली हास्यकला क्षेत्रका प्रसिद्ध कलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ले संयुक्तरुपमा एकिकृत नमुना मुसहर बस्ती व्यवस्थापन समितिका अध्यक्ष बिल्टु सादा मुसहरलाई ...
  • रारा तालमा खिचियो हिटलरको गीत (हेर्नुहोस् भिडियो) Apr 13, 2017 Arthatantrahitler
    काठमाडौ । जेठ १२ मा रिलीज हुने नेपाली फिल्म हिटलरको रोमान्टिक गीत सार्वजनिक गरिएको छ । गीतमा रारा तालका मनोरम दृश्य छन् । राराका दृश्यले गीतलाई उत्कृष्ट बनाउन मद्दत पुगेको छ । खुशीहरु बढ्दै जान्छ बोलको गीतमा मुख्य कलाकार सोहित मानन्धर र समिया बर्तौलालाई फिचरिङ गरिएको छ । सनुप पौडेल र आकांक्षा बस्यालाको स्वर रहेको गीतमा नरेश भट्टराइको शब्द, लोचन घिमिरेको ...
  • ट्राभल नेपालले ल्यायो रेष्टुरेण्ट र शौचालयको सुविधा भएको बस Apr 12, 2017 Arthatantratourist bus in nepal
    काठमाण्डौं । ट्राभल नेपाल बस सर्भिसले नेपाली तथा विदेशी पर्यटकलाई लक्षित गर्दै काठमाडौंदेखि पोखरा तथा लुम्बिनीसम्म अत्याधुनिक बस सेवा संचालनमा ल्याएको छ। ‘उमङ्गको अनुभुति’ भन्ने नाराका साथ आरामदायी र एयर कण्डिसनयुक्त नयाँ पर्यटक बसहरुको सेवा सञ्चालन शुभारम्भ गरिएको कम्पनीले जनाएको छ। सत्ताइस सिट क्षमता भएको उक्त बस चढ्नेले काठमाडौँ–पोखराका लागि १७ अमेरिकन डलर र काठमाडौँ–लुम्बिनीका लागि २५ अमेरिकन डलर भाडा तिर्नुपर्ने छ। यात्रुको ...