Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • प्रेस चौतारीमा १४ केन्द्रीय सदस्य थपिँदै Aug 18, 2017 ArthatantraPress-chautari-Nepal
    २ भदौ । एमाले निकट पत्रकारहरूको साझा संस्था प्रेस चौतारी नेपालले १४ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । नेपाल पत्रकार महासंघको अधिवेशनको लागि प्रेस चौतारीले केन्द्रीय सदस्यहरूको मनोनय गरेको हो । मनोनीत हुनेमा तीर्थ सिग्देल, खगेन्द्र अधिकारी, सोम शर्मा बजगाइँ, राजेश शर्मा, मोहन बास्तोला, माधव पौडेल, देवेन्द्र कार्की, सन्दीप राई, हरिबोल आचार्य, लक्ष्मी बस्नेत, शिवकुमार काशी, नेपोलियन चेपाङ, विष्णुलाल बुढा ...
  • प्रदेश र संसदको चुनाव एकैपटक गर्ने तयारी; पर्सि घोषणा Aug 18, 2017 Arthatantranirbachan aayog
    काठमाडौं । प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरेपछि निर्वाचन आयोग सहमत भएको छ । ‘सरकारले पर्सि निर्वाचनको मिति घोषणा गर्ने मंसिर ४ मा चुनाव गर्ने तयारी रहेको श्रोतले जनाएको छ । आयोगले प्रस्ताव गरेको हो यो मितिलाई दलहरुले सहमत देखिएका छन् । श्रोतका अनुसार दुई वटा ...
  • सुस्ताबासीले भारतीय बाँध भत्काइदिए Aug 17, 2017 Arthatantra?????????????????????????????????????????????????????????
    पाँच दशकदेखि डुबानको पीडा सहँदै आएका नवलपरासीको सुस्ताबासीले गण्डक बाँधको भारततर्फ जाने नहर भत्काइदिएका छन् । पश्चिम गण्डक नहरका कारण डुबानमा परेको भन्दै सुस्ताबासीले फलामे पुल नजिकै नहरको बाँध भत्काउन पुगेका हुन् । उनीहरुले बाँध खनेर आफूहरुको खेतमा जम्मा भएको पानीको निकास दिनुपर्ने बताएका छन् । झण्डै २०० को संख्यामा रहेका सुस्ताबासीले ८–१० मिटर बाँध भत्काइसकेका छन् । तर, नहरमा पानी ...
  • नेपाल र चीनबीच दीर्घकालीन महत्वका तीन सम्झौता,पेट्रोलियम अन्वेषण गर्ने… Aug 15, 2017 Arthatantrag]kfn / rLgaLr ;Demf}tf
pkk|wfgdGqL ljhos'df/ uR5bf/ / s[i0faxfb'/ dx/f, rLgsf] /fHokl/ifbsf pkk|wfgdGqL afª ofª / g]kfnsf nflu rLgsf /fhb"t o' xf]ªsf] pkl:yltdf d+unaf/ sf7df8f}Fdf g]kfn ;/sf/sf tkm{af6 cy{;lrj zfGt/fh ;'j]bL / rLg ;/sf/ ;lrj ;' RofgXjfn] ;Demf}tfkq cfbfgk|bfg ub}{ . g]kfn / rLgaLr pRr:t/Lo jftf{kl5 b'O{ b]zaLr cfly{s tyf k|fljlws ;xof]u, k]6«f]lnod kbfy{sf] cGj]if0f / nufgL tyf cfly{s ;xof]u k|j4{g;DaGwL ;Demf}tf ePsf 5g . tl:a/ M k|bLk/fh jGt, /f;;
    काठमाडौ । नेपाल र चीनबीच नेपालको सामाजिक–आर्थिक विकासमा दीर्घकालीन प्रभाव पार्ने तीन महत्वपूर्ण सम्झौता भएका छन्। नेपाल र चीनबीच मंगलबार सम्पन्न उच्चस्तरीय वार्तापछि दुई देशबीच आर्थिक तथा प्राविधिक सहयोग, पेट्रोलियम पदार्थको अन्वेषण र लगानी तथा आर्थिक सहयोग प्रवर्धनसम्बन्धी सम्झौता भएका हुन्। चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङ तथा उपप्रधानमन्त्री गच्छदार र कृष्णबहादुर महरा एवं नेपालका लागि चीनका राजदूत यु होङको उपस्थितिमा ...
