Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Sunday, November 19, 2017
मनोरञ्जन
  • कथा : मलाई बचाएर आएको काले आफै कसरी मृत्युको मुखमा पुग्यो Feb 27, 2016 ArthatantraNavaraj kunvar
    नवराज कुँवर  बिहान ६ बजेको समाचार पढ्नको लागि म ५ बजेभित्र कार्यालय पुगिसक्नुपथ्र्यो । अन् एयर भएकाले समयको निकै महत्व थियो । पौष महिनाको समयमा जाडोमा ५ बजे पुरै अँध्यारो हुन्थ्यो । चरम विद्युत संकट र भारतीय नाकाबन्दिका कारण कालोबजारीमा किनेर तेल हाल्नुपर्ने भएकाले जेनेरेटरबाट प्रसारित विद्युत फारु गर्नुपर्ने वाध्यता थियो । त्यसैले अफिसको गेट र बाहिरपट्टि बत्ति पनि बालिदैन थियो ...
  • अमेरिकी रयाम्पमा नेपाली दौरा सुरुवाल Feb 25, 2016 Arthatantradeepalk
    अमेरीकाको न्युयोर्कमा नेपाली गहना र पहिरनमा छाटिएका विदेशी मोडेलहरुसंग दौरा– सुरुवाल र ढाका टोपिमा सजिएका दिपक घिमिरेलाई रयाम्पमा देखेपछि त्याहाँ रहेका नेपालीहरुले हुटिङ गरे । हुन पनि विदेशी भुमिको त्यो भिँडमा दिपकले आफुलाई एउटा मौलिक पहिरनमा उभ्याएका थिए । दौरा सुरुवाल र ढाका टोपीमा रयाम्पमा उत्रिएका दिपकले नेपाली पहिरनलाई विश्वमै देखाईदिए, त्यो पनि फेसनको रुपमा । उनी सो फेसन विक ...
  • मनिषाले बलिउडकर्मीसँग ओलीलाई भेटाउँदै Feb 23, 2016 Arthatantramanisa
    काठमाडौं । छ दिने भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बलिउड हस्तीहरुसँग पनि अन्तर्क्रिया गर्ने भएका छन्। बुधबार मुम्बईमा आयोजना हुने कार्यक्रमको चाजोपाजो भने बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेकी छन्। दिल्लीस्थि नेपाली राजदूतावासको पहलमा उनले बलिडकर्मीहरुसँग प्रधानमन्त्री ओलीको भेटतालिका बनाएकी हुन्। भारतीय पत्रिका टाइम्स अफ इन्डियाका अनुसार समारोहमा अभिनेता ज्याकी श्राफ र फिल्म निर्माता सुवास घाई पनि उपस्थित हुनेछन्। ...
  • शाहरुख खान र ऐश्यर्वालाई भेटन सक्छन प्रधानमन्त्री ओलीले ! Feb 20, 2016 Arthatantrasharukh and aishwarya
    नयाँ दिल्ली . ६ दिने राजकीय भ्रमणका लागि यहाँ आएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेता र व्यापारीहरु मात्र होइन, बलिउड हिरोहिरोइनलाई समेत भेट्ने कार्यक्रम तय भएको छ। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालय दुवैको कार्यक्रम लिस्टमा नभए पनि अन्तिम समयमा बनाइएको कार्यक्रम अनुसार भ्रमणको अन्तिम दिन मिटिङ विद् बलिउड स्टार्स मिलाइएको छ। प्रम ओलीले बुधबार मुम्बईबाट स्वदेश प्रस्थान गर्ने फ्लाइट समात्ने ...
  • नायिका मौसमी मल्लले बेच्न थालिन चितवनमा कृषि औजार Feb 18, 2016 Arthatantraफोटो : चितवन पोस्ट
    चितवन । नायिका मौसमी मल्लले चितवनको गैंडाकोटमा एग्री इन्पुट्स प्रालि संचालन गरेर कृषि औजार ब्यापार सुरु गरेकी छिन  । गैंडाकोट भृकुटी चोकमा कुनै चलचित्रको सुटिङ झैं तामझामका साथ भेला भएका ब्यबसायी, चलचित्र कर्मीको उपस्थितिमा श्रेष्ठ एग्री इन्पुटस् प्रालिको उद्घाटन कार्यक्रम गरिन । एग्री इन्पुटस प्रालिको बुधबार कार्यक्रमका प्रमुख अतिथि जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा मौसमीसहित ...
