Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • वैशाख ३ गते नुवाकोटको बटारमा राष्ट्रिय कविता महोत्सव हुने Apr 11, 2016 Arthatantra
    नुवाकोट । नुवाकोट जिल्लामा स्थापित भई राष्ट्रिय साहित्यमा विशेष योगदान गर्दै आएको नुवाकोट साहित्य प्रतिष्ठानले बैशाख ३ गते नुवाकोटको बटारमा राष्ट्रिय कविता महोत्सव आयोजना गर्ने भएको छ । विशिष्ट कवि तथा साहित्यकारको उपस्थिति रहने उक्त कविता वाचन समारोहमा देशभरिबाट २० जना उत्कृष्ट कवि तथा साहित्यकारको कविता छनौटमा परेको आयोजक समितिका संयोजक तथा प्रतिष्ठानका अध्यक्ष श्रीराम श्रेष्ठले जानकारी दिएका छन् । महोत्सवमा सहभागीता ...
  • ‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञाले जितिन् Apr 10, 2016 ArthatantraPragya-Gautam-Miss--Medwest_
    नेपालगन्ज । नेपालगन्जमा आयोजित ‘मिस मध्यपश्चिम–२०१६’ को उपाधि प्रज्ञा गौतमले हात पारेकी छन् । १२ प्रतिस्पर्धीलाई उछिन्दै ब्राइटल्यान्ड कलेजमा बीबीएस अध्ययनरत प्रज्ञाले उपाधि जितेकी हुुन् । होलिल्यान्ड उच्च माविमा अध्ययनरत दैलेखकी काजल थापा क्षेत्री पहिलो उपविजेता र सेन्ट थोमस उच्च मावि नेपालगन्जकी शिक्षिका अर्चना रावत दोस्रो उपविजेता घोषित भइन् । विजेता प्रज्ञाले मिस एलिगेन्सको उपाधिसमेत जितेकी छन् । पहिलो उपविजेता काजलले मिस ...
  • बाल विवाह एवम् दाइजो बिरुद्ध श्वेता खड्गा Apr 7, 2016 Arthatantrasweta
    काठमाण्डौं । बाल विवाह एवम् दाइजो उन्मूलन राष्ट्रिय अभियानको आयोजनामा हिजो बुधबार बाल विवाह एवम् दाइजो अन्त्य गर्न संचार क्षेत्रको भुमिका विषयक संचारकर्मीहरुसित संवाद र पहल कार्यक्रम सम्पन्न भएकोछ । यस अभियानको सद्भावना दूत नायिका एवं उद्यमी श्वेता खड्गा र डा. सि.के. सिंह रहेका छन् । कार्यक्रममा नेपाल सरकार, महिला, बाल बालिका तथा समाज कल्याण मन्त्रालयको बाल संरक्षण तथा विकास शाखाका ...
  • ब्याटम्यान भर्सेस सुपम्यान, एक हप्तामै ४ सय २६ मिलियन डलर कमायो Apr 3, 2016 ArthatantraBatman Vs Superman
    काठमाण्डौं । वार्नर ब्रदर्सको निर्माण र ज्याक स्नाइडरको निर्देशनमा बनेको सुपरा हिरो फिल्म ुब्याटम्यान भर्सेस सुपरम्यान- ड्वान अफ जस्टिसले कीर्तिमानी कमाई गर्न सफल भएको छ। फिल्म रिलिज भएको पहिलो सातामै संसारभरबाट चार सय छब्बिस मिलियन डलर कमाएको फिल्म एक हप्तामै धेरै कमाई गर्ने फिल्महरुको चौथो स्थानमा उक्लिएको छ। अहिले सम्मकै महँङ्गो भनिएको यो फिल्म व्यापारिक रुपमा सफल भए पनि समीक्षकहरुले उक्त फिल्ममाथि ...
  • अर्चना पनेरु सहित पक्राउ परेका निर्देशकले माफी मागे Mar 31, 2016 ArthatantraArchana paneru
    काठमाण्डौं । चलचित्र विकास बोर्डबाट अनुमति नलिइकन फिल्मको नाम ‘जिस्म’ राखेर छायांकन गर्दा पोखरामा पक्राउ परेका निर्देशक राजु गिरीले माफी मागेका छन्। राजधानीमा एक समारोहका बिच चलचित्र छायांकनका लागि आफूले अनुमति नलिएर ठूलै गल्ती गरेको महसुस भएको बताउँदै अरुलाई पनि यस्तो गल्ती नगर्न निर्देशक राजुले आग्रह गरेका छन् । साथै पोर्नस्टार बन्छु भनेर चर्चामा आएकी किशोरी अर्चना पनेरुलाई मुख्य भूमिकामा लिइएको ...