  • बाढीपीडितलाई आपतकालिन राहतस्वरुप चीनले १० लाख डलर दिने Aug 15, 2017 Arthatantrawang-yang
    काठमाडौ। चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ । आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् । वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, ...
  •   नेपाल र चीनबीच तीन महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुँदै Aug 15, 2017 Arthatantrawang-yang
    काठमाडौं । चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको क्रममा तीन मुख्य विषयमा सम्झौता हुने भएको छ । पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौता हुँदैछ । आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने विषयमा पनि सम्झौता हुने छ । पेट्रोलियम पदार्थ, ग्याृस र खानी अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर हुँदैछ । यसका साथै नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी ...
  • नेपाल र भारत बीचको सम्बन्ध लाभ र हानीको आधारमा हुनुपर्छः एमाले उपाध्यक… Aug 14, 2017 Arthatantravim rawol
    काठमाडौ । नेकपा एमाले उपाध्यक्ष भीम रावलले नेपाल र भारत बीचको सम्बन्धलाई समयानुकुल परिर्वतन गर्नुपर्ने बताएका छन् । रावलले पछिल्लो समयमा देखिएका मतमतान्तरले दुवै देशको भलाई नहुने दाबी गरेका छन्। उपाध्यक्ष रावलले भने,‘नेपाल र भारत बीचको सम्बन्ध आजको होईन, नेपाल र भारत बीचको सम्बन्ध लाभ र हानीको आधारमा हुनुपर्छ, सन्धी सम्झौताहरुको बारेमा हेरफेर गर्नुपर्छ,अनिमात्रै मित्रराष्ट्रको सही अर्थ रहन्छ।’ दुई देशबीचको सम्बन्धलाई पन्चशिल ...
  • प्रेस चौतारीबाट वरिष्ठ पत्रकार तीर्थ कोइरालाको पत्रकार महासंघमा उम्मेद… Aug 14, 2017 Arthatantratirtha koirala
    काठमाडौं । प्रेस चौतारी नेपालबाट वरिष्ठ पत्रकार तीर्थ कोइरालाले नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले चौतारीका तर्फबाट कोइरालाको उम्मेदवारी घोषणा गरेका हुन् । कोइराला अहिले थाहा खबर अनलाइन पत्रिकाको सम्पादकहुन्् । यस अघि उनले लामो समय सम्म कान्तिपुर टेलिभिजनको समाचार प्रमुख भएर काम गरेका थिए । उम्मेदवारी घोषणा सभामा प्रेस ...
  • बाढी पिडितलाई आफुखुसी राहत बाँड्न नपाईने Aug 14, 2017 ArthatantraHome_ministry_nepal
    काठमाडौ। सरकारले बाढी पीडितलाई राहत वितरणमा एकद्वार नीति लागू गरेको छ । यससँगै एनजीओ,आईएनजीओ तथा विभिन्न संघ संस्थाले आफूखुसी राहत वितरण गर्न पाउने छैनन् । सोमबार बसेको दैवी प्रकोप उद्धार समितिको बैठकमा गृहमन्त्री जनार्दन शर्माले राहत वितरणमा एकद्वार नीति अपनाइने भन्दै एनजीओ,आईएनजीओलाई आफूखुसी राहत बाँड्न नदिन निर्देशन दिए । मन्त्रालयले सहसचिव केदार न्यौपानेलाई राहत संकलन संयोजन समितिको संयोजक तोकेको छ । अब ...
  • बाढीपहिरो पीडितलाई काँग्रेस सांसदहरुले एक महिनाको तलब दिने Aug 14, 2017 Arthatantraser bahadur
    काठमाडौ। नेपाली कांग्रेसले बाढीपहिरो पीडितलाई सबै सांसदबाट एक महिनाको तलब दिने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसका २ सय ७ सांसद छन् । बैठकमा सदस्यहरूले बाढीपीडितको राहत तथा उद्धारमा तत्काल अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् । प्रकाशित मितिः२०७४ साउन ३०