Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • धरहराको छेउमै खुल्यो फेसन सस्तो बजार,१६ सयमै राष्ट्रिय पोशाक दौरा सुरु… Jan 5, 2017 ArthatantraFashion sasto bazaar
    काठमाडौं । ग्राहकहरुलाई एउटै छानामूनी सस्तो मूल्यमा ब्राण्डेड तथा गुणस्तरीय सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजार सञ्चालनमा आएको छ । अबदेखि आम उपभोक्ताहरुले सुन्धारास्थित धरहराको पछाडि ताहा गल्लीमा रहेको बजारमा सस्तो मूल्यमा गुणस्तरीय फेसन सामानहरु किन्न पाउनेछन् । अन्य ठाउँको तुलनामा यो बजारमा ३० देखि ४० प्रतिशतसम्म सस्तो मूल्यमा विभिन्न सामानहरु उपलब्ध हुने बजारका सञ्चालक सुरेश लामिछानेले ...
  • लाङटाङ, २०१७ मा घुम्नै पर्ने ठाउँ : न्यूयोर्क टाइम्स Jan 5, 2017 Arthatantralangtang
    काठमाण्डौं । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले सन् २०१७ मा घुम्नु पर्ने ५२ ठाउँमा नेपालको लाङटाङ क्षेत्रलाई पनि समावेश गरेको छ। संसारका ५२ पर्यटकीय ठाउँमा लाङटाङ पनि समावेश भएको हो। पत्रिकाले नेपाली पर्यटनलाई प्रवद्र्धन गर्न अहिले लाङटाङमा १५ दिनको तामाङ हेरिटेज ट्रेल ट्रेकिङ गर्न सकिने बताएको छ। ‘लाङटाङ राष्ट्रिय निकुञ्जमा खोलिएको तामाङ हेरिटेज पदमार्गबाट जाँदा तामाङहरु जो पहिला तिब्बती घोडा व्यापारी थिए, उनीहरुसँग ...
  • चन्दननाथबाट चोरिएका दर्जनौं मूर्ति फेला Jan 3, 2017 ArthatantraChandannath jumla
    जुम्ला। गत मङ्सिर ११ गते जुम्ला चन्दननाथ मन्दिरबाट चोरिएका २१ मूर्तिमा एक दर्जन मूर्तिसहित दुई शङ्ख भेटिएका छन् । आज बिहान ८ः०० बजे प्रहरीले देपालगाउँ गाविसस्थित ढुङ्ग्री खोलामा फालिएको अवस्थामा ती सामग्री भेटाएको हो । भेटिएका मूर्तिमा पित्तलबाट निर्मित विष्णु, गणेश, बालगोपाल, मुकुट, पद्मासनमा बसेको अर्को मूर्ति, बुद्धको ठूला र साना दुई मूर्ति, बुद्धले ध्यान गरेको मूर्ति, कृष्ण बालगोपालले मुरारी ...
  • २०१७ मा घुम्नैपर्ने विश्वको पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल, हेर्नुहोस… Jan 3, 2017 ArthatantraNepal photo
    काठमाण्डौं ।  विश्वको प्रख्यात पर्यटन गाइड लोन्ली प्लानेटले सन् २०१७ मा घुम्नुपर्ने उत्कृष्ट पाँच गन्तव्यमा नेपाललाई समावेश गर्दै नेपालमा घुम्नुपर्ने १० वटा गन्तव्य सर्वाजनिक गरेको छ । यो लिष्टमा पहिलोपटक म्याग्दीको पर्यटकीयस्थल पुनहिल समावेश गरेको छ । सन् २०१७ मा घुम्नु पर्ने विश्वका पाँचौं उत्कृष्ट गन्तव्यमा नेपाल परेपछि नेपालभित्रका १० वटा गन्तव्यमा घार गाविसअन्तर्गत पर्ने घोरेपानी तथा पुनहिलमा एकपटक पुग्नैपर्ने भनी ...