  • व्यवसायिक सफलता पाएको पशुपतिप्रसादलाई करोडौंको घाटा Mar 28, 2016 Arthatantrapashupati parsad
    काठमाण्डौं । व्यवसायिक रूपमा सफल चलचित्र ‘पशुपतिप्रसाद’ को पाइरेसी भएको छ । चलचित्रको सेन्सर कपी नै पाइरेसी भएको बताइन्छ । योसँगै चलचित्रको करोडौं रुपैयाँ घाटा हुने भएकोछ । चलचित्र जाँचपासको अधिकारप्राप्त निकाय सेन्सर बोर्डलाई चलचित्रको सेन्सरका लागि कुनै पनि चलचित्रले ‘वाटरमार्क’ सहित चलचित्र बुझाउँछन् । बताइएअनुसार ‘पशुपतिप्रसाद’ ले सेन्सर बोर्डका लागि प्रदान गरेको फाइल नै पाइरेसी भएको हो । चलचित्र पाइरेसी भएपछि ...
  • चलचित्र हेरेर मन्त्री रोएपछि … Mar 25, 2016 Arthatantrarahadani
    काठमाण्डौं । राहदानी नाम चलचित्रको बिग मुभिजमा भएको विशेष शोमा अतिथि बन्न पुगेका मन्त्री हरिबोल गजुरेल चलचित्र हेरेर रोएपछि अहिले चलचित्र सहित मन्त्री चर्चामा आएका छन् । डब्बु क्षेत्रीको निर्देशनमा बनेको चलचित्रमा ऋण काढेर पालेको गाई मरेपछि विभिन्न समस्या उत्पन्न भएको कथा देखाइएको छ। चलचित्र बारे काष्ठमण्डप टेलिभिजनले प्रतिक्रिया लिँदै गर्दा मन्त्री गजुरेल भक्कानिएका थिए। टेलिभिजनको क्यामेरा अगाडि प्रतिक्रिया दिँदै गर्दा उनी ...
  • अर्चना पनेरु फेरि पोखरामा पक्राउ, अहिले प्रशासनमा बयान दिँदै Mar 21, 2016 ArthatantraArchana paneru
    पोखरा । ‘जिस्म’ चलचित्रका सुटिङ युनिटलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । फिल्म निर्देशक राजु गिरी, नायिका अर्चना पनेरु सहितको टिमलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालयमा ल्याएको छ । ‘पोर्न स्टार’ बन्ने लक्ष्य लिएर चर्चित बनेकी पनेरुलाई गिरीले आफ्नो फिल्म खेलाउन खोजेका हुन् । पोखराको खाल्टे मसिने भन्ने स्थानमा सुटिङ गरिरहेको युनिटलाई रामबजार प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । चलचित्र विकास ...
  • मलेसियामा पनि दुई थोपा हाँसो Mar 16, 2016 Arthatantradui-thopa-haso
    काठमाडौं । पैसा तिरेर टिकट काटेर विभिन्न सांगीतिक एवं साँस्कृतिक कार्यक्रम हेर्दै आएका नेपाली दर्शकका लागि खुसीको खबर । मलेशियामा बस्ने नेपालीलले सिस्नुपानी नेपालको कार्यक्रम सित्तैमा हेर्न पाउने भएका छन् । सिस्नुपानी नेपालका कलाकारले मलेशियामा प्रस्तुती गर्ने कार्यक्रम हेर्न दर्शकले कुनै शुल्क तिर्न पर्दैन । शुक्रवारदेखि मलेशियामा सुरु हुने कार्यक्रममा हाँस्यब्यङग्य, साहित्यिक, सांगीतिकदेखि योग प्रशिक्षण समेत रहेको छ । दुई थोपा ...
  • कविता सुनेकै ३५ लाख ! Mar 15, 2016 Arthatantranepali rupees
    चितवन । सर्वोत्कृष्ट जीवन शाश्वत चिन्तनद्वारा सञ्चालित भरतपुरको मानव सेवा आश्रमको अक्षयकोष स्थापनार्थ संचालित दुई दिने कविता वाचनबाट ३५ लाख रुपैयाँ जम्मा भएकोछ । पत्रकार रविन्द्र मिश्रले दुई दिन वाचन गरेको एकल कविता वाचान कार्यक्रमबाट त्यति रकम उठेको हो । रु १ हजारको टिकट काटेर कविता सुन्न पुगेका दर्शकहरुबाट ३५ लाख रुपैयाँ उठेको हो । सो अवसरमा रविन्द्रले दर्शक स्रोताहरुलाई तीन ...