Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शुक्रबार, मंसिर ८ , २०७४  |  
Friday, November 24, 2017
राजनीति
  • बाढीपहिरो पीडितलाई काँग्रेस सांसदहरुले एक महिनाको तलब दिने Aug 14, 2017 Arthatantraser bahadur
    काठमाडौ। नेपाली कांग्रेसले बाढीपहिरो पीडितलाई सबै सांसदबाट एक महिनाको तलब दिने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । कांग्रेसका २ सय ७ सांसद छन् । बैठकमा सदस्यहरूले बाढीपीडितको राहत तथा उद्धारमा तत्काल अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् । प्रकाशित मितिः२०७४ साउन ३०
  • कोशी ब्यारेजको ढोका खोल्दा भारतको बिहार डुब्छकी भन्ने नेपालका मन्त्रीक… Aug 13, 2017 Arthatantramin bishworkarma and koshi
    भक्तपुर । बाणिज्य मन्त्री मीन बिश्वकर्माले कोशी ब्यारेजका केही ढोका खुल्न सरकारले गरेको कुटनीतिक पहल सफल भएको भन्दै सबै ढोका खुल्दा भारतको बिहार डुवानमा पर्ने र त्यसो नगर्दा नेपाल डुबानमा पर्ने अवस्था रहेकाले बिपद्का बेला सोचेर मात्र काम गर्नु पर्नेमा जोड दिएका छन् । उनले यति बेला बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार ...
  • गोला प्रथाबाट जिससको प्रमुख निर्वाचित Aug 13, 2017 Arthatantradsd
    जोमसोम । मुस्ताङ जिल्ला समन्वय समितिको प्रमुखमा गोला प्रथाबाट नेकपा एमालेकी छिरिङ ल्हामो गुरुङ निर्वाचित भएकी छन् ।गोला तान्दा एमालेकी छिरिङ ल्हामो प्रमुख भएकी हुन् । दलहरुको सहमति अनुसार प्रमुख सहित ५ सदस्य एमालेले र उपप्रमुख सहित ४ सदस्य कांग्रेसले पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका राजेन्द्र शेरचन निर्वाचित भएका छन् । मुस्ताङ जिल्ला समन्वय समितिको कांग्रेसका ...
  • पञ्चेश्वरको गाँठो फुक्छ र हिउँदमा पनि लोडसेडिङ्ग हुँदैन—राजदूत उपाध्या… Aug 12, 2017 ArthatantraDeep-kumar-upadhyaya
    काठमाडौं । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने खुलासा गरका हुन् ...
  • श्रम ऐन पारित,औद्योगिक वातावरण बन्ने विश्वास Aug 11, 2017 Arthatantrasamsad bhaban
    काठमाडौ । व्यवस्थापिका–संसद्को आजको बैठकले ‘श्रम विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले पेस गरेको उक्त विधेयकलाई शुक्रबार पारित गरेको हो । श्रम ऐन, २०४८ लाई एकीकरण र संशोधन गर्न आएको विधेयक समय सापेक्ष र व्यवहारिक रहेको, सरकारले तोकेकोभन्दा कम पारिश्रमिक दिन नपाउने, समान कामको समान ज्यालाको व्यवस्था गरेको, सामाजिक सुरक्षा कोषको व्यवस्था गरेको ...
  • चुडामणि शर्मालाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश Aug 11, 2017 Arthatantrachudamani sharma
    काठमाडौ। सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई थुनामुक्त गर्न आदेश दिएको छ । उनकी श्रीमति कल्पना उप्रेती शर्माले गैरकानूनी रुपमा शर्मालाई थुनामा राखेको भन्दै गत असार २७ गते सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकी थिइन् । सोही रिट अन्तर्गत सर्वोच्चले आज उनलाई थुनामुक्त गर्न आदेश सुनाएको हो । शर्मा थुनामुक्त भएपनि उनीमाथिको सुनुवाइ भने जारी रहनेछ । कर ...
  • कानुन निर्माणमा अमेरिकाको चासो, २८ कर्मचारी ऐन मस्यौदा सिक्दै Aug 11, 2017 Arthatantraunited-states-of-america
    काठमाडौं । संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन–कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको कानुन मस्यौदा कार्यशालामा सहभागी भएका छन् । अमेरिकी दूतावासको आयोजनामा बिहीबार सुरु कार्यशालामा कानुन मन्त्रालयका सहसचिव तोयानाथ अधिकारीसहित २८ कर्मचारी सहभागी छन् । लाजिम्पाटस्थित एक होटलमा चलिरहेको कार्यशाला शुक्रबार सकिनेछ । अमेरिकाबाट आएका ...
  • प्रचण्डको धम्कीले काँग्रेस डराउँदैनः कोइराला Aug 10, 2017 Arthatantrasujata d d
    भक्तपुर । नेपाली काँग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजता कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको धम्कीले नेपाली काँग्रेसमा विचलन नआउने बताएकी छन् । रफत सञ्चार क्लबमा बिहीबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कोइरालाले बेला बखतमा धम्की दिने प्रचण्डले पछिल्लो समयमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका विषयलाई लिएर नयाँ सत्ता समिकरणका बारे दिएको अभिव्यक्ति एक धम्की मात्र भएको र धम्कीलाई काँग्रेसले गहन रुपमा नलिएको उनले ...
  • प्रधानमन्त्री देउवाको दिल्ली भ्रमणको एजेण्डा यस्तो छ,पढ्नुहोस् Aug 10, 2017 Arthatantraser bdr samsad
    काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका लागि सरकारले प्रारम्भिक एजेन्डा तयार गरिरहेको छ। सूचीमा निर्वाचनका लागि भौतिक सामग्रीदेखि सैन्य सामग्री खरिदबापत तिर्नुपर्ने रकम मिनाहा, युरिया मलको आपूर्तिदेखि पञ्चेश्वर परियोजनाको लाभ बाँडफाँडसम्म उल्लेख छ। प्राप्त सरकारको प्रारम्भिक सूचीमध्ये अधिकांश पुरानै छन्। परराष्ट्र मन्त्रालयले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर एजेन्डाबारे प्रधानमन्त्री कार्यालयलाई ब्रिफिङ गरिरहेको छ। यस्तो छ प्रारम्भिक सूची स्थानीय तहको दोस्रो निर्वाचनदेखि प्रदेश ...
  • अब नोट केरमेट गर्ने व्यक्तिलाई कैद,मुलुकी ऐनले के भन्छ ? Aug 10, 2017 Arthatantramoney
    काठमाडौ । जनताको पटकपटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ५ वटा विधेयकमध्ये अपराध संहिता र फौजदारी कार्यविधि संहिता विधेयक बुधबार सर्वसम्मतले पारित गरेको छ भने देवानी संहितालगायत तीनवटा विधेयक पारित हुने क्रममा छन् । जंगबहादुर राणा बेलायत ...