  • नेपाल भ्रमण वर्ष युरोप २०१७ सुरु, ४० प्रतिशतसम्म पर्यटकको बृद्धि गरिने Jan 1, 2017 ArthatantraNepal-Tourism-Board
    काठमाण्डौं । नेपाल पर्यटन बोर्डले नेपाली पर्यटकिय गन्तव्यको युरोपमा प्रचारप्रसार गर्ने उद्देश्यका साथ ‘नेपाल भ्रमण वर्ष युरोप २०१७’ अभियानको सुरुवात गरेको छ । बोर्डको १८ औं वार्षिकोत्सवको अवसरमा युरोपमा रहेका गैरआवासिय नेपाली, तथा विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा उक्त अभियानको थालनी गरिएको हो। सन् २०१८ को लागि घोषणा गरिएको नेपाल भ्रमण वर्षको पूर्वअभ्यासका रुपमा पनि यो अभियान सुरु गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत९सिइओ० ...
  • अधिकारीको अध्यक्षतामा चलचित्र निर्माता संघमा सबै निर्बिरोध Dec 31, 2016 Arthatantranirmata sangh nirbachit
    काठमाडो । चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध चयन भएका छन् । शुक्रबार सम्पन्न निर्माता संघको १४ औ साधारण सभा र त्यसपछिको चुनावी अधिवेशनबाट उपाध्यक्षमा गोविन्द शाही र माधव वाग्ले, महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल निर्विरोध चयन भएका छन् । त्यस्तै संघको सदस्य पदमा करिश्मा मानन्धर, दीपकराज गिरी, निकिता पौडेल, दीपेन्द्र के. खनाल, भानु ...
  • अंग्रेजी नयाँ वर्ष पोखरामा मनाउने कि ? २ रात ३ दिनको मात्र रु ५ हजार Dec 30, 2016 ArthatantraPokhara boating Taal Barahi
    पोखरा । यहाँको लेकसाइडमा रहेको होटल स्नोल्याण्ड प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा स्वदेशी पाहुनाहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ। २ रात ३ दिनको लागि ५ हजार रुपैयाँको प्याकेज ल्याइएको होटल स्नो ल्याण्डका गणेशबहादुर थापाले जानकारी दिए। यसका साथै एयरपोर्ट वा वस स्टेशनबाट लेराउने छोड्ने सुविधा, विहानको नास्ता, सराङकोट,  विन्दवासिनी मन्दिर, महेन्द्र गुफा, चमेरा गुफा, गोर्खा म्युजियम, सेति खोच, पुरानो पोखरा ...
  • ‘पशुपतिप्रसाद’ले पाएको सर्वोत्कृष्ट चलचित्रको अवार्ड फिर्त… Dec 27, 2016 Arthatantrapashupati parsad
    काठमाण्डौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको नेफ्टा फिल्म अवार्डमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड जितेको पशुपति प्रसादले अवार्ड फिर्ता गर्ने भएको छ । पशुपति प्रसादका निर्देशक दीपेन्द्र के खनालले अन्य विधामा नपाएको फिल्मलाई सर्वोत्कृष्ट फिल्मको अवार्ड दिइएकाले नैतिक रुपमा अवार्ड अस्वीकार गर्ने बताएका छन्। ‘सर्वोत्कृष्ट फिल्म हुन जुन जुन महत्वपूर्ण विधा आवश्यक पर्छ त्यो नभएपछि नैतिकरुपले अवार्ड लिन नमिल्ने लागेर मैले अवार्ड ...
  • सौराहा जाने हैन त ? आजबाट सुरु भयो हात्ती महोत्सव Dec 26, 2016 Arthatantrahatti mahotsab chitwan elephant fair nepal
    चितवन । पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित यहाँको पर्यटकीय नगरी सौराहामा सोमबारदेखि चितवन हात्ती महोत्सवको सुरु भएको छ । यो महोसत्व पुस १५ गतेसम्म चल्ने छ । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । महोत्सवको सुरुवात गर्दै आज बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको र्‍यालीले सौराहाको ...
  • धुर्मुस सुन्तलीको पाईलोसँगै मुसहरको मुहारमा खुसी नै खुसी ! Dec 24, 2016 ArthatantraDhurmus Suntali
    बर्दिवास । “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् ...