Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, पौष १ , २०७४  |  
Saturday, December 16, 2017
राजनीति
  • नयाँ नियुक्तिप्रति विद्यार्थी संगठनको आपत्ति Dec 15, 2017 ArthatantraTU Tribhubhan University balkhu
    काठमाडौँ । निर्वाचनको परिणाम आइसकेपछि सरकारले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा नियुक्त गरेको भन्दै वाम गठबन्धनमा आबद्ध दुई विद्यार्थी संगठनले विरोध जनाएको छ । काम चलाउ अवस्थामा रहेको वर्तमान सरकारले मुलुकका विभिन्न स्थानमा एकपछि अर्को नियुक्ति गर्न राजनीतिकरुपमा उचित नभएको जनाउँदै अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले आज प्रेस विज्ञप्ति जारी गरी त्यसप्रकारको नियुक्ति खारेजी गर्न माग गरेको हो । अनेरास्ववियुका महासचिव ऐन ...
  • बन्ला त प्रदेश नं ३ को राजधानी भक्तपुर ? Dec 14, 2017 Arthatantrabhaktapur
    भक्तपुर । प्रदेश नं ३ को राजधानी भक्तपुरलाई बनाउन माग गर्दै जिल्ला समन्वय समिति भक्तपुरमा बसेको सर्वदलीय एवं सर्वपक्षीय बैठकले सरकारलाई पत्राचार गर्ने निर्णय गरेको छ । विभिन्न राजनीतिक दलका नेता, नवनिर्वाचित सांसद, नगरपालिकाका प्रमुख एवं सरोकारवाला सम्मिलित बैठकले सो निर्णय गरेको हो । भक्तपुर ३ नं प्रदेशका सबै जिल्लाको मध्य भागमा पर्ने, यहाँ आउनजान सबैलाई सहज हुने, पूर्व– पश्चिम नाकाका रुपमा ...
  • प्रदेशतर्फ हेर्नुहोस समानुपातिकमा कुन दल कहाँ अगाडी ? Dec 14, 2017 Arthatantrasamanupatik 3
      काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा देशभरको नतिजामा नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार प्रदेशस्तरमा भने पाँच वटामा एमाले र दुई वटा प्रदेशमा नेपाली काँग्रेसले अग्रता लिएको छ । प्रदेशस्तरमा हेर्नुहोस कुन दलको मत कति : प्रकाशित मिति ः २८ मंसिर २०७४
  • समानुपातिकतर्फ एमालेको अग्रता कायमै, हेर्नुहोस कस्को कति मत Dec 14, 2017 Arthatantrasamanupatik mat latest
    काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको जारी मतगणनामा नेकपा (एमाले)को अग्रता कायमै छ । निर्वाचन आयोगको पछिल्लो मत परिणामअनुसार एमाले २९ लाख १२ हजार २३० मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याउँदै नेपाली काँग्रेसले २८ लाख २७ हजार ८१५ मत ल्याई दोस्रो स्थान हासिल गरेको छ । त्यस्तै नेकपा (माओवादी केन्द्र)११ लाख ७० हजार ३७५ मतसहित तेस्रो स्थानमा छ ...
  • धादिङ २ मा एमाले केन्द्रीय सदस्य लोहनीको जितसंगै बाम गठबन्धनको क्लिनस्… Dec 9, 2017 Arthatantrakhem lohani
    धादिङ । धादिङ क्षेत्र नं. २मा नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेमप्रसाद लोहनी विजयी भएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवा एवं कानु तथा संसलिय मामिला राज्यमन्त्री दिलमान पाख्रिनलाई ६४० मतले पछाडी पार्दै लोहनी विजयी भएका हुन् । लोहनीले ३६,२५४ मत प्राप्त गरेका छन्  भने पाख्रिनले ३५,६१४ मत प्राप्त गरेका थिए । जिल्लाको अन्तिम मत परिणाम सार्वजनिक भएसंगै धादिङको दुई वटा प्रतिनिधिसभा ...
  • देशैभरको फराकिलो मतान्तरको रेकर्ड राख्दै धादिङ १ मा भुमी त्रिपाठी विजय… Dec 9, 2017 Arthatantrabhumi tripathi
    धादिङ । देश भरको सबै भन्दा बढी मतान्तरको रेकर्ड कायम गर्दै प्रतिनिधिसभा धादिङ क्षेत्र नं. १ बाट नेकपा एमाले धादिङका कार्यवाहक अध्यक्ष भुमि त्रिपाठी विजयी भएका छन् । बाम गठबन्धनका उम्मेदवार त्रिपाठीले लोकतान्त्रिक गठबन्धनका विश्वप्रसाद अर्याललाई २७,१५३ मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन् । त्रिपाठीले ४९,१२१ मत प्राप्त गरेका छन् भने अर्यालले २१,९६८ मत प्राप्त गरेका छन् ।
  • धादिङ २(क)बाट रामकुमार अधिकारी विजयी Dec 9, 2017 ArthatantraDr Ramkumar adhikari
    धादिङ । धादिङ क्षेत्र नं. २ प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार डा. रामकुमार अधिकारी विजयी भएका छन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य अधिकारीले नेपाली काँग्रेसका जिल्ल सभापती रमेश धमलालाई १३५२ मतले पछि पार्दै विजयी भएका हुन् । अधिकारीले २०,३६८ मत प्राप्त गरेका छन् भने धमलाले १९,०१८ मत प्राप्त गरेका थिए । पराजित धमला टानका पुर्व अध्यक्ष समेत हुन् ...
  • धादिङ १ मा भुमि त्रिपाठीको २१ हजार बढीको अग्रता Dec 9, 2017 Arthatantradhading 1
    धादिङ १ मा बामपन्थीको फराकिलो अग्रता, २ मा प्रतिस्पर्धा (पछिल्लो अपडेट) धादिङ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा दुई वटा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धा होमिएको धादिङ जिल्लाको पछिल्लो मत परिणामले क्षेत्र नं. १ मा बाम गठबन्धनको फराकिलो अग्रता देखिएको छ भने क्षेत्र नं. २ मा तिब्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणा अनुसार मत परिणाम यस्तो छ । अपडेट प्रतिनिधि सभा क्षेत्र नं.१ भुमि ...
  • धादिङ १ प्रदेश (ख)बाट बाम गठबन्धनका शालिकराम जमकट्टेल विजयी Dec 8, 2017 Arthatantrashalikram jamakattel
    धादिङ । धादिङ क्षेत्र नं. १ प्रदेश (ख)बाट बाम गठबन्धनका उम्मेदवार शालिकराम जमकट्टेल दोब्बर बढी मत ल्याएर विजयी भएका छन् । नेकपा माओवादी धादिङका अध्यक्ष एवं ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष जमकट्टेलले २३,०७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार प्रभातकिरण सुवेदीले १०,४०७ मत प्राप्त गरेका थिए । दुई प्रतिस्पर्धिको मतान्तर १२,६७२ रहेको छ ।
  • धादिङ १ को प्रदेश सभा (क)मा राजेन्द्रप्रसाद पाण्डे विजयी Dec 8, 2017 ArthatantraRajendra pandey
    धादिङ । धादिङको क्षेत्र नं. १ प्रदेश सभा (क) बाट नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्रप्रसाद पाण्डे विजयी भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार मदुकुमार श्रेष्ठलाई १३,६८४ मतको फराकिलो अन्तरले पराजित गर्दै विजय हासिल गरेका हुन् । पाण्डेले २७,३३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दि श्रेष्ठले १३,६४७ मत प्राप्त गरेका थिए ।