Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • वरिष्ठ संगीतकार अम्बर गुरुङको अवस्था चिन्ताजनक ! Jun 6, 2016 ArthatantraAmbar Gurung
    काठमाण्डौं । वरिष्ठ संगीतकार अम्बर गुरूङको अवस्था अत्यन्त ुक्रिटिकलु रहेको ग्राण्डी अस्पतालले जनाएकोछ । भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेकोछ । अस्पताल परिसरमा शुभेच्छुकहरुको उपस्थिति रहेको छ । उनको स्थिति गम्भीर र चिन्ताजनक भएको उपचारमा संलग्न डक्टरहरुले बताएका छन् । २४ जेठ २०७३, ९।००
  • ‘ड्रिम्स’का लागि भुवनले मागे ९० लाख क्षतिपूर्ति ! Jun 2, 2016 Arthatantranepali rupees
    काठमाण्डौं । नायक तथा निर्माता भूवन केसीले निर्देशन गरेको चलचित्र ‘ड्रिम्स’को पाइरेसी हाइलाइट्स नेपालबाट भएको बताएका छन् । यो चलचित्रको युटुब राइट्स भूवनले हाइलाइट्स नेपाललाई वेचेका थिए । पाइरेसीबाट बच्नका लागि भन्दै भूवनले मास्टर कपी नै हाइलाइट्सलाई दिएका थिए । चलचित्र चलेको एक वर्षपछि मात्र सार्वजनिक गर्ने शर्तमा दिइएकोमा कम्पनीबाटै चलचित्र पाइरेसी भएपछि उनले ९० लाख क्षतिपूर्ति मागेका छन् । हिजो बुधबार ...
  • ‘ड्रिम्स’बाट भुवन केसीलाई १ करोड घाटा ! May 27, 2016 Arthatantradreams
    काठमाण्डौं । डायस्पोरामा फिल्म रिलिज गर्दै हिँडेका अभिनेता भूवन केसीले आफ्नो निर्देशकिय डेब्यू फिल्म ‘ड्रिम्स’को पाइरेसी भएपछि दोषी पत्ता लगाइ पाउँ भन्दै महानगरिए प्रहरी परिसर टेकु पुगेका छन्। हिजो बिहिबार दिउँसो उनले त्यहाँ रहेको साइबर सेल शाखामा उजुरी दर्ता गराउँदै एसएसपी सर्वेन्द्र खनालसँग भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्। भुवनले फिल्मको पाइरेसीका कारण आफूलाई झण्डै ...
  • प्रियंकालाई ४० दिनमा १०० करोड May 25, 2016 ArthatantraPriyanka
    काठमाण्डौं ।  बलिउडबाट हलिउडतिर फड्को मारेकी प्रियंका चोपडाको चर्चा अहिले जतासुकै छ । सिरियल ‘क्वान्टिको’ पछि ठूलो फिल्म ‘बेवाच’मा पनि अभिनय गरेपछि प्रियंकाले अहिले हलिउडमा आफ्नो नाम बनाइरहेकी छन्। यिनै प्रियंका हलिउडबाट ४० दिनको ब्रेक लिएर बलिउड आउन लागेको कुरा अहिले समाचार बनेको छ । त्यो पनि किनभने, यो ब्रेकमा उनले भारतमा २४ वटा विज्ञापनमा अभिनय गर्ने र त्यसका लागि उनले ...
  • ‘कालो पोथी’को १४ करोडमा बिमा ! May 20, 2016 Arthatantrablack hen
    काठमाण्डौं । ‘कालो पोथी’ फिल्मको फ्रान्सेली फिल्म वितरण कम्पनी वाइड म्यानेजमेन्टले १४ करोडको पाइरेसी बिमा गरेको छ। निर्देशक मीन भामका अनुसार सम्भावित पाइरेसीबाट बच्न उक्त सेल्स एजेन्ट कम्पनीले विमा गरेको हो। कम्पनीले फिल्मको नेपाल र भारतबाहेक विश्वव्यापी वितरण अधिकार पनि लिएको छ। ‘बढ्दो पाइरेसीलाई रोक्नका लागि सतर्क छौं र भइहाले क्षति हुन नदिन पूर्ण तयारी पनि’ भामले भने। केही महिनायता ठूलो बजेटका ...