  • उपत्यकाका सिनेमा हलले पनि तिर्दैनन् कर, साढे २ करोड बाँकी Feb 17, 2016 ArthatantraCinema
    काठमाडौं । उपत्यकामा संचालनमा आइरहेका ११ वटा सिनेमा हलले मनरोञ्जन कर वापतको साढे २ करोड रुपैयाँ तिर्न बाँकी रहेको महानगरपालिका राजस्व विभागले जनाएकोछ । यसरी कर नतिर्ने हलहरुलाई कारवाही गर्न लागिएको पनि विभागले जानकारी दियो । काठमाडौंमा ११ ओटा हल सञ्चालनमा छन् । ती हलहरुको मनोरन्जन कर वापत बार्षिक २५ लाख रुपैयाँ कर बक्यौता रहेको छ । महानगरले २०५६ देखि फिल्म ...
  • यी हुन् तेल र ग्यास बेचेर अर्वपति भएकी मोडेल Feb 15, 2016 ArthatantraArbapati
    काठमाडौं । कुनैबेला मोडलिङमा चर्चित एउटी एकल महिला हाल विश्वकै धनाढ्य बनेकी छन् । पहिले आफ्नै पेसाबाट नाम र दाम कमाएकी तिनले श्रीमान्को निधनपछि पनि त्यसलाई निरन्तरता दिएकी छन् । पहिले एउटा मात्रै पेसा थियो उनको । पछि विवाहपछि अर्को पेसाप्रति उनी आकर्षित भइन् । अझ श्रीमान्को निधनपछि उनको काँधमा आएको जिम्मेवारी तेल र ग्यास कम्पनी सञ्चालन ‘वेल म्यानेज’ का साथ ...
  • भ्यालेन्टाइन बजारमा तीन फिल्मको भिडन्त Feb 14, 2016 Arthatantraintertenment
    काठमाण्डौ। यो शुक्रबार तीन नयाँ नेपाली फिल्म रिलिज भएका छन्, प्रेमगीत, क्लासिक र चलेछ बतास सुस्तरी। प्रेमदिवसमा प्रेम बाँड्न आतुर फिल्म नै यतिबेला भिडन्तमा जोडतोडले लागिपरेका छन्। तर धेरै कमलाई थाहा छ, कुनैबेला प्रेमगीतका निर्देशक सुदर्शन थापा, क्लासिकका निर्देशक दिनेश राउत र चलेछ बतास सुस्तरीका लेखक, निर्माता प्रदीप भारद्वाज मित्र मात्रै नभई सँगै काम पनि गरेका थिए। सुदर्शनले निर्देशन गरेको फिल्म ...
  • हेल्मेटले हानेर गरिएको थियो नायिकाको हत्या Feb 8, 2016 ArthatantraYoruna Pun Neha Pokhara
    कास्की । स्थानीय प्रहरीले मगर चलचित्रकी नायिका नेहा (योरुना) पुन मगरको हत्यामा संलग्न भएको अभियोगमा पोखरा न्युरोडका २५ वर्षीय सतिश खड्गीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । दुवै जनाले रेष्टुरेन्टमा बसेर मादक पदार्थ खाएको र नेहालाई घरमा पुर्‍याउने क्रममा २ जनाबीच भनाभन हुँदा हेल्मेटले हानेर नेहाको हत्या गरेको सतिसले स्वीकारेका छन् । नेहालाई कोठामा छाड्न जाने बेला सतिशले लेकसाइड जान आग्रह ...
  • कलाकारको पनि आग्रह देश नछुट्याउन Feb 5, 2016 Arthatantradhurmus
    काठमाण्डौ । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस)ले देश छुट्याउने खेल नखेल्न सबैसँग आग्रह गरेका छन् । सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश थपलियाको राष्ट्रिय गीति एल्बम सजगमा समावेश भएको मेरो देश इन्द्रेणी बोलको गीतमा अभिनय गर्दै धुर्मुसले यस्तो देश नटुक्राउन छन् आग्रह गरेका हुन् । टेलिभिजनको पर्दामा अनेक रुपमा देखिने सिताराम कट्टेल यो गीतको भिडियोमा भने सच्चा नेपाली भएर प्रस्तुत भएका ...