Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, माघ ५ , २०७४  |  
Friday, January 19, 2018
मनोरञ्जन
  • आर्थिक संकटका कारण ओझेलमा … Nov 1, 2017 Arthatantrakartick nach
    ललितपुर । परम्परागतदेखि सञ्चालन हुँदै आएको बहुचर्चित ‘कात्तिक नाच’ आर्थिक संकटका कारण ओझेलमा परेकाले सरोकारवालाबाट चिन्ता व्यक्त गरेका छन् । विश्वकै सबैभन्दा लामो नाट्य महोत्सवका रुपमा चिनिँदै आएको उक्त नाचलाई प्रत्येक वर्षको कात्तिक महिनामा देखाइने प्रचलन रहेको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालादेखि सञ्चालित उक्त नाच अहिलेसम्म जेनतेनले सञ्चालन हुँदै आएको जनगुनासो रहेको छ । आजभन्दा ३७७ वर्षअघि देखि अर्थात् नेपाल ...
  • १०० वर्षपछि सोरठी Oct 29, 2017 Arthatantrasorathi nach
    फलेवास, पर्वत । मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेका बेला बाँसखर्कमा एक सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरु गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो । मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि नाच्न ...
  • उदाउँदो सूर्यलाई अघ्र्य द… Oct 27, 2017 Arthatantrachath
    जनकपुरधाम । आस्थाको महापर्व छठअन्तर्गत व्रतालुले यहाँ आज उदाउँदो सूर्यलाई अघ्र्य दिइ पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिइ पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ । व्रतालुहरु यहाँका इतिहासवर्णित सरोवर गंगासागर, धनुषसागर, अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दुर लगाई अक्षता, फूल लिइ आफ्नो ...
  • आज छठ पर्व हर्षोल्लासपूर्… Oct 26, 2017 Arthatantrachath
    जनकपुरधाम । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ आज यहाँ श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । श्रद्धालु यहाँका इतिहास वर्णित सरोवर गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूकमिणी सर, अरगजा, महाराजसागर र अग्निकुण्डलगायत कुण्ड, पोखरी, तलाउमा यो पर्व गएरातिदेखि नै हर्षोल्लासका साथ मनाइरहेका छन् । गएराति खरना सम्पन्न भएदेखि नै श्रद्धालु जलाशयमा बनाइएको घाटमा पूजा सामग्री राखी छठपर्वको भक्तिमय वातारवणको अनुभूति गराइरहेका छन् । आराध्यदेव ...
  • चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्द हुँदै, भावुक भए महानायक अमित… Oct 24, 2017 Arthatantraamitav bachan
    बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ (केबिसी) को सोमबार अन्तिम एपिसोड प्रसारण हुनेछ । नौ सिजनसम्म आइपुग्दा दर्शकको मनमा बसेको कार्यक्रम बन्द हुन लाग्दा यसका प्रशंसकसँगै सञ्चालक अमिताभ पनि दुःखी छन्। सिजन ९ को अन्तिम एपिसोड आउनु अगाडि अमिताभले ट्विट गर्दै कार्यक्रमसँग जोडिएका सबैसँग टाढा हुनुपर्ने प्रसंग उल्लेख गर्दै यसलाई दुःखद भनेका छन्। ...
  • आजदेखि सूर्य देवको पूजा आर… Oct 24, 2017 Arthatantrachath
    काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आजदेखि शुरु भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि खान नहुने धार्मिक मान्यता छ । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ । मनोकांक्षा पूरा हुने ...
  • अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु हुँदै, कात्तिक १५ को म… Oct 23, 2017 Arthatantraparagliding-nepal-02
    वालिङ, स्याङ्जा । यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ । बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित २५ विदेशी मुलुकका झण्डै ३०० खेलाडीको सहभागिता रहने बाबु एडभेञ्चर क्लबका अध्यक्ष कृष्णजंग केसीले जानकारी दिए । स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङका लागि एक उत्कृष्ट स्थान रहेको र यहाँबाट दैनिक प्याराग्लाइडिङ भइरहने गरेको छ । यस ठाउँमा ...
  • शिक्षाप्रति आकर्षण बढाउन … Oct 20, 2017 Arthatantracycle
    रौतहट । विना विभागीय मन्त्री प्रभुु साहकोे सांसद विकास कोषको लगानीमा ९५ जना छात्रालाई रु छ लाख बराबरको साइकल वितरण गरिएको छ । महिलालाई शिक्षाप्रति आकर्षण बढाउन र टाढाबाट विद्यालय आउने छात्रालाई सहयोग गर्न मावि सिम्रा भवानीपुरमा कक्षा ८ र ९ मा अध्ययनरत ती छात्रालाई साइकल वितरण गरिएको हो । नेकपा (माओवादी केन्द्र) का पोलिटब्युुरो सदस्य वहीद अन्सारी, केन्द्रीय सदस्य त्रिभुुवन ...
  • तिहार लाग्यो तर देउसी भैलो… Oct 19, 2017 ArthatantraDeusi Vailo
    जाजरकोट । जिल्लाका अधिकांश ठाउँमा तिहारको रमझम बढेको भएपनि यहाँको एक गाउँमा भने सुनसान देखिएको छ । बारेकोट गाउँपालिका–४ लैखममा यसबखत सुनसान देखिएको हो । लैखम नजिकैका गाउँमा तिहारको देउसी, भैली खेल्ने युवायुवतीको दर्जनौं समूह आएपनि लैखम गाउँमा भने आउन कसैले मान्दैनन् । वर्षाैंदेखि महादेवको भैलो प्रत्येक दुई वर्षमा एकपटक गाई तिहारका दिनदेखि महिना दिनसम्म मनाउने भएकाले यहाँ अन्य भैली खेल्ने ...
  • पर्यटन प्रोडक्ट तयार पार्ने उदेश्यका साथ पर्यटनका लागि लोकसंगीत देउसी–… Oct 19, 2017 Arthatantrajat nepal Deusi invitation
    काठमाडौ । लोकसंगितका माध्यमबाट नेपालको नयाँ पर्यटन प्रोडक्ट अगाडि ल्याउने र कला संस्कृतिका साथै पर्यटनको प्रबद्र्धन गर्ने उदेश्यका साथ गोरुतिहारको दिन कार्तिक ३ गते शुक्रबार पर्यटनका लागि लोकसंगीत देउसी–भैलो कार्यक्रम हुने भएको छ । पर्यटन पत्रकार संघ(जाट–नेपाल) र नेपाली लोकबाजा संग्राहलयको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त देउसी–भैलो कार्यक्रम हुन लागेको हो । देउसी–भैलो ...