  • भोलीबाट बुद्धको बारेमा चलचित्र प्रदर्शन हुँदै May 19, 2016 Arthatantrabudha-was-bron-nepal
    काठमाडौँ । भोलि शुक्रबारबाट आशा गरिएको नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ प्रदर्शनमा  आउने भएको छ । ‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने चलचित्र ‘बुद्ध वर्न इन नेपाल’लाई नायक रमित ढुङ्गानाले निर्माण गर्नुभएको हो । ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रले बुद्धको जन्मबारे विश्वभर फैलिएको भ्रमलाई चिर्ने आशा गरिएको छ । रमितसँगै, अशिष्मा नकर्मी, ...
  • ३ करोड ८६ लाख लागतको चलचित्र कालो पोथी ! May 17, 2016 ArthatantraKalo Pothi
    काठमाण्डौं । २३ वटा विदेशी फिल्म फेस्टिभलमा सहभागी जनाएको र भेनिस फिल्म फेस्टिभलमा ‘क्रिटिक्स च्वाइस’ अन्तर्गत बेस्ट फिल्मको अवार्ड जितेको ‘कालो पोथी’को नयाँ ट्रेलर सार्वजनिक भएको छ। मीनबहादुर भाम निर्देशित कालो पोथीमा खड्काराज नेपाली, सुकराज रोकाया, जितबहादुर मल्ल, बेनिशा हमाल, विपीन कार्की लगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म जेठ २१ देखि नेपाली हलहरुमा लाग्दै छ। छिरिङरितार शेर्पाको टिमले निर्माण गरेको फिल्मको लागत ...
  • जब दीपकराज गिरीले भने ‘झिंगालाई तोप नहानौं …’ May 16, 2016 ArthatantraDeepak Raj Giri
    काठमाण्डौं । नेपाली सेनाका जर्नेल नै बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको स्वागतमा पुगेकोमा भएको आलोचनाले यतिबेला नेपालदेखी भारतसम्मका मिडिया तातेका छन्। राजेश हमाल, भुषण दहाल लगायत धेरैले यो घटनाको आलोचना गरिरहेका बेला हाँस्यकलाकार दीपक राज गिरीले भने सेनाको मसर्थनमा बोलेका छन् । फेसबुकमा उनले समग्र प्रकरणलाई झिगाँलाई मार्न तोप प्रयोग गरिएको जस्तो भएको भनेका छन्। उनले लेखेका छन् :  ‘मनोबल नै चाहि गिरेको छैन … भनिन्छ ...
  • नेपाली सेनाले मलाई हिनताबोध गरायो : राजेश हमाल May 15, 2016 Arthatantrarajesh(1)
    काठमाण्डौं । अभिनेता राजेश हमालले भारतीय हिरोइनलाई नेपाली सेनाका जर्नेलले स्वागत गरेको विषयलाई लिएर निराशा व्यक्त गरेका छन्। शनिबार सैनिक श्रीमती संघले आयोजना गरेको अमरपंक्षी नामक कार्यक्रममा भाग लिन आएकी भारतीय नायिका सोनाक्षी सिन्हालाई सेनाका जर्नेल समीर शाहीले एयरपोर्टमा पुगेर स्वागत गरेको समाचार प्रकाशन भएपछि उनी निराशा बनेका हुन्। हमालले आफ्नो फेसबुक पेजमा सेनाको यस्तो कार्यबाट आफू लज्जित भएको बताएका छन्। उनले ...
  • भूकम्पका लागि भयो दुई कार्यक्रम : नेपथ्य र अमरपंक्षी May 15, 2016 ArthatantraAmarpanchi
    काठमाण्डौं । भूकम्प गएको वर्षदिनसम्म पनि राम्रो आवासमा बस्न नपाएका भूकम्प पीडितलाई सहयोग गर्नका लागि भनेर हिजो काठमाण्डौंमा दुई कार्यक्रम भए । एउटा संगीतमय रह्यो भने अर्को नृत्यमय । नेपाली सेना श्रीमती संघले अमरपंक्षी नामक कार्यक्रम गरे जसमा भारतीय चर्चित नायिका सोनाक्षी सिन्हा, मलाइका अरोरा सहित नेपालका रेखा थापा, प्रियंका कार्की लगायतले आफ्नो नृत्य प्रस्तुत गरे । टुँडिखेलमा आयोजित यो कार्यक्रम ...