Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर २ , २०७४  |  
Saturday, November 18, 2017
राजनीति
  • प्रहरीका ११ डीआईजीको एआईजीमा बढुवा Aug 3, 2017 ArthatantraSingha-Darbar
    काठमाडौ । सरकारले नेपाल प्रहरीका ११ डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढुवा सिफारिस समितिको सिफारिस अनुसार डीआईजीहरुको बढुवा गरेको हो । बढुवा सिफारिसविरुद्ध परेको उजुरी पुनरावलोकन समितिले खारेज गरेपछि बढुवाको बाटो खुलेको थियो । एआईजीमा बढुवा हुनेहरुमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देबेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार ...
  • योजना आयोगको उपाध्यक्षमा डा.स्वर्णिम वाग्ले नियुक्त Aug 3, 2017 Arthatantraswarnim-wagle-npc-member
    काठमाडौ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ। बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई उपाध्यक्षमा नियुक्ती गरेको हो। आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि योजना आयोगको उपाध्यक्ष पद रिक्त थियो। वाग्ले यसअघि सुशिल कोइराला र प्रचण्ड सरकारको पालामा गरी दुई पटक आयोगको सदस्य भइसकेका छन्। अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट पिएचडी गरेका वाग्लेले हावर्ड ,लण्डन स्कुल अफ इकोनोमिक्स लगायतका ...
  • चुडामणि शर्मालाई हिरासतमा राख्न सर्वोच्चको आदेश Aug 2, 2017 Arthatantrachudamani sharma
    काठमाडौ । सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ । पछिल्लो कर फर्छ्योट आयोगका सदस्यसचिव रहेका शर्मालाई बदनियतपूर्वक कानूनविपरीत कर छूट दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी मुद्दा चलाएको थियो । सर्वोच्च अदालतले शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनाबाट छुटाएर न्यायिक हिरासतमा राख्न आदेश दिएपनि शर्मालाई महानगरीय प्रहरी परिसरमा ...
  • नेताको प्रश्नः नेताले गरेको भ्रष्टाचारमा अख्तियार किन मौन ? Aug 1, 2017 Arthatantraakhitar
    काठमाडौ। संसदको सुशासन समितिको बैठकमा अख्तियार दुरुपायोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतले विगत एक वर्षमा आयोगले गरेका कामको सार सुनाए । तर, सांसदहरुले २४ हजार उजुरी लिएर १४४ वटा मात्रै मुद्दा दर्ता भएको भन्दै आलोचना गरे । केही सांसदहरुले राजनीतिक दलका नेताले गर्ने भ्रष्टाचारमा मौन बसेको भन्दै ठूला माछालाई छोड्ने र साना माछा मात्रै समाउने प्रवृत्ति परिवर्तन गर्न सुझाव दिए ...
  • एमालेले टुंग्यायो ६ जिल्लामा समन्वय समिति प्रमुख र उपप्रमुखको नाम Jul 31, 2017 Arthatantrauml logo
    काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठकले ६ जिल्लाका जिल्ला समन्वय परिषद प्रमुख र उपप्रमुखको उम्मेदवार टुंग्याएको छ । पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा आज सोमबार बसेको बैठकले जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निम्न जिल्लामा निम्नअनुसार निर्णय गरेको छ । दैलेख : प्रमुख पे्रमबहादुर थापा, ...
  • भुटानी शरणार्थी समस्या चाँडो समाधान गर्न सरकारलाई मोदीको आग्रह Jul 31, 2017 Arthatantrabhutani saranarthi news
    काठमाडौं । भुटानी शरणार्थी शिविर व्यवस्थापन समिति झापा–मोरङले सरकार समक्ष पाँच बुँदे माग अघि सारेको छ । रिपोर्टर्स क्लब नेपालमा शिविरले पत्रकार सम्मेलन गरेर, स्वदेश फिर्ता हुन पाउनुपर्ने, तेस्रो मुलुकमा जान पाउनुपर्ने, स्थानीयकरण गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ । आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका सांसद अनमनलाल मोदीले शरणार्थीहरुको समस्या जतिसक्दो चाँडो समाधान गर्नको लागि सरकारलाई आग्रह गर्ने बताएका छन् । मानवजाती सर्वोत्कृष्ट ...
  • भरतपुरमा पुनः मतदान गर्न सर्वोच्चको फैसला Jul 30, 2017 Arthatantrasupreme-court
    काठमाडौं । सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा फेरि मतदान गर्ने फैसला गरेको छ । मतपत्र च्यातिएपछि उत्पन्न विवादका सम्बन्धमा सर्वोच्चमा जारी मुद्दामा आइतबार सर्वोच्चका न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले फेरि मतदान गर्नुपर्ने फैसला सुनाएका हुन् । भरतपुर १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले पनि सदर गरेको हो । निर्वाचन आयोगले पुनः मतदान गर्न दिएको आदेश विरुद्ध ...
  • प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गराउन आयोग तयार छ: प्रमुख नि… Jul 30, 2017 ArthatantraAyodhi-Prasad-Yadav
    काठमाडौ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्न आयोग तयार र सक्षम रहेको बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गर्न आयोग तयार रहेको बताएका हुन् । उनले भने,‘ईच्छाशक्ति भयो भने केही पनि असंभव छैन, त्यसैले निर्वाचन अयाोग ...
  • ‘राष्ट्रिय गौरवको आयोजनाहरु कार्यान्वयनगर्नु मेरो पहिलो प्राथमिकता-मन्… Jul 29, 2017 Arthatantrairrigation minister
    काठमाडौं । सिँचाईमन्त्री सञ्जय गौतमले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकै चरणमा गराउन सरकारले तयारी सुरु गरिसकेको स्पष्ट पारेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्रीगौतमले सरकारले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनगर्ने तयारी गरेको बताएका हुन् । गौतमले भने,‘एकै चरणमा निर्वाचन गर्ने बारे प्रधानमन्त्री शेरबहादुर देउवाजीले पनि निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरिसकेका छन् । सरकार ...
  • प्रदेश र संसदको चुनाव एकै पटक गर्ने Jul 28, 2017 Arthatantravote election
    काठमाडौ। सरकार र निर्वाचन आयोगबीच प्रदेश र संसदको चुनाव एउटै मितिमा गर्ने विकल्पबारे छलफल सुरु भएको छ । साथै आसन्न निर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोगको सम्भावनाबारे पनि कुराकानी भएको छ । प्रधानमन्त्रीलाई भेट्न आयोगका पदाधिकारीहरु सिंहदरबार पुगेका थिए । भेटमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, गृहमन्त्री जनादर्न शर्मा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । भेटमा देउवाले प्रदेश र संसद निर्वाचनको